सुनवलको सडक नाला निर्माणमा अनियमितता भईरहेको स्थानियबासीको आरोप

नवलपरासी,२३ पुस
जिल्लाको सुनवल नगरपालिका वार्ड नं.९ काशीपुर स्थित सडकको नाला निर्माणमा कम गुणस्तरको इट प्रयोग गरि अनियमितता भई रहेको स्थानियले आरोप लगाएका छन् । नाला निर्माण गर्दा दोयम इटको प्रयोग गरि अनियमितता भईरहेको स्थानियले आरोप लगाएका हुन् ।
सम्बन्धित प्राविधिकहरुले बेला बेलामा निर्माण कार्य नहेरिदिदा अनियमितता भएको स्थानिय अमर बहादुर थारुले बताए । बेला बेला प्राविधिकहरुले हेरिदिएको भए ठेकेदारले बदमासी गर्दैन्थ्यो,उनले भने,तर ठेक्का दिए पछि सबै काम ठेकेदारलाई नै सुम्पिए पछि ठेकेदारले कमसल समाग्रिको प्रयोग गरि धेरै नाफा कमाउने सोच बनाउछन् नै,तर सरकारी निकायमा बसेका ठेकेदारले नियमित अनुगमन गर्नु पर्ने हो,त्यो काम नहुदा यस्तो अनियमितता बढको बताए । उनले शुरुको नालामा दोयम इट प्रयोग भएको देखाउदै भने,गाँउलेले हल्ला गरे पछि अहिले इटामा केही सुधार गरेको छ । ढुगाँले पर्खाल नालाको पर्खाल बनाउन थालेको छ । तर ढुगाँले बनाउदा कति सिमेन्टको प्रयोग गरिरहेको छ,त्यसबारे गाँउलेले पनि कतिसम्म हेरेर बस्ने ? शुरुमा बनाएको नाला फेरी नभत्काई त्यही कायम राखेको छ,उनले थपे,त्यो भत्काएर अवल इटबाट जोड्न लगाउनु पर्छ ।
सुनवल नगरपालिकाले नेपाल सरकार ससर्त अनुदान कार्यक्रम तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत सो काम गराउदै आएको छ । बुटवल सिमेन्ट मिल देखी रामग्राम जोड्ने सडक ढलान कालोपत्रे योजनाको लागि एस.आर देउराली कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि शिवराज १ कपिलबस्तुले ठेक्का लिएको छ । ५५ लाख ९२ हजार ६८ रुपियामा स्वीकृत योजनामा पिसि र भ्याट सहित ४९ लाख ८ हजार ४ सय ८ रुपियामा ठेक्का सकार गरेको होर्डिगँबोर्डमा उल्लेख गरिएको छ ।२०७९ मंसिर ७ गते सम्झौता भई २०८० जेठ ३२ गते भित्र सम्पन्न गर्ने गरि म्याद रहेको छ । सरकारले पुरै दररेट खुलाएर ठेक्का दिईने र ठेकेदारले ठेक्का जसरी पनि पार्ने गरि घटेर ठेक्का लिन्छन्,थारु भन्छन्,घटेर ठेक्का लिने ठेकेदार काममा आएर ठग्छन्,बढि नाफा कमाउन खोज्छन् । यसमा नगरपालिकाको प्राविधिकले पनि प्रलोभनमा परि उनीहरुको कामलाई अनुमोदन गरिदिन्छन । त्यो दुःखद कुरा हो, उनले थपे, आफ्र घटेर ठेक्का लिइने ठेकेदार प्रति प्राविधिकले दवाप प्रभावमा परेर दया देखाउनु किन पछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *