पाल्हीनन्दनमा निशुल्क तथा अनिवार्य शिक्षाबारे छलफल
नवलपरासी,६ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले अनिवार्य तथा निशुल्क शिक्षाबारे सरोकारवालासँग छलफल अगाडी बढाएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि पालिका भित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यपकहरुसंग अन्तरक्रिया छलफल गरेको हो ।गाउपालिका अध्यक्षले आफ्नै कार्यकक्षमा बैठक डाकेर विद्यालयको गुणस्तरबारे छलफल चलाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी गराएका हुन् ।सरकारले लगानी गर्ने पालिकाले समेत विद्यालयका माग अनुसारको आवश्यक शैक्षिक समाग्रि,यातायताका साधनहरु समेत उपलब्ध गराउदा पनि शिक्षक तथा ब्यवस्थापन समितिले सोचे जस्तो नतिजा निकाल्न नसकेको प्रति गाउपालिकाले चिन्ता ब्यतm गरेको छ । विद्यार्थी र अभिावक तथा शिक्षक र ब्यवस्थापन समिति यि चारै खम्बा मिलेमा मात्र गुणस्तरिय शिक्षा दिन सकिन्छ । यस्ले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने छ ।गाउपालिकामा रहेका सामुदायिक...










