Author: Bechu Gaud

चिनी उद्योगका सञ्चालक अग्रवाल कर्मचारी,किसान र बैंकलाई समेत ठगेर  गोरखपुरमा होटल गर्दै
अर्थ, कृषि, प्रतापपुर गाँउपालिका, समाचार

चिनी उद्योगका सञ्चालक अग्रवाल कर्मचारी,किसान र बैंकलाई समेत ठगेर गोरखपुरमा होटल गर्दै

नवलपरासी, १५ चैत्रजिल्लाको प्रतापपुर गाउपालिकाको गँगापुर गाउ स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्ड्रिटिज प्रालिका सञ्चालक राकेश अग्रवाललाई उद्योग परिसरमा उद्योगका कर्मचारी, किसान र बैंकका प्रतिनिधि कुर्दै बसेका छन् । उता कर्मचारी,बैंक र किसानको पैसो लगि भारतको गोरखपुरमा होटल खोली ब्यपार गर्दै आएको खुलेको छ । गत बर्षकै किसानको उखुको भुतmानी र कर्मचारीको तलब र बैंकको साँवा ब्याज बुझाउन छाडेर आफु वेपत्ता भएको नाटक मन्चन गदै अग्रवाल गोरखपुरमा होटल खोलेर ब्यपार गर्दै आएको दाबी स्थानिय धिरज त्रिपाठीले गरे । उखु किसानलाई विश्वासमा दिलाउदै उखु उत्पादक संघका पदाधिकारीले उखु विक्रि गर्न लगाए,पछि भुतmानी नै नदिई सञ्चालक सम्पर्क विहिन भएको हल्ला फैलाईयो,उनले दाबी गर्दै भने,सञ्चालक अग्रवालको गोरखपुरमा दुई वटा होटल खुलेका छन् । यसबारे सरोकारवाला मौन बसेको देखिदा आफुलाई आश्चर्य लागेको सुनाए ।विगतमा उ...
भारतबाट अवैध रूपमा ल्याइएको ११.९ लाख रुपिया बराबरको हुक्का फ्लेवर बरामद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

भारतबाट अवैध रूपमा ल्याइएको ११.९ लाख रुपिया बराबरको हुक्का फ्लेवर बरामद

नवलपरासी ,१४ चैत्रजिल्लाको सुस्ता गाउँपालिका–५, तरैनी क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को टोलीले ठूलो परिमाणमा अवैध हुक्का फ्लेवर बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बी.ओ.पी. बलिनगरबाट स.प्र.ना.नि. सत्यनारायण यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा मोबाइल गस्ती सञ्चालन गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको हुक्का फ्लेवर फेला पारी नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार करिब रु. ११ लाख ९० हजार बराबरको हुक्का फ्लेवर (२४ कार्टुन अर्थात् ५९५० पिस) बरामद गरिएको छ। सो सामग्री अवैध रूपमा भित्र्याउने क्रममा प्रयोग गरिएका ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यस घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणम...
सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिले गरेको खोला किनारको जग्गा अतिक्रमण प्रति स्थानिय आक्रोसित
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिले गरेको खोला किनारको जग्गा अतिक्रमण प्रति स्थानिय आक्रोसित

नवलपरासी,१४ चैत्रजिल्लाको रामग्राम १० स्थित सिद्धि लक्ष्मि स्टिल प्रालिले खोला नै अतिक्रमण गरि पर्खाल लगाए पछि स्थानिय आक्रोसित बनेका छन् । खोला अतिक्रमणले सार्वजनिक जग्गा हड्फनुका साथै खोला जुनिएर जलनिकास नै अवरुद्ध भएर डुबान हुन सक्ने जनाउदै खतिक्रमण खाली गराउन समेत स्थानियले माग गरेका हुन् ।उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष जो अहिले हुनेवाला अध्यक्ष हुन उनी नै सञ्चालक रहेको सो उद्योगले स्थानिय तहका कर्मचारी,नापी कार्यालयको मिलोमतोमा खोला अतिक्रमण भएको स्थानिय राम नरेश केवटले बताए । यसबारे आफु नगरपालिकामा पटक पटक जानकारी गराउदै आएको तर कुनै सुनुवाई नभएको उनले गुनासो गरे । अब उद्योग विरुद्ध संगठित भई आन्दोलनको विकल्प नभएको उनले सुनाए । खोला किनारमा जग्गा लिइने पछि आफ्नो जग्गामा पुरै उद्योगका संरचना बनाउने र पछि खोला नालाहरु अतिक्रमण गर्दै पार्खाल लगाउने प्रवृद्धि यस क्षेत्रमा बढेको...
गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र
अर्थ, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र

नवलपरासी, १३ चेत्रगत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको जनाउदै अहिले कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई परिपत्र गरेको छ । स्थानियको जनगुनासो र विभिन्न विज्ञहरुको अध्ययन गर्दा नदीमा अध्याधिक दोहन भएको पाइएकोले भारत उत्तर प्रदेश सरकारले खोला निकासी नगर्ने गण्डक बाँध परियोजना कार्यालय बाल्मिकी नगरमा लेखि आएका कारण देखाउदै लाईजनले नदीबाट नदीजन्य पदार्थ निकासी नगर्ने परिपत्र गरेको हो ।गण्डक नदी दुई देश विच पर्ने हुदा नदीमा कुनै पनि कार्य गर्दा भारतिय पक्षको अनुमति लिई काम गर्नु पर्ने बताउदै गत बर्ष सुस्ता गाउपालिकाले झुक्याएर नदीजन्य पदार्थको निकासी ठेक्का गरेको थियो , नदी निकासीले नदीको धार नै परिवर्तन भई सुस्ता भुमि कटान गर्न थाले पछि स्थानियले विरोध समेत गर्दै आएको लाईजन ...
१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा

नवलपरासी,१२ चैत्रजिल्ला स्थित खानेपानी तथा सरसफाई मार्फत काम हुदै आएका डेढ दर्जन खानेपानी आयोजनालाई संघिय सरकारको कार्यालयमा तानिएको छ । लुम्बिनी प्रदेश सरकार मातहतको जिल्ला खानेपानी तथा सरसफाई कार्यालय मार्फत विगतमा हुदै आएको कार्यक्रम तथा त्यसका लागि विनियोजित बजेट समेत संघिय सरकारको कार्यालय खानेपानी तथा ढलनिकास कार्यालय बुटवलमा गाभिएको उतm कार्यालयले जनाएको हो ।विगतमा सबै कार्यक्रम प्रदेश सरकारले नै हेर्दै आएकोमा अहिले केही आयोजना प्रदेश र केही संघिय सरकारको कार्यालयमा गएको जानकारी आएको कार्यालयका प्रमुख दिनेश प्रसाद शाहले जानकारी गराएका थिए । नेपालमा संघियता आउनु पुर्व केन्द्रिय सरकार मातहतको खानेपानी तथा सरसफाई डिभिजन मार्फत शुरु गरिएका जिल्लाका ४० भन्दा बढि खानेपानी आयोजनाहरु मध्ये केही शहरी खानेपानी आयोजनाको रुपमा रहेको थियो । केही फण्ड बोर्ड मार्फत सञ्चालन हुदै आएका थिए । त्यसै गर...
सुनवलको विद्यासागर प्रसिद्ध इंगिलस स्कुलले प्राप्त गर्यो आइएसओ लोगो
शिक्षा, समाचार, सुनवल नगरपालिका

सुनवलको विद्यासागर प्रसिद्ध इंगिलस स्कुलले प्राप्त गर्यो आइएसओ लोगो

नवलपरासी,१२ चैत्रअन्तराष्ट्र्रिय स्तरको शैक्षिक गुस्तर खोज्दै विदेशिने विद्यार्थीका लागि अन्तराष्ट्र्रिय स्तरको शिक्षा प्रदान गर्न जिल्लाको सुनवल १२ हरकट्टा स्थित विद्या सागर प्रसिद्ध इंगिलस स्कुलले अग्रसरता लिएको छ । उतm विद्यालयले जिल्लामै दोश्रो अन्तराष्ट्र्रिय गुणस्तर मापदण्ड (आइएसओ) सुचकाँक पुरा गर्ने प्रतिवद्धता सहित अगाडी बढने गरि आईएसओ लोगो हस्तानान्तरण कार्यक्रम गरेको हो । विद्यालयले अहिले आईएसओको ३० प्रतिसत सुचकाँक पुरा गर्दै अभिभावक विच लोगो ग्रहण गर्दै ३ बर्ष भित्र सतप्रतिसत पुर्याउने प्रतिवद्धता सहित लोगो हस्तानान्तरित लोगो सार्वजनिक गरिएको विद्यालयका प्रिन्सिपल देव भट्टराईले जानकारी गराएका थिए । आईएसओ पुरा गर्नका लागि कुल ५१ वटा सुचकाँक पुरा गर्नु पर्छ,आईएसओ जारी गर्ने ग्लोबल क्वालिटि काउन्सिल नेपाल नामक सस्थाका ब्यवस्थापक सुदिप शर्माले जानकारी गराउका थिए । उनका अनुसार...
सरावल गाउपालिकाको प्रशासनिक भवन निर्माणमा तिब्रता
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको प्रशासनिक भवन निर्माणमा तिब्रता

नवलपरासी,१० चैत्रजिल्लाको सरावल गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य तिब्र रुपले भई रहेको छ । पालिकाको स्थापना भएको लामो समय पछि गाउपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन बनाउने कार्य मंसिर महिनामा शुभारभ्भ गरे पछि अहिले भवन निर्मा(ा कार्य धमाधम हुन थाले पछि भवन निर्माण कार्यले तिब्रता पाएको हो ।भवनको निर्माणले स्थानियबासीले पनि खुशी भएका छन् । भवन नबन्दा सम्म सरावलबाटै अन्यत्र प्रशासनिक सर्ने कि भन्ने पनि स्थानियमा आशंका हुदै आएको थियो । सरावल गाउपालिका ३ मै बन्नु पर्ने अस्पताल पहिलाका गाउसभाले वार्ड नं.५ मा बनाउने निर्णय गरिदिएका कारण पनि सरावल गाँउका बासिन्दा सशंँकित थिए । विगत बर्षमा सरावल गाउपालिकाको मुख्यालय मै बन्नु पर्ने अस्पताल भवन सारे जस्तै कुनै गाउसभाले प्रशासनिक भवन पनि अन्य वार्डमा सार्ने निर्णय गरि सादिए भन्ने भएको मुख्यालय अन्य वार्डमा जान सक्ने पनि आशंका अहिले भवन...
सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा
अर्थ, समाचार, सुस्ता गाउँपालिका

सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा

नवलपरासी,१० चैत्रपटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको सुस्ता भुमिको सौर्य उर्जाले सुूस्ता गाउपालिकालाई फाईदा पुगेको छ । सौय उर्जा वापतको रकम सुस्ता गाउपालिनले पाउने गरि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले गाउपालिकालाई उतm आयोजना हस्तानान्तरण परे पछि सुस्तालाई आर्थिक राहत पुगेको हो ।पहिला केन्द्रले सुस्ताबासीलाई विद्युत सेवा पुर्याउन उज्यालो सुस्ता अभिायन अन्तरगत सौर्य उर्जा प्लान्ट जडान गरिदिएको थियो । सुस्ताबासीले सोही विद्युतले घरमा विजुली बत्ति बाल्ने गरेका थिए । अहिले सुस्तामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन कै विद्युत पुगि सकेकोले सो विद्युत प्रयोग गर्न थाले पछि सौर्य उर्जाको प्लान्ट केन्द्रले गाउपालिकालाई नै सञ्चालन ब्यवस्थापन र सोबाट हुने आय स्रोत लिने गरि हस्तानान्तरण गरिएको गाउपालिका अध्यक्ष टेकनाराययण उपाध्यायले बताए । उनका अनुसार सो उर्जा केन्द्रको विजु...
परासीमा सम्पन्न भयो गृहराज निषादको जयन्ती समारोह
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

परासीमा सम्पन्न भयो गृहराज निषादको जयन्ती समारोह

नवलपरासी,९ चैत्रजिल्लाको रामग्राम नगर क्षेत्रका निषाद(केवट सहानी) जातीको भेला आयोजना गरि जातिय हक अधिकारबारे छलफल गरिएको छ । गृहराज निषाद जन्म जयन्ती समारोह कार्यक्रमसँगै भेलाको आयोजना गरि सम्पन्न गरिएको हो ।सदरमुकाम परासीको बालमन्दिरमा उतm कार्यक्रमको आयोजना गरिएको स्थानिय राम बहादुर सहानीले जानकारी गराएका थिए । केवट निषाद विकास प्रतिष्ठान रामग्रामको आयोजनामा उतm कार्यक्रम गरिएको थियो । जातिय हक अधिकारका लागि सबै संगठित भई आफ्ना संस्कार र संस्कृति समेत संरक्षणबारे छलफल गरिएको थियो । जातिय पहिचान हराउदै गएको र राज्यबाट उपेक्षित हुदै आएको गुनासो समेत बतmाहरुले राखेका थिए ।त्रेता युग कालिन निषाद राजा भएर प्राकृतिक जलासयमा अतिपत्य हुने निषाद बदलिदो परिस्थितीले उनीहरुलाई अहिले गरिबीको रेखामुनी पुर्याएको छ । तत्कालिन अयोध्याका राजा रामको बनबास हुदा निषाद राजाले जलासयमा ढुगाँ तारेर राजासँग मित्र...
पाल्हीनन्दनको शिवपार्वति सिद्धधामका वृहद विकास कार्यक्रमको शुभारम्भ
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पाल्हीनन्दनको शिवपार्वति सिद्धधामका वृहद विकास कार्यक्रमको शुभारम्भ

नवलपरासी, ९ चैत्रसदियौ देखी ओझेलमा परेको जिल्लाको पाल्हीनन्दन ४ स्थित शिवपार्वती सिद्धधाम क्षेत्रको वृहद विकास गरिने उदेश्यले धाम स्थित पोखरी ब्यवस्थापन कार्य शुभारम्भ भएको छ । गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले सोमवार एक औपचारिक कार्यक्रम गरि सो कार्यको शुभारम्भ गरेका हुन् ।कार्यक्रमको शुभारम्भ गर्दै उनले छ्ट्टिै यो धामको वृहद विकासका लागि गाउपालिका लागि परेको बताएका थिए । यस धामको विकासका लागि गाउपालिकासँगै प्रदेश र संघ सरकारबाट उत्तिकै सहयोग आवश्यक रहेको औल्याएका थिए । प्राचीन इतिहास बोकेको सो धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य उनले सुनाएका थिए । संघिय सरकारको अनुदान सहयोगमा पौराणिक तथा सेनकालिन प्राचिन इतिहास बोकेको सो संरक्षण र विकासका काम अगाडी बढाइएको जानकारी समेत गराएका थिए ।ऐतिहासिक र अध्यात्मिक केन्द्रको रुपमा विकसित गर्नका लागि संघिय सरकारबाट करिब दुई...