Author: Bechu Gaud

रास्वपा नेताद्धारा रामग्राम स्तुप र संघाराम जोड्ने भलुहीखोला पुल स्थानको अवलोकन
पर्यटन, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रास्वपा नेताद्धारा रामग्राम स्तुप र संघाराम जोड्ने भलुहीखोला पुल स्थानको अवलोकन

नवलपरासी, २३ चैत्रजिल्लाको बौद्धस्थल जोड्ने भलुहीखोलामा पुलको माग स्थायिनले राख्ने माग गरेका कारण अहिले सत्तारुढ दलका जिल्ला तथा नगरका नेताहरुले स्थलगत अवलोकन गरेका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप र संघराम क्षेत्र जोड्ने भलुहीखोलामा पुल राख्नु पर्ने स्थानियको माग हुदै आएकोले रास्वपाका जिल्ला कार्यवाहक अध्यक्ष रवि पाण्डे र रामग्राम नगर अध्यक्ष सर्वजित तिवारीले स्थलगत अवलोकन गरेका हुन् । खोला किनारमै निर्माणाधिन कोरियन विशाल बौद्ध विहार समेत निर्माण भई रहेको र संघाराम तथा रामग्राम स्तुपको विचमा पर्ने भलुहीखोला पुल पर्यटकलाई मात्रै नभई स्थानियलाई समेत आवश्यकता रहेको रास्वपा जिल्ला अध्यक्ष पाण्डेले देखाएका थिए । पुलको निर्माण गर्न सकियो भन्ने स्थायिनबासीको दैनिक आवश्यकता आवागमनलाई सहज बनाउदै स्तुप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने बताएका थिए । खोलामा पुल मात्रै नभई...
बर्षाै देखी चर्किएको झरहीखोला पुलको एप्रोच नबन्दा भारी सवारीसाधन चल्नमा अवरोध
-

बर्षाै देखी चर्किएको झरहीखोला पुलको एप्रोच नबन्दा भारी सवारीसाधन चल्नमा अवरोध

नवलपरासी,२२ चैत्रबर्षाै पुर्व जिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने बाँसा— पिपरहिया —हरपुर जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै पहुँच(एप्रोप) क्रेक(चिरा परेको) भएर भारी सवारीसाधन चल्ने अवस्था अझै कायम नै रहेकोे छ । रामग्राम नगरपालिका १७ स्थित पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको र त्यसको कारण एप्रोच चक्रिएर जोखिम देखिन थालेका कारणले सो पुलमा भारी सवारी साधन चल्न सकेका छैनन ।रामग्राम नगरपालिका १७ र पाल्हीनन्दन गाउपालिका ३ को सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेल चक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुलको एप्रोच पुनः निर्माण गर्न वा मर्मत गर्न स्थायिनले नगरपालिका र सरोकारवाला निकायमा जानकारी गराए पनि कुनै सुनुवाई नभएको बताएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाल...
डा.विनोद निता कण्डेल आँखा अस्पतालको ३५ औ साधारणसभा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

डा.विनोद निता कण्डेल आँखा अस्पतालको ३५ औ साधारणसभा

नवलपरासी,२१ चैत्रनेपाल नेत्र ज्योती संघ नवलपरासी शाखा अन्तरगत सञ्चालित डा.विनोद निता कण्डेल आँखा अस्पतालको ३५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साढे तिन दशक देखी आँखा उपचार केन्द्र हुदै अहिले अस्पतालकै रुपमा सेवा प्रदान गर्दै आएको अस्पतालले आफ्नो साधारणसभा सम्पन्न गर्दै अगामी दिनमा आफ्नै ढाई विघा क्षेत्रमा भवन निर्माण कार्य गर्ने योजना समेत सार्वजनिक गरेको हो ।अहिले पृथ्वीचन्द्र अस्पतालकै कम्पाउण्ड भित्र सञ्चालन हुदै आएको उतm अस्पतालले दुई दशक पहिला नै परासी बजारको दक्षिण परासी महेशपुर सडक नजिकै जग्गा खरिद गरेको थियो । त्यही जग्गामा अब अस्पतालको गुरुयोजना(डिपिआर समेत तयार गरि भारतिय दुतावासँग सहयोगका लागि परियोजना प्रस्ताव गरिएको अस्पतालकी अध्यक्ष देवेन्द्रराज कण्डेलले बताएका थिए । उनका अनुसार अस्पतालले हालसम्म १ लाख ३० हजार जनाको मोतिविन्दुको अप्रेसन(शल्यक्रिया)ं मार्फत नयाँ ज्योती देख...
बन कार्यालयले विद्युत प्राधिकरणसँग माग्यो करोड बढि भाडा रकम
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

बन कार्यालयले विद्युत प्राधिकरणसँग माग्यो करोड बढि भाडा रकम

नवलपरासी,२१ चैत्रबन क्षेत्रबाट विद्युतलाईन विस्तार गर्दै लगे वापत डिभिजन बन कार्यालयले एक करोड बढि भाडा पाउनु पर्ने माग दाबी सहित नेपाल विद्युत प्राविधिकरणलाई पत्राचार गरिएको जनाएको छ । बन क्षेत्रको प्रयोग वापतको भाडा रकम असुल गरी बन क्षेत्रको विकास र संरक्षण प्रवद्र्धनमा खर्च हुने गरि उतm भाडा रकम माग गरेको हो ।सरकारी कार्यालयको विद्युत महशुल नबुझाउदा तुरन्तै विद्युत मिटर काट्ने विद्युत प्राधिकरणले समेत आफुले प्रयोग गरेको क्षेत्रको भाडाा उपलब्ध गराउनु पर्ने गरि भाडा रकम दाबी गर्दै माग िगरिएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले बताए । बन क्षेत्रको भाडा समेत माग गरेर राजस्व दाखिला गर्नु पर्ने देखिएकोले सो रकम दाबी गरिएको उनको भनाई थियो । जिल्ला भित्र बन क्षेत्र नै प्रयोग गर्दा ति स्थानमा बन विकास गर्न सकिएको छैन् । त्यस वापत प्राविधिकरणले भाडा तिर्नु पर्छ, उनले थपे, बन अतिक्रमण नभए पनि बन क्ष...
जिल्ला बन समन्वय समितिको बैठक,बनसम्बन्धि समस्या समाधान हुनेमा विश्वास
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिल्ला बन समन्वय समितिको बैठक,बनसम्बन्धि समस्या समाधान हुनेमा विश्वास

नवलपरासी, २० चैत्रविगत एक दशक देखी निस्कृय रहेको जिल्ला स्थित बन समन्वय समितिको पहिलो पटक बैठक भएको छ । जिल्लामा बन र बनसँग सम्बन्धित सरोकारवाला सस्थाहरु सहितको बैठक शुक्रवार डिभिजन बन कार्यालयमा बसेको हो ।विगतमा क्रियाशिल रहदै आएको जिल्ला बन समन्वय समिति(जिविस) दशक देखी निस्कृय हुदा बनसँग सम्बन्धित समस्या समाधानमा चुनौती बढदै गएको कुरा समेत उठ्दै आएको र अहिले पनि बन ऐनकै ब्यवस्थामा रहेर बैठकको आयोजना गरिउको डिभिजनल बन अधिकृत राजु क्षेत्रीले बताएका थिए । उनका अनुसार बैठकले बन भित्र रहेका खोला निकासी र ब्यवस्थापन,बन पैदावार आपुर्ति ब्यवस्थापन,सामुदायिक बनका समस्या,बन्यजन्तु संरक्षण,काठका दररेटमा हुने समस्या तथा विक्रि वितरण गर्दा काष्ट ब्यवसायिले भोग्न परेको चुनौती र समस्याबारे कुरा उठेका थिए । काठको दररेट महगोँ भएकोले बजारमा काठका बैकल्पिक अलमुनियम,पिभिसि,फलाम जन्य फर्निचरले बजार लिएको र उ...
जिल्ला फर्कने वित्तिकै समस्या बुझ्न सुस्ता पुगे साँसद खनाल
-

जिल्ला फर्कने वित्तिकै समस्या बुझ्न सुस्ता पुगे साँसद खनाल

नवलपरासी,१७ चैत्रसंसादमा सपत खाएर जिल्ला फर्किएका साँसद विक्रम खनाल तत्कालै सुस्ताबासी भेट्न सुस्ता पुगेका छन् । भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले नारायणी नदी कटानले त्रसित बनेको सुस्ताबासी भेट्न पुगेका हुन् ,नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदी बनेकोले त्यसको निकास कसरी निकाल्ने भनि स्थानियसँग छलफल गर्ने भनि उनी सुस्ता पुगेको उनको सचिवालयले जनाएको थियो । गत बर्ष सुस्ता गाउपालिकाले नदीबाट नदीजन्य पदार्थको निकासीको ठेक्का लगाए पछि निकासी गर्ने ठेकेदारले नदीको धार नै परिवर्तन हुने गरि खनन गरेका कारण धार परिवर्तन भएर सुस्तामा खत्तरा बढेको सुस्ताबासीले बताउदै आएका छन् ।गाउपालिकाले क्षणिक लाभको लागि हजारौ हेक्टर भुमि नै गुमाउनु पर्ने अवस्था निम्त्याएको...
घुम्ति क्रसर राखिएका खोलाजन्य समाग्रिको आडमा चोरी तस्करी भएको आरोप
समाचार, सुनवल नगरपालिका

घुम्ति क्रसर राखिएका खोलाजन्य समाग्रिको आडमा चोरी तस्करी भएको आरोप

नवलपरासी,१७ चैत्रजिल्लाको सुनवल स्थित घुम्ति क्रसरको पटक पटक म्याद थग्दै खोलाबाट चोरी निकासी गरि खोलाजन्य पदार्थको अघोषित मान्यता प्रदान गर्दै आएको आरोप स्थानियले लगाएका छन् । सुनवल नगरपालिकाले पटक पटक म्याद थपिनुको रहस्य कोट्याउदै स्थानियले सो आरोप लगाएका हुन् ,तुरिया खोला नजिकै मच्छरमारा भन्ने ठाँउमा विगतमा अवैध भण्डारण गरिएको बेवारिसे खोलाजन्य समाग्रि नगरपालिकाले बरामद गरेको थियो । बरामद उतm समाग्रि एक करोड बढि मुल्यमा ठेक्का मार्फत विक्रि गरेको थियो । विक्रि गरेको बर्ष दिन भई सके पनि सो भण्डारणमा ठेक्का पार्ने ठेकेदारले घुम्ति क्रसर स्थापना गरि नगरपालिकाबाट पटक पटक म्याद थपाउदा त्यसको आडमा खोलाबाट खोलाजन्य समाग्रि चोर्ने कार्य भई रहेको स्थानियले आरोप लगाएका हुन् ।खोलाबाट चोर्ने केही ट्याक्टरहरुले सो भण्डारमा राखिदिइने र सम्बन्धित ठेकेदारबाट भुतmानी लिइदै आएको आशँका स्थानियको छ । ठेकेदा...
प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह
पर्यटन, राजनीति, रामग्राम नगरपालिका, संस्कृति

प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह

नवलपरासी,१७ चैत्रजिल्लाबाट नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ता प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) लगायत कोलिय राज्य भित्रका विभिन्न नगर र बौद्ध स्थलको संरक्षण गर्ने गरि कोलियराज संरक्षण विकास समितिको पहल थालेका छन् । कोलिय राजको राजधानी सहित डेढ दर्जन प्राचीन नगर र बौद्ध स्थलहरु अहिले पहिचानमा आई सकेको हुदा कोलियराजका सबै संरचना र कोलिय संस्कृतिको पुर्नत्थान गर्न सो बिकास समिति बनाउन उनले पर्यटन मन्त्री खडकराज पौडेलसँग परामर्शमा जुटेको उनको सचिवालयले जनाएको हो ।प्राचीन संस्कृति जोगाउने र त्यसलाई बौद्धकालिन सभ्यातासँगै पर्यटकिय क्षेत्रको विकासका लागि संघिय सरकारले समिति बनाइदिनका लागि साँसद गुप्ताले अवधारणा समेत पर्यटन मन्त्रीलाई प्रस्तुत गरेका थिए । साँसद गुप्ता सोही क्षेत्रका पुर्व मेयर समेत हुदा विभिन्न कामहरु गरेका थिए,अहिले साँसद भए पछि संघिय सरकार मार्फत कार...
दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार, समाज

दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन

नवलपरासी,१६ चैत्रदाउन्ने डाडामा दैनिक हुने जाँम ब्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीण्(सिडिओ) दिपकराज नेपालले सक्रियता(एक्सन) लिएका छन् । नियमित हुदै आएको ट्रफिक जामको वास्तविकता बुझ्दै आयोजना कार्यालयका प्रमुख,सम्बन्धित ठेकेदार र ट्रफिक प्रहरी सहित दाउन्ने डाडामा सोमवार दिन भरि अध्ययन गर्दै निस्कर्षमा निकाल्नमा लागेका हुन् ।आयोजना निर्माण कार्यमा ठेकेदारकै बढि लापर्वाही देखिएको र जाँम हुनमा ट्रफिक प्रहरीको पनि कमजोरी रहेको निष्कर्ष निकालेका हुन् । त्यसका लागि उनले आयोजना कार्यालय मार्फत ठेकेदार र जिल्ला ट्रफिक कार्यालयका प्रमुख तथा प्रहरीलाई निर्देशन समेत दिइएको सिडिओ नेपालले बताए । अर्बको आयोजनाका काम भई रहेको छ,उनले भन्े तर जनशतिm परिचालन अति नै न्युन देखिएका छन् । आयोजनाका कार्य हुदै गर्दा ब्यवस्थापकिय कमजोरी पनि धेरै देखिएका छन् । खटन पटनका समस्या छन् । काम भएका स्थानमा पनि माटो थुपार्न...
सुस्ताको झोलुगेँपुल मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढदै
समाचार, समाज, सुस्ता गाउँपालिका

सुस्ताको झोलुगेँपुल मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढदै

नवलपरासी,१५ चैत्रजिल्लाको सुस्ता भुमि जोड्न बनेको झोलुगेँपुल बेलामा मर्मत नहुदा दुर्घटनाको जोखिम बढदै गएको छ । दुई बर्ष पहिला पुलको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको तर अहिलेसम्म मर्मत सम्भार नहुदा पुल कस्ने नट,बोल्ट ढिला भएर पुलका पार्टहरु झर्न थालेको र त्यसले दुर्घटना समेत निम्त्याउने गरेको हो ।पुलबाट राजस्व उठाउने सुस्ता गाउपालिकाले मर्मत सम्भारमा अहिलेसम्म ध्यान दिएको छैन्,एक स्थानियले भने,पुलबाट यदि आमदनी गाउपालिको गर्ने गरेको छ,भने मर्मत गर्नु पर्ने दायित्व पनि गाउपालिकाकै हो,तर गाउपालिकाले अधिकार जमाउने र दायित्व भुग्ले गरेको देखियो । पुलबाट मोटरसाईल लैजादै गर्दा पुलको भाग भाच्चिएर मोटरसाईकलको पाँग्रा नै फसेको उनले बताए । यस्ता दुर्घटना धेरै पटक भई सकेको छ,तर सुनुवाई भने भएको छैन् । यो गाउपालिकाको गैरजिम्मेवारीपन भएको उनको भनाई थियो । गाउपालिकाले सोही पुल हेर्न आउने पर्यटक तथा...