
नवलपरासी,१९ असोज
जिल्लाको सुनवल नगरपालिका वार्ड नं.१ ले चालु आर्थिक बर्षको तिन महिनामा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । राजस्व संकलनमा वार्ड सचिव निर्मला प्रजापतिले सक्रियता बढाए देछि राजस्वमा उल्लेख्य वृद्धि भएको हो ।
रामग्राम नगरपालिकामा लामो समय राजस्व शाखा सम्भाल्दै आएकी प्रजापति गत आर्थिक बर्षको अन्मित तिर सुनवल नगरपालिकामा सरुवा गराएकी थिईन् । राजस्व उठाउनका लागि करदाता तथा सेवाग्राहीलाई गरिने ब्यवहार,प्रोत्साहन,महत्व बुझाउने कलाले पनि राजस्व बढाउन उनी सफल भएको वार्डका कर्मचारीहरुले सुनाए । वार्ड सचिव भनेको प्रशासनिक कर्मचारी मात्रै नभई नगरपालिकाका लागि आन्तरिक स्रोत जुटाईदिइने कर्मचारी पनि हो । उनी रामग्राम नगरपालिकामा हुदा राजस्व शाखा मात्रै नभई एक्लो सचिव भई पाँच पाँच वार्डहरु सञ्चालन गर्न सक्ने क्षमता भएकोले पनि उनलाई सुनवलमा सरुवा भएर आफ्नो क्षमता प्रस्तुत गरेकी हुन् । सुनवल पनि राम्रो सम्भावना भएको क्षेत्र हो, सचिव प्रजापतिले भनिन्,सुनवलको मुख्य बजार क्षेत्र पर्ने वार्ड नं.१ पनि हो,बजारमा बसोबास गर्ने नागरिकलाई प्रोत्साहित गर्न सकियो भन्ने राजस्व वृद्धिमा निकै सहयोग हुन सक्छ । जुन अहिले आफु आएको ६ महिना भयो,उनले थपिन,वार्डका कर्मचारी पनि निकै सहयोगी छन्,वार्ड अध्यक्ष पनि साथ र सहयोग छ । कर्मचारीको नेतृत्व मात्रै आफु गरेकी हुँ । आउने सेवाग्राहीलाई महशुस गराउन सकियो,राम्रो काउन्सेलिगँ गर्न सकियो भन्ने नागरिकहरु पनि सहयोगी बन्न सक्ने उनको भनाई थियो ।
उनका अनुसार गत आर्थिक बर्ष २०८२।०८३ मा कुल ४९ लाख ५७ हजार ९ सय ८२ रुपिया राजस्व संकलन भएको थियो । तर अहिले चालु आर्थिक बर्ष २०८३।०८४ को तिन महिनामा कुल राजस्व १७ लाख२० हजार ३ रुपिया संकलन भएको छ । यो अनुपातमा राजस्व उठाउन सकियो भन्ने आर्थिक बर्षको अन्तिमसम्म राजस्व वृद्धि भई राख्ने उनको भनाई थियो । वार्डमा उद्यम ब्यवसाय गर्ने ब्यवसायि,सेवा शुल्क आदीलाई ब्यवस्थित गर्दै र सेवाग्राहीलाई प्रोत्साहित गर्दै गइयो भन्ने आन्तरिक राजस्व बढाउन सक्ने उनले विश्वास ब्यतm गरेकी थिईन ।
सेवाग्राहीलाई सहजीकरण सहित उनीहरुमा विश्वासको वातावरण बनाउन सकियो भन्ने सेवाग्राही सेवा शुल्क सहज रुपले तिर्ने स्थानिय राजेश शर्माले बताए । सचिवको सेवाग्राही प्रतिको ब्यवहारले पनि राजस्वमा उल्लेख्य वृद्धि भएको हुन सक्ने उनको भनाई थियो । यस्ता कर्मचारीलाई नगरपालिकाले पनि प्रोत्साहित गरिनु पर्छ, उनले भने, कर्मचारीलाई हतोत्साही गरिनु भन्दा प्रोत्साहित गरेर गइयो भने धेरै काम गराउन सकिन्छ । जुन अहिले वार्ड नं १ का जनता र कर्मचारी विचको पारस्परिक सम्बन्धमा सुधार देखिएको छ ।
