गण्डक नदीमा सुस्ता गाउपालिकाको मनोमानी,सरोकारावालालाई जानकारी नै नगराई उत्खनन गराउदै
नवलपरासी,९ जेठसुस्ता गाउपालिकाले सहमति विना नै अनियमित रुपमा गण्डक(नारायणी नदी)बाट निकासी गरेको जनाउदै भु आर्जन तथा सम्पर्क कार्यालय(लाईजन) भारत उत्तर प्रदेश सरकारले आपत्ति जनाएको छ । अनियन्त्रित निकासी प्रति ध्यानाकर्षण गराउदै ति कार्य तत्कालन रोक्न स्थानिय प्रशासनलाई भेटेरै ध्यानाकर्षण गराएको हो ।गत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा त्यसको असर सुस्ता भुमि कटानमा परेको र भविष्यमा वि ग्याँप बाँध भत्किने खत्तरा बढेकोले रोक्न भारतिय लाईजनको पत्राचारलाई वेवास्ता गरि पुनःसुस्ता गाउपालिकाले अमानतमा निकासी खोलेका कारण लाईजन र भारतिय पक्षले काम रोक्न माग गरेको थियो । कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई २०८२ माघ २५ गते नै परिपत्र गरेको थियो ।
तर त्यसलाई सुस्ता गाउपालिकाल...










