मेसिन नगरपालिकामा थन्किए, बिरामी भने उपचारका लागि जिल्ला बाहिर जान बाध्य

नवलपरासी,४ मंसिर
जिल्लमा ६५ जना डायलसिस गराउने विरामी पालोको प्रतिक्षामा छन् । पृथ्वीचन्द्र अस्पतालमा सिमिति जनशतिm र बेड तथा मेसिन उपकरण अभावले थोरै विरामीको मात्र उपचार गर्दै आएको छ । तर जिल्लाकै दुई नगरपालिकाले आफुले पनि डायलसिस सञ्चालन गर्ने भनेर करोडौको मेसिन राखेर प्रयोग विहिन बनाएका छन् । जुन पालिकाका आफ्नै अस्पतालका भवन निर्माणाधिन अवस्थामा छ,कुनै अस्पताल आर्कैै प्रयोजनले बनेको अस्पताल मापदण्ड विपरितको भवनमा अस्पताल सञ्चालनमा । ति नगरपालिका हो, वर्दघाटर र सुनवल ।
ति दुई नगरपालिकामा आर्थिक र प्राविधिक अभावले १० करोड भन्दा बढीका डायलासिस मेसिन प्रयोगविहीन, सरकारी लगानी र दाताको सहयोग सदुपयोग हुन सकेको छैन् । सुनवल नगरपालिकाको अस्पताल अहिले निर्माणाधिन अवस्थामा छ,भने वर्दघाट नगरपालिका कोभिडको बेला बनेको आइसोलेसन भवनमा सञ्चालित भई रहदा सो डायलसिस सेवा चौपत्ता स्थित एक सामुदायिक अस्पतालमा सञ्चालन गर्ने भन्द्र दुई बर्ष देखी मेसिन थन्काएको स्थानियले बताएका छन् । पहिला अस्पताल र पुर्वाधार बनाउने कि पहिला मेसिन खरिद गरि राख्ने ? भनेर प्रश्न खडा भएको देखिन्छ,भन्ने आर्को तिर करोडको मेसिन सञ्चालनमा नल्याउदा ति मेसिनको वारेन्टी,ग्यारेन्टी अवधी पनि सकिएर मेसिनमा केही समस्या भयो भने त्यसको जवाफदेहिता कस्तो हुने ? भनि प्रश्न उब्जाएको छ ।
यता विगत दुई बर्ष देखी सिमित साधन स्रोतले पृथ्वीचन्द्र अस्पतालले डायलसिस सञ्चालन गर्न पर्दा सबै विरामीलाई सेवा दिन सकिरहेको छैन् । चार वटा बेड मात्र रहेको हुदा पालैपालो थोरै विरामीलाई मात्रै सेवा प्रवाह गर्न सकिएको अस्पतालका प्रमुख वृज कुमार यादवले बताए । अस्पतालका अनुसार शुरुमा कुल १७ जना विरामीलाई सेवा दिदै आएको थियो,हालसम्म ५ जनाको मृत्यु भई सकेको छ,१२ जनाको नियमित डायलसिस गर्दै आएको छ,बाकी जिल्लाका ६५ जना विरामी प्रतिक्षामा छन्,जनशतिm र मेसिन अभावले नयाँ विरामीलाई सेवा विस्तार गर्न सकेको छैन् । यदि दुईटै पालिकाले दुई जना स्वास्थ्यकर्मी र मेसिन यसै अस्पतालमा उपलब्ध गराएर सेवा सञ्चालन गर्न पनि सक्थे,तर समन्वय हुन नसक्दा कहिँ करोडको मेसिन थन्किएका छन्,कहि मेसिन अभावले विरामीलाई उपचार दिन सकेको छैन । विरामीको सेवा भन्दा आफ्नो यष कमाउने नाममा आफ्नै पालिकामा तयारी बिनाको कार्य गर्न तम्सिएका छन् ।
मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामीलाई आफ्नै जिल्लामा सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न अस्पताल तथा स्थानीय तहलाई उपलब्ध गराइएका करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन बनेका छन् । आवश्यक भौतिक पूर्वाधार, आर्थिक स्रोत र दक्ष जनशक्तिको अभावमा मेसिन सञ्चालन हुन नसक्दा एकातिर राज्य र दातृ निकायको ठूलो लगानी खेर जाने जोखिम बढेको छ भने अर्कोतिर बिरामीले उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता कायमै छ । वर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति अस्पताललाई विसं २०८१ मा नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले उपलब्ध गराएका ६ वटा डायलासिस मेसिन हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । करिब एक करोड २० लाख रुपैयाँ मूल्य बराबरका ती मेसिन आर्थिक स्रोत र आवश्यक भौतिक संरचना अभावमा प्रयोगविहीन बनेका हुन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाका अनुसार लामो समयदेखि मेसिन सञ्चालनमा ल्याउने प्रयास भए पनि आवश्यक पूर्वाधार र आर्थिक व्यवस्थापन हुन नसक्दा सेवा सुरु गर्न सकिएको छैन । तर वर्दघाट नगर अस्पतालका सुचना अधिकारी रमेश चन्द्र न्यौपानले मन्त्रालयसँग पहल भई रहेको र त्यहाँका प्राविधिकहरुले अवलोकन गरि अनुमति दिएमा सामुदायिक अस्पतालमै डायलसिस सेवा उपलब्ध गराईने जानकारी गराएका थिए ।
त्यस्तै, सुनवल नगरपालिकाले पनि करोडौँ मूल्यका डायलासिस मेसिन प्राप्त गरे पनि सञ्चालनमा ल्याउन सकेको छैन । बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि उपलब्ध गराएका करिब साढे आठ करोड रुपैयाँ बराबरका पाँच वटा डायलासिस मेसिन प्रयोगविहीन अवस्थामा छन् । सुनवल अस्पतालको भवन निर्माण हुन अझै बर्षौ लाग्ने अनुमान स्थानियले गरेका छन् । यसरी नगरपालिकाको आफ्नै अस्पताल सञ्चालनमा नआइसकेका कारण ती मेसिन प्रयोगमा ल्याउन नसकिएको हो । सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले आर्थिक तथा प्राविधिक जनशक्तिको अभावमा मेसिन सञ्चालन गर्न नसकिएको बताइन् । सुनवलमा १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । अस्पताल निर्माण सम्पन्न भएपछि आवश्यक व्यवस्थापन गरेर डायलासिस सेवा सञ्चालन गर्ने दाबी गरिएको छ ।
अस्पतालमा डायलासिस सेवा लिन आउने बिरामीको चाप बढी रहेकाले सबैलाई सहज रूपमा सेवा उपलब्ध गराउन नसकिएको व्यवस्थापक सीमा काफ्लेले बताइन् । जिल्लाका अन्य स्थानमा प्रयोग विहीन अवस्थामा रहेका मेसिन सञ्चालनमा ल्याउन सके बिरामीलाई ठूलो राहत पुग्ने उनको भनाइ थियो । मिर्गौलाका बिरामीले नियमित रूपमा डायलासिस गराउनुपर्ने भएकाले उपचार सेवामा हुने सामान्य ढिलाइले समेत उनीहरूको दैनिक जीवन प्रभावित हुने गर्छ, उनले भनिन, जिल्लामै पर्याप्त सेवा उपलब्ध नहुँदा बिरामी तथा आफन्तले आर्थिक भार, समय र यात्राको कठिनाइ बेहोर्नुपरेको छ ।
जिल्लामा करोडौँ रुपैयाँ मूल्यका मेसिन उपलब्ध भए पनि सञ्चालनको सुनिश्चितता नहुँदा स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रभावकारी उपयोग हुन सकेको छैन । मेसिन खरिद वा हस्तान्तरण गर्नु मात्रै पर्याप्त नभई त्यसलाई सञ्चालन गर्न आवश्यक भवन, विद्युत्, पानी, प्राविधिक जनशक्ति, मर्मतसम्भार र नियमित बजेटको व्यवस्था पनि उत्तिकै आवश्यक हुन्छ । अब स्थानीय तह, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित दातृ निकायबीच समन्वय गरी प्रयोगविहीन मेसिन सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ । करोडौँका उपकरण थन्क्याएर राख्नुभन्दा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरी बिरामीलाई जिल्लामै उपचार सेवा उपलब्ध गराउनु सम्बन्धित निकायको प्राथमिकता बन्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *