
नवलपरासी,९ जेठ
सुस्ता गाउपालिकाले सहमति विना नै अनियमित रुपमा गण्डक(नारायणी नदी)बाट निकासी गरेको जनाउदै भु आर्जन तथा सम्पर्क कार्यालय(लाईजन) भारत उत्तर प्रदेश सरकारले आपत्ति जनाएको छ । अनियन्त्रित निकासी प्रति ध्यानाकर्षण गराउदै ति कार्य तत्कालन रोक्न स्थानिय प्रशासनलाई भेटेरै ध्यानाकर्षण गराएको हो ।
गत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा त्यसको असर सुस्ता भुमि कटानमा परेको र भविष्यमा वि ग्याँप बाँध भत्किने खत्तरा बढेकोले रोक्न भारतिय लाईजनको पत्राचारलाई वेवास्ता गरि पुनःसुस्ता गाउपालिकाले अमानतमा निकासी खोलेका कारण लाईजन र भारतिय पक्षले काम रोक्न माग गरेको थियो । कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई २०८२ माघ २५ गते नै परिपत्र गरेको थियो ।


तर त्यसलाई सुस्ता गाउपालिकाले अटेरी गर्दै निकासी गर्न तर्फ अगाडी बढे पछि गत बैशाख १८ गते काठमाडौमा भएको जेसिकेजिपी बैठकले समेत नदीबाट निकासी नगर्न भनेर निर्णय भई सबै तिर पत्राचार गरिएको पत्र लाईजन प्रमुख शोभित कुमार हलुवाईले देखाएका थिए । उनका अनुसार अहिले भारतिय दुताबासले समेत सरोकारवाला निकायमा पत्राचार गरेको छ । तर यि सबै पत्रलाई वेवास्ता गर्दै सुस्ता गाउपालिकाले मनोमानी खननमा लागेको उनको आरोप थियो । स्थानियले पनि पालिका प्रमुख र प्रशासकियकै सधै वदमासी गर्दै आएको जनाएका थिए ।
यता सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले कुनै पनि जानकारी आफुलाई नभएर निकासी खोलिएको बताए । त्यस पश्चात प्रति लाईजन प्रमुख हलुवाईले जिल्ला प्रशासन कार्यालय र गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायलाई भेटेरै पत्रबारे अवगत गराएका थिए । तर दुबै जनाले नदीबाट निकासी गर्ने आफ्नो अधिकार क्षेत्र भएको दाबी गर्दै वातावरणिय प्रभाव मुल्याँकन(ईआए) गराई निकासी गरिएको दाबी गरेका थिए । नेपालकै सयौ गाँउलाई डुबानबाट बचाउन भारतले नै गण्डक सन्धि अनुसार अर्बाैको लगानी गर्दै आएको छ । गण्डक परियोजना नै खर्बाैको हो, जेई यादवले भने,तर पालिकाको थोरै लोभले हजारौ गाँउ प्रभावित बनाउन सक्छ ।
तर निकासी तत्काल गरि बैठक सरोकारवालाहरुको बैठक बस्तु पर्ने भारतिय पक्षका इन्जिनियर(जेइ) रविन्द्र यादवले भने, बाँधको सम्पुर्ण जिम्मेवारी गाउपालिकाले लिई काम गर्नु पर्ने हो,कि खनन गर्ने अधिकार दाबी मात्र गर्ने हो, त्यो पनि नेपाल र भारत दुई देशको साँधमा रहेको नदी क्षेत्रमा ? गाउपालिकाले गत बर्ष सो नदीमा अनियन्त्रित खनन गरेर ८ करोड आमदनी गर्यो,लाईजन प्रमुख हलुवाईले भने,अहिले उर्जा मन्त्रालयले खननका कारण सुस्ता भुमि कटान बढेको र त्यो कटान रोक्न १३ करोड लगानी गरि तटबन्धनको कार्य गर्न परेको छ । उनले पनि प्रश्न गरे नदीको आमदनी गाउपालिकाले लिईने र नदीको प्रभावित क्षेत्रको जोखम क्षेत्रमा काम अन्य निकायले गर्ने हो ?
गण्डक नदी दुई देश विच पर्ने हुदा नदीमा कुनै पनि कार्य गर्दा भारतिय पक्षको अनुमति लिई काम गर्नु पर्ने बताउदै गत बर्ष सुस्ता गाउपालिकाले झुक्याएर नदीजन्य पदार्थको निकासी ठेक्का गरेको थियो , नदी निकासीले नदीको धार नै परिवर्तन भई सुस्ता भुमि कटान गर्न थाले पछि स्थानियले विरोध समेत गर्दै आएको लाईजन प्रमुख हलुवाईले बताएका थिए । यो बर्ष उत्खनन नगर्न भनि परिपत्र गरिएको छ, उनले भने, तर गाउपालिकाले अटेरी गर्दै काम गरि रहेको छ, शुक्रवार देखी काम रोक्ने र शनिवार सरोकारवालाको बैठक बस्ने मौखिक सहमति भएको छ । तर निकासी गर्ने ठेकेदारले आफुहरु कुनै पनि हालतमा निकासी गर्ने कार्य नरोकिने हल्ला गर्दै आएका छन् । शुक्रवार निकासी नरोकिए सो बैठकको के औचित्य ? भन्दै उनले त्यसको जिम्मेवारी सुस्ता गाउपालिकाका अध्यक्ष उपाध्याय र प्रमुख प्रशासकिय अधिकृत भुसालले लिईनु पर्छ ।
सुस्ता कटान रोक्न तत्कालिन उर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिगँ आउदा सुस्ताको अवस्था हेर्दा १३ करोड बराबरको बाँध र तटबन्ध गर्न बजेट विनियोजन गरि प्राविधिक टोली खटाएका थिए । जुन कार्य अहिले भई रहेको छ । खोलाको अध्याधिक दोहनबारे स्थानियको आरोप पछि लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोलीले सोही बर्ष स्थलगत अध्ययन गरेको थियो । वातावरण विद निर्मल चौधरीको नेतृत्वमा उतm टोलीले अनुगमन गरेको स्थानियले बताएका थिए । अत्याधिक र अनियन्त्रित दोहनले गण्डक बाँध नै खत्तरामा पर्ने र बाँध भत्कियो भन्ने स्थानिय गाँउ डुबानमा पर्ने जस्ता स्थानिको गुनासो गर्दै आएका थिए ।
यता गाउँपालिका अध्यक्ष उपाध्यायले यो बर्ष पनि निकासी ठेक्का नलगाइएको तर गौरवका आयोजना हुलाकी सडक आयोजनालाई अमानतमा खोलाजन्य समाग्रि उपलब्ध गराउन भनि माग आएकोले अमानतमा पहिलो चरणमा १० हजार घनमिटर समाग्रि झिक्न अनुमति प्रदान गरिएको बताए । यता निकासीबारे जिसिस प्रमुख भगौती प्रसाद यादवसँग सम्पर्क गर्दा आफुलाई विस्तृत जानकारी नभएको र अहिले काठमाडौमा रहेकोले आए पछि बुझेर कुरा गर्ने बताएका थिए । उत्खननबारे प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जेसिकेजिपी बैठकमा दुबै तर्फको प्राविधिकबाट अनुगमन गराई मात्र खनन गर्ने सहमति भएको र अनुगमन नै नभई पालिकाले खनन गर्दा भारतिय पक्ष र लाईजनले प्रशासनको ध्यानाकर्षण गराउन आएको बताएका थिए । यता भारतिय प्राविधिक जेई यादवले दुई देश विचको साँधमा निकासी गर्दा भारतिय पक्ष र लाईजनलाई समेत इआईएको बेला देखाउनु पर्ने तर गाउपालिकाले सुटुक्ट आफुहरुलाई झुक्याई काम गरि रहेको जिकिर गरेका थिए । यसलाई नियमन गर्नु पर्ने कार्य कस्ले गर्ने ? पालिका देखी जिसस पनि यस्मा मौन देखिन्छन् ।
एक थान बन्दुक र दुई बट्टा बारुद तथा ७४ वटा छर्रा सहित दुई जना प्रकाउ
नवलपरासी,७ जेठ
जिल्ला प्रहरी कार्यालयको टोलीले वर्दघाट नगरपालिका २ र ४ का दुई जनालाई अवैध हातहतियार प्रकाउ गरेको छ । वार्ड नं.४ शिवशतिm टोल बस्ने ४३ बर्षिय बिजय पौडेल र वार्ड नं.२ चिसापानीका ५० बर्षिय बखत रानालाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पौडेलले विहान ११ बजे आफ्नै घर बाहिर पडकाइ साथीसँग पारिजात जंगल तर्फ गएको सुचना पाएर प्रहरी टोलीले खोज तलास गर्ने पौडेलसँग एक थान भरुई बन्दुक र रानाबाट ७४ वटा छर्रा र दुई वट्टा बारुद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरि अनुसँधान अगाडी बढाइएको प्रहरी निरिक्षक तथा सुचना अधिकारी सोमदास ढकालले जानकारी गराएक



