Author: Bechu Gaud

नवलपरासीमा विविध कार्यक्रम गरि २५७० औँ बुद्ध जयन्ती मनाइयो
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

नवलपरासीमा विविध कार्यक्रम गरि २५७० औँ बुद्ध जयन्ती मनाइयो

नवलपरासी,१८ बैशाखनवलपरासीमा विविध कार्यक्रम गरि २५७० औँ बुद्ध जयन्तीक मनाइएको छ । विभिन्न बौद्ध स्थलमा विविध कार्यक्रम गरि बुद्धजयन्ती मनाइएको हो ।सरावल गाउँपालिका–२, जावामा अवस्थित कोलबृक्ष स्थल(प्राचीन ककरपत्त नगर)मा बुद्ध जयन्ती मनाइएको स्थानियले जनाएका छन् । “कोलबृक्षको संरक्षणको लागि पर्यटकीय क्षेत्रको विकास गरौं, महोत्सव, मेला तथा खेलकुद–संस्कृति कार्यक्रम सफल पारौं“ भन्ने मूल नाराका साथ बुद्ध जयन्ती कार्यक्रम तथा बृहत् मेला सम्पन्न भएको छ ।उतm कार्यक्रममा प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताले यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई जोगाउँदै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले स्थानीय पहिचान र धार्मिक आस्थाको जगेर्ना गर्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा साव...
दुई दशक देखि अलपत्र त्रिवेणी–दुम्किबास सडक सुचारु गर्न माग
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

दुई दशक देखि अलपत्र त्रिवेणी–दुम्किबास सडक सुचारु गर्न माग

नवलपरासी,१६ बैशाखदुई दशक देखी अलपत्र अवस्थामा रहेको दुम्किबास त्रिवेणी सडक निर्माणका लागि सरकारसँग आवश्यक पहल गरिदिन बालेन सरकारसँग सो क्षेत्रका साँसदले माग गरेका छन् । सो क्षेत्रका साँसद मनिस खनालले दुई दशक देखी अलपत्र परेको सडकलाई कानुनी जटिलता हटाई पुर्वपश्चिम राजमार्गमा पर्ने दाउन्नेडाँडाको बैकल्पिक मार्गको रुपमा बनाउन समेत उनले कुरा उठाएका हुन् ।बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक एक ’लाइफलाइन’ हुन सक्ने उनको तर्क थियो । तर २० वर्षअघि सुरु भएको यो योजना अझै अलपत्र छ,उनले भने, यो सडकले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (सुस्ता गाउँपालिका) हुदै पूर्वी नवलपरासी –( नवलपुर ) को निर्वाचन क्षेत्र नं. २ (दुम्किबास) लाई सिधा जोड्ने सामथ्र्य राख्दछ । साविकको नवलपरासी जिल्ला हुँदा २०६२ साल ...
बैशाख भित्रै अतिक्रमण र कब्जा गरिएका गण्डक आयोजनाका जग्गा र संरचना खाली गर्न सार्वजनिक सुचना
नवलपरासी (ब.सु.प.), समाचार, समाज

बैशाख भित्रै अतिक्रमण र कब्जा गरिएका गण्डक आयोजनाका जग्गा र संरचना खाली गर्न सार्वजनिक सुचना

नवलपरासी, १५ बैशाखजिल्ला स्थित गण्डक सिचाँई आयोजनासँग सम्बन्धित रहेका नहर,बाँध,सडक अन्य अतिक्रमित जग्गा खाली गर्न भन्दै सुचना जारी गरिएको छ । बालेन्द्र सरकारको सार्वजनिक जग्गा अतिक्रमण खाली गराउने अभियान अन्तरगत नै बर्षाै देखी अतिक्रमण गरि भोगचलन गर्दै आएका गण्डक आयोजनासँग सम्बन्धित जग्गा खाली गर्न गराउनका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीले बैशाख १५ गते सुचना जारी गरि सकेको र बैशाख ३० भित्र खाली नगरिएमा कानुनी प्रकृया अनुसार खाली गराउने गरि सुचना सार्वजनिक गरेको हो ।नेपाल सरकारको मन्त्री परिषदको चैत्र १३ गते गरेको निर्णय अनुसार नै जलस्रोत तथा सिचाई विभागले गण्डक नहर सिचाई ब्यवस्थापन कार्यालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अहिले ब्यवस्थापन कार्यालय सेमरीले सार्वजनिक सुचना जारी गरेको छ । सरकारको एक सय कार्यसुचि अन्तरगत नै कृषि,भुमि पुर्वाधार र आधारभुत सेवामा पर्न...
महिला नेतृत्व सशक्तिकरणका लागि पैरवी तथा नेतृत्व विकास तालिम
नवलपरासी (ब.सु.प.), समाचार, समाज

महिला नेतृत्व सशक्तिकरणका लागि पैरवी तथा नेतृत्व विकास तालिम

नवलपरासी,९ वैशाखमहिला सशक्तिकरण र जलवायु–स्वास्थ्यका सवालमा समुदायस्तरमै प्रभावकारी आवाज उठाउने उद्देश्य महिलाहरुलाई पैरवी तथा नेतृत्व विकास तालिम दिलाईएको छ । नेपाल रेडक्रस सोसाइटी नवलपरासीले तालिम सञ्चालन गरि दुई दिने पैरवी तथा नेतृत्व विकास तालिम दिलाइएको हो ।नेपाल रेडक्रस सोसाइटीद्धारा कार्यान्वयन र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित लोकलाइज्ड इनोभेसन फण्ड परियोजना अन्तर्गत बैशाख ८ र ९ गते परासीमा सम्पन्न गरिएको रेडक्रसले जनाएको छ । उक्त तालिममा महिला जलवायु स्वास्थ्य समूह का २४ जना सदस्यहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो । तालिमले सहभागी महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न उत्प्रेरित गरेको देखिएका थिए ।तालिमका क्रममा नेतृत्व विकास, प्रभावकारी पैरवी गर्ने सीप, निर्णय प्रक्रियामा सहभागिता र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने असरबारे व्यवहारिक तथा अन्तरक्रिया...
प्रतापपुरको भैरमपुरका आगलागी प्रभावित १२ घरपरिवारलाई नवलपरासी रेडक्रसद्धारा राहत वितरण
-

प्रतापपुरको भैरमपुरका आगलागी प्रभावित १२ घरपरिवारलाई नवलपरासी रेडक्रसद्धारा राहत वितरण

नवलपरासी, ९ वैशाखनवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीबाट प्रभावित १२ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले तत्काल राहत सामग्री उपलब्ध गराएको हो ।पीडित परिवारलाई अस्थायी बसोबास र दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले मंगलबार नै घटनास्थलमा पुगेर राहत सामग्री वितरण गरिएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो । पीडितलाई तत्कालका लागि आवश्यक सामग्री उपलब्ध गराइएको बताए ।सभापति अग्रहरीले अहिलेको मौसमलाई समेत मध्यनजर गर्दै सावधानी अपनाउन र सम्भावित विपदका घटनाबाट जोगिन आग्रह गरेका थिए । आगलागीपछि समस्यामा परेका पीडित परिवारलाई रेडक्रसले त्रिपाल, म्याट, ब्यालंकेट, झुल, लत्ताकपडा, बाल्टी लगायतका सामग्री वितरण गरेको नवलपरासी रेडक्रसका विपद व्यस्थापन संयोजक अर्जुन क्षेत्रीले जानकारी गराएका थिए...
सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई सहयोगका लागि सबै पक्षलाई आग्रह गरे
-

सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई सहयोगका लागि सबै पक्षलाई आग्रह गरे

नवलपरासी , बैशाख ८ गते । पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई भेट्दै राहत तथा सहयोगका लागि सबै पक्षलाई आग्रह गरेका छन्।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ मा भएको भीषण आगलागीमा १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय गोविन्द चमारको कच्ची घरबाट सुरु भएको आगो छिमेकीका अन्य ११ घरमा फैलिएको थियो।जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट रामसिंह कुर्मी, रामबहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनुश कुर्मीका घर पूर्ण रूपमा जलेका छन्।घटनामा घर, लत्ताकपडा, अन्न तथा दैनिक उपभोग्य सामग्रीमा ठूलो क्षति पु...
साना ब्यवसायि मैत्री भन्सार नीति बनाउन साना ब्यवसायिको माग
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

साना ब्यवसायि मैत्री भन्सार नीति बनाउन साना ब्यवसायिको माग

नवलपरासी,९ बैशाखउद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष समेत रहेका जिल्ला हाटबजार ब्यवसायि समितिका संयोजक राधेश्याम अग्रहरीले सहुलिय दरको भन्सार,छोटी भन्सार सुचारु गरिनुका साथै साना ब्यवसायि मैत्री भन्सार नीति बन्नु पर्ने माग उठाएका छन् । सिमा क्षेत्रमा रु १०० भन्दा बढिको मालबस्तुको भन्सार गराउनु पर्ने कानुनी प्रावधानलाई टेकेर कडाई गर्दा केही स्थानिय त्यसको विरोधमा मत प्रकट गर्दै आएको बेला सहुलियत भन्सार दर,छोटी भन्सार सुचारु र साना ब्यवसायी मैत्री भन्सार नीति बन्नु पर्ने माग उनले उठाएका हुन् ।दैनिक घरायसी उपभोग्य बस्तु भित्रयाउने आडमा तस्करी समेत हुने गरेको कुरा स्वीकार गर्दै उनले यि सबै कुरा ठूलो ब्यपारीहरुको सिण्डिकेट र विचौलिय प्रथाले मौल्याएको आरोप लगाएका थिए । सोमवार महेशपुर भन्सारमा ब्यवसायीहरुको समस्याबारे जानकारी गराउन पुगेका अग्रहरीले भने,भन्सार गराउनका लागि एग्जिम कोड लिनु पर्ने,त्...
पाल्हीनन्दनमा स्वास्थ्य कार्यक्रमको समिक्षा
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दनमा स्वास्थ्य कार्यक्रमको समिक्षा

नवलपरासी, ३ बैशाखपाल्हीनन्दन गाउँपालिकामा संचालित स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समिक्षा गरिएको छ । गाउँपालिको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा लिएको लक्ष्य र गरिएको कार्य प्रगतिको प्रभावकारिता बारे बुधबार समिक्षा गरेको हो ।पाल्हीनन्दन गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा पालिका भित्र संचालित आधारभुत अस्पताल, स्वास्थय चौकीका ईन्चार्जहरुलाई सहभागी गराई संचालन गरिएको स्वास्थ्य कार्यक्रमको प्रभावकारिता र चुनौतीहरुका बारेमा समिक्षा गरिएको स्वास्थय शाखा प्रमुख हरिशंकर गुप्ताले जानकारी गराएका थिए । समिक्षा कार्यक्रममा गाउँपालिकाको लेखा अधिकृत संजय कुमार शर्माले स्वास्थ्य क्षेत्रलाई संवेदनशिल विषय रहेकाले प्रभावकारी रुपमा स्वास्थ्य कार्यक्रम संचालन गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थयकर्मीहरुलाई सुझाव दिएका थिए ।स्वास्थ्य चौकी, अस्पतालहरुबाट...
दाउन्ने सडकको अवस्था अवलोकन गरे नेपाल सरकारका गृहमन्त्री गुरुँग
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

दाउन्ने सडकको अवस्था अवलोकन गरे नेपाल सरकारका गृहमन्त्री गुरुँग

नवलपरासी,३० चैत्रदुई साता पहिला दाउन्ने डाडामा दैनिक हुने जाँम ब्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीण्(सिडिओ) दिपकराज नेपालले सक्रियता(एक्सन) लिएको स्थानमा नेपाल सरकारका गृहमन्त्री सुदन गुरुगँ पुगेकाछन् छन् । सडक निर्माणमा हुने ढिलाईका कारण प्रत्यक्ष रुपमा हेर्न,बुझ्न र आवश्यक निर्देशन दिइने उदेश्यले गृहमन्त्री गुरुगँ आईतवार आफै सो स्थानको अवलोकन गरेका हुन् ।सो स्थानमा आएका गृहमन्त्रीलाई नवलपरासी निर्वाचन क्षेत्र नं.२ का संघिय साँसद नरेन्द्र कुमार गुप्ताले स्वागत गर्दै उतm स्थानका समस्याबारे अवगत समेत गराएका थिए । यसमा हालको सरकार त्यसमा पनि गृहमन्त्री गुरुगँ आफै उपस्थित भएर अवलोकन र सरोकारवालालाई निर्देशन समेत दिएका थिए । उनको निर्देशनले पक्कै कामले निरन्तरता हुने गरेको समस्या समाधान हुदै सहजता हुने साँसद गुप्ताले विश्वास ब्यतm गरेका थिए ।नियमित हुदै आएको ट्रफिक जामको वास्तविकता बुझ्दै आयोजन...
लुम्बिनी चिनी उद्योगलाई पुनःसरकारी करण गरि सञ्चालनमा ल्याउनु पर्ने स्थानियको चाहना
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी चिनी उद्योगलाई पुनःसरकारी करण गरि सञ्चालनमा ल्याउनु पर्ने स्थानियको चाहना

नवलपरासी,३० चैत्रजिल्ला स्थित लुम्बिनी चिनी उद्योगलाई सरकारी करण गरि सञ्चालनमा ल्याईनु पर्ने स्थानियले माग गर्न थालेका छन् । मुलुक भित्रका विभिन्न सरकारी उद्योग र कलकारखाना ,बन्द,विक्रि तथा निकरण भए पनि हालको बालेन्द्र सरकारले पुनःसञ्चालनमा ल्याई उत्पादनमा आत्मनिर्भर र रोजगारीको सृजना हुने गरि सञ्चालनको माग भई राख्दा लुम्बिनी कारखानालाई पनि सरकारी करण गरि सञ्चालन गरिनु पर्ने माग उठ्न थालेको हो ।चिन सरकारको सहयोगमा सो उद्योगको स्थापना जिल्लाको तत्कालिन सुनवल गाविसमा भएको थियो । जुन उद्योग अहिले पनि सुनवल नगरपालिकामै रहेको छ । २०६२ साल राजा ज्ञानेन्द्र शाहको शासनकालमा सो उद्योगको जग्गा भाडा लगाई ७ करोडमा उद्योग विक्रि भएको थियो । सरकारसँग उखुको समर्थन मुल्य तोक्नलाई पनि एउटा आधार रहेको चिनी उद्योग निजीकरण भए देखी नेपालमा सरकारले उखुको समर्थन मुल्य तोक पनि कडाईका साथ लागु गर्ने थियो । तर अहिल...