नवलपरासीमा वातावरण बचाउ अभियान गठन
नवलपरासी,३० पुसजिल्लामा अहिले बढदो वातावरणीय प्रदुषण न्यनिकरण तथा ब्यवस्थापनका लागि संगठित रुपमा आवाज उठाउने र अभियान सञ्चालन गर्ने गरि वातावरण बचाउ अभियान गठन भएको छ । स्थानिय युवाहरुको भेलाले संगठित रुपमा आवाज उठाउदै वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने उदेश्यले सो अभियान नामक सस्था गठन गरेको हो ।अभियानको संयोजकमा रामग्राम ४ का स्थानिय युवा समाजसेवी राभवन यादव रहेका छन्,भने सचिवमा सुनवल १२ का हरि भण्डारी र कोषाध्यक्षमा पाल्हीनन्दन ४ का रामकरन हरिजनलाई जिम्मेवारी तोकिएको छ । पत्रकार,समाजसेवी अभियानकर्ताहरुको सहभागितामा वातावरण बचाउ अभियान गठन भई वातावरणलाई प्रदुषित बनाउने गतिविधिलाई रोक्नका लागि विभिन्न जनचेतना मुलक,दवाव मुलक अभियान चलाउने लक्ष्य रहेको अभियानका संयोजक यादवले बताए ।उद्योग धन्दा बदढै जादा वातावरण माथि ठूलो आक्रमण भई रहेको छ,नियमन निकाय पनि दवाव र प्रभावमा मौन बस्ने गरेको द...










