सुस्ताको चुहाडी क्षेत्रलाई बौद्ध तिर्थ स्थल ‘सतपती’को रुपमा घोषण

नवलपरासी,२२ माघ
माघ पुर्णिमाको अवसर पार्दै जिल्लाको सुस्ता गाउपालिकाले थप नयाँ बौद्ध स्थलको पहिचान गरि बौद्ध तिर्थ स्थलको घोषणा गरिएको छ । सुस्ता २ स्थित चुहाडी भनेर स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थ स्थल भनेर माघ पुर्णिमाको अवसर पारी प्रमुख आथिती गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले सो घोषणा गरेकी हुन् ।
उनले प्राचिन बौद्ध स्थल भएको पहिला देखी नै सुनिदै आएको र अहिले आफ्न्रै गाँउ ठाँउको प्राचिन स्थललाई बौद्ध अध्ययेताहरुको सहयोगमा यो बौद्ध तिर्थ स्थलको रुपमा घोषणा गर्न पाउनुमा आफु सौभाग्य शाली भएको बताएकी थिईन् । लुम्बिनी बुद्ध जन्मेको स्थलको रुपमा सँसार भरि विख्यात छ ,उनले भनिन,तर बुद्धको महत्वपुर्ण सन्देश दिएको सतपती स्थललाई पनि बौद्ध परिपथलसँगै जोडेर पहिचान गराउनमा यो घोषणा उपलब्धी मुलक हुनेछ । कार्यक्रममा विशिष्ट अथिती गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले ओझेलमा परेको यो महत्वपुर्ण बौद्ध स्थललाई यो घोषणाले सँसारमा पहिचान गराउने र विश्व सम्पादाको रुपमा स्थापित हुनेमा विश्वास ब्यतm गरेका थिए ।त्यसका लागि स्थानियबासी अब यहाँका प्राचिन मुल्यमान्यतालाई संरक्षित गरि बौद्धयात्रीका लागि पनि प्रमुख तिर्थ स्थलको रुपमा विकास गर्न आग्रह समेत गरेका थिए ।
संसारका मानिस बुद्ध जन्मेको देश नेपाल चिन्ने गरेका छन्,उनले थपे,तर बुद्धले कोलिय राज्य भित्रका विभिन्न स्थानमा गएर महत्वपुर्ण धर्मोपदेश गरेका स्थानलाई पनि चिनाउनका लागि स्थानियबासी निरन्तर लाग्नु पर्छ । यसले स्थानियबासीको संस्कृतिक विकास,आर्थिक विकास र अध्यात्मिक लाभ प्राप्त गर्नेमा सक्षम बनाउने छ । बौद्ध सहित्य तथा प्राचिन कालमा चिनियायात्री ह्वेगँसाँग समेत सो स्थानमा पुगेको र आफ्नो यात्रा वृतान्तमा सतपती भनेर उल्लेख गरिएको छ । सो स्थानलाई बौद्धकालिन प्राचिन सतपती बौद्धतिर्थ स्थल घोषणा गरिने गाउपालिकाले विगत बर्ष देखी नै सोच बनाएको र अहिले पुर्णिमाको अवसरमा घोषणा भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
बौद्ध दर्शनका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तव र पुरातत्व क्षेत्रको जानकार नारद यादवसँग पनि परामर्श भएर यो बौद्धकालिन स्थान भएको पहिचान भएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,प्राचिन स्थलको रुपमा पुरातत्व विभागले प्राचिन स्मारक भनेर बोर्ड त गाडेको छ । तर यसको पहिचान के होला ? भनेर स्थानिय तथा आउने पर्यटकमा चाँसो हुने गरेको थियो । खोज गर्दै यसको उल्लेख सतपती भनेर चिनियायात्रीको बर्णन र स्थानियमा पनि सतपती गाँउसँगै जोडिएको हुदा सतपति भनेर घोषणा गर्न लागिएको उनको भनाई थियो ।
भगवान गौतम बुद्ध जिवनको उत्तरार्धमा बैशाली नगरमा उनले माघ पुर्णिमाको दिन आफुले तिन महिना पछि बैशाख पुर्णिमाका दिन महापरिनिर्वाण लिइने घोषणा गरका थिए । यसलाई बौद्धमार्गीले महापरिनिर्वाण घोषणा दिवसको रुपमा मनाउदै आएका छन् । सोही अवसरमा अहिले यो सतपती गाउनजिकैको चुहाडी प्राचिन स्मारक क्षेत्रलाई सतपती बौद्ध तिर्थ स्थल भनेर घोषणा भएको स्थानिय समाजसेवी तथा विपश्यना साधक जितराम पंजियारले बताए । यसको महत्व ठूलो छ,तर अहिले यसको महत्व उजागर हुन नसक्दा समान्य रुपमा यसलाई चुहाडी र नजिकै रहेको गाउलाई सतपती भनेर मात्र चिन्ने गरिएको थियो । यो घोषणाले यो बौद्ध परिपथमा अब जोडिनेमा विश्वस्त भएको उनको भनाई थियो ।
विपश्यना अन्तरगतकै एक महत्वपुर्ण अभ्यास सतिपठ्ठान ध्यान साधाना पनि हो,सोही नामले प्राचिन कालमा सतपती भनेर चिनिने गरिएको हुन सक्ने उनको भनाई थियो । जुन ह्वेगँसाँग यात्रा गर्दै आउदा भेटाएको र आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन् । उनले तिन सय पुरानो मानव अंग दात पनि फेला परेको उल्लेख गरिएको छ । संग्रहालयमा ति दात अहिले पनि भएको र त्यसको परिक्षण गरि पहिचान गर्न सकिएमा युनेस्कोले यसलाई पनि विश्वसम्पदामा सुचिकृत गर्न सक्ने आधार भएको पंजियारले बताएका थिए । अब बौद्ध तिर्थ स्थल त घोषणा भयो,उनले थपे,अब यसलाई गाउपालिकाले आफ्नो गौरवकै योजनामा समावेश गरि लगानी पनि गर्नु पर्छ । स्थानिय र गाउपालिका दुबैले विश्वसम्पदामा सुचिकृतका लागि पुरातात्विक खोजका लागि पनि अग्रसरता देखाउनु पर्ने उनको आग्रह थियो । कार्यक्रम सुस्ता गाउपालिका वार्ड नं. २ का वार्ड अध्यक्ष कृष्णलाल मुखियाको अध्यक्षतामा भएको थियो । सो घोषणा कार्यमा पत्रकार बेचु गौडले सतपती बौद्धतिर्थ स्थलका आधार र अगामी दिनमा गरिने कार्यहरुबारे ६ पृष्टको कार्यपत्र प्रस्तुत गरेका थिए ।

के हो ‘सतपती’ को महत्व ?
सति पाली भाषाको शब्द हो जस्को संस्कृतमा स्मृतिको अर्थ हो र कुशल कर्मको सम्झना सम्यक् स्मृति हो । मनलाई अकुशलतर्फ ढल्किन नदिनका लागि कुशल कुराको स्मृति गरि राख्न आवश्यक हुन्छ । यसका लागि चार स्मृति उपस्थापनहरु प्रयोग गरिन्छ । त्यसै गरि पठ्ठान भन्ने पाली शब्दको अर्थ पत्र पत्र मिलाएर राख्ने अर्थात पट्याउने भन्ने अर्थ हुन्छ । त्यही अर्थले पनि सतपति भनेको सति अर्थात स्मृतिलाई पत्रपत्र पट्याउने जस्तै याद गर्दै सम्झने कुरा हुन् । सतिपठ्ठानमा विपश्यनालाई अझै सुक्ष्म रुपमा विस्तारित गर्दै बिभिन्न चार भागमा हेर्ने गरिन्छ । विपश्यनालाई नै अझै सुक्ष्म गराउदा कायानुपश्यना,बेदानुपश्यना,चित्तानुपश्यना र धर्मानुपश्यना हुने गर्छ । तिनैलाई स्मृति गर्ने कुरालाई दर्शाउछ । ती हुन्–
ड्ड कायानुस्मृति– शरीरको वास्तविक स्वभावलाई याद गरिरहने
ड्ड वेदनानुस्मृति– उदय र व्यय हुने वेदनाको स्वभावलाई याद गर्ने
ड्ड चित्तानुस्मृति– चित्तको विविध अवस्थालाई स्मृतिमा राख्ने
ड्ड धर्मानुस्मृति– वस्तुको स्वभावलाई ठीकसँग सम्झने
आशक्ति र क्लेश बढाउने स्मृतिको अवलम्बन गर्न हुँदैन । अतः क्लेशरहित हुनका लागि बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति, त्यागानुस्मृति, देवानुस्मृति र उपशमानुस्मृति पनि सम्यक् स्मृतिका रुपमा अभ्यास गर्न सकिन्छ । विपश्यनाको अभ्यास गर्ने साधकहरुले सतिपठ्ठानको अभ्यास गर्दा सुक्ष्म रुपमा पहिला काया अर्थात शरिरको अवस्थाको सजग भएर अवलोकन गर्ने गरेका हुन्छन् । त्यसै गरि ति शरिरमा हुने सम्वेदनाहरुलाई सजग भएर वेदनाको अवस्थालाई अवलोकन गर्छन् । वेदनामा पनि शुखद वेदना,दुःखद वेदना,अशुखद वेदना अदुःखद वेदनाको रुपमा हेर्ने गरिएको हुन्छ ।
त्यसै गरि काया र वेदना हुदा चित्तको अवस्था कस्तो हुन्छ,ति चित्तको अवस्थालाई अवलोकन गर्ने गरिन्छ । काया,वेदना र चित्तको अवस्था हेर्दै गर्दा त्यसको धर्म अथावा स्वभाव कस्तो छ ? त्यसबारे पनि अवलोकन गर्ने गरिन्छ । यसरी क्रमश ः यि अनुभुतिलाई पठ्याउदै जाने कार्यलाई पाली भाषाको पठ्ठान भन्ने बुझिन्छ,यो ध्यानको उच्चतम अवस्था बन्दै जान्छ । यस्तो महत्वपुर्ण ध्यान अवस्थाबारे देशना र अभ्यास गरिएको यस स्थानलाई नै सतपतिको रुपमा त्यो बेला उल्लेख भएको हुन सक्ने जुन कुरा अहिले यो स्थान र गाँउलाई नै सतपति भनेर चिनिन थालेको छ । बुद्ध धर्मका ७ सिद्धान्तका कुराहरु पनि छन । ति एक प्रकारको जागरण,जागृत हुनु भन्ने कुरालाई पनि जनाउछ । बुद्ध भन्ने शब्द नै तत्कालिन बेलामा सिद्धार्थ मगधमा ज्ञान प्राप्त गरि जागृत भए त्यो बेला मगधबासीले उनलाई आफ्नो मगही भाषामा जागृत ब्यतिmलाई बुद्ध भनेर सम्बोधन गरे,सोही बेला देखी उनी शाक्यमुनि बुद्धको रुपमा चिनिनु भयो ।
जागरणका सात कारकहरू सात मानसिक क्षमताहरू हुन् । जसमा बौद्ध परम्पराले महत्वपूर्ण मूल्य राख्छ । धर्म भित्र “आन्तरिक धर्म“ को रूपमा चिनिन्छ, यी कारकहरू १.सजगता, २.अनुसन्धान, ३ ऊर्जा, ४.आनन्द, ५.शान्ति, ६.एकाग्रता, र ७. समानता हुन ्। यसले पनि सात वटा सति अर्थात सजगतालाई नै दर्शाउछ । त्यसलाई पनि पट्याएर राख्ने महशुस गर्ने कुराले गर्दा पनि सात अर्थात सत पट्याउने अर्थात पतीलाई जोडेर सतपती बनेको हुन सक्ने पनि अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *