सिद्धार्थको महाभिनिष्क्रमण जात्रा : कपिलबस्तुदेखि नवलपरासीको अनोमाघाटसम्म असार पुर्णिमाको अवसरमा सिद्धार्थको महाभिनिष्क्रमण जात्रा

नवलपरासी,३० जेठ
जिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले महाभिनिष्क्रमण जात्रा सहित असार पुर्णिमालाई महाभिनिष्क्रमण दिवस मनाईने भएको छ । सुस्ता गाउपालिकाले लुम्बिनी प्रदेश सरकारको लुम्बिनी पर्यटन परिषदलाई नै सो जात्राको स्वामित्व लिएर कपिलबस्तुको तिलौराकोटबाट जात्रा निकाल्ने गरि प्रस्तावनापत्र पठाएको जानकारी समेत गराएको हो ।
सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट(ठाढीघाट) मा पुगेर महाभिनिष्क्रमण लिएको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको हुदा सो कुरालाई आम जनमानसमा झल्काउने उदेश्य लिई तिलौराकोटबाट नै सिद्धार्थको महाभिनिष्क्रमण जात्रा निकाल्ने योजना अगाडी बढाइएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेले बताए । सुस्ता गाउपालिकाले सो जात्राको नेतृत्व लिनु भन्दा तिन वटा जिल्ला सो जात्राले समेटने छ । तिनै जिल्ला पनि लुम्बिनी प्रदेश भित्रको जिल्ला भएकोले त्यसको नेतृत्व र स्वामित्व प्रदेश सरकारले लिएर गर्यो भन्ने अझ प्रभावकारी बन्ने भएकोले पर्यटन परिषदलाई प्रस्ताव पठाइएको पौडेलले जनाए ।
गत बर्ष पनि बौद्ध भिच्छुलाई भोजनदान सहिन स्थानियले कपाल मुण्डन गरि महाभिनिष्क्रमण दिवस मनाएका थिए । अहिले त्यसलाई विस्तार गर्दै अनोमाघाटको महत्व सम्पुर्ण लुम्बिनीबासीलाई पनि जानकारी गराउने उदेश्यले जात्रा निकाल्ने योजना बनाइएको छ, उनले भने,यसमा लुम्बिनी पर्यटन परिषद पनि सकारात्मक देखिएको छ । सोच र योजना सुस्ता गाउपालिकाको भए पनि अहिले लुम्बिनी प्रदेश स्तरिय यो महाभिनिष्क्रमण जात्रालाई संसार भरिका बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्नेछ । कालान्तरमा गएर यो जात्रामा नेपाल मात्रै नभई संसार भरिबाट बौद्ध धर्मालम्बीहरुले भाग लिन सक्ने अवस्था आउनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
सिद्धार्थ गौतम आफ्नो छोरा राहुल र पत्नि यशोधरालाई छाडेर रातीको बेला सारथी छन्ना सहित घरबाट निस्कदा पुर्व दिसामा निस्केका थिए । त्यो बेला शाक्यहरुको कपिलबस्तु राज्य र कोलियहरुको कोलिय गणराज्य भित्र मित्रवत सम्बन्धका कारण सिमा बन्देज थिएन् । तर अनोमा नदी हालको गण्डकी नदी पारी मगध समराज्यको सिमा पर्ने हुदा आर्को राज्यको सिमा भित्र एक राजकिय ब्यतिm प्रवेश गर्दा सैनिक अनुमति चाहिन्थ्यो,तर सिद्धार्थ कसैलाई जानकारी नदिई गोप्य रुपमा गृह त्याग गरेका कारण त्यस्तो अनुमति पाउने अवस्था पनि थिएन् । गृहत्याग गरे पछि फेरी फर्कने अवस्था पनि थिएन् । तर मगधमा सन्यासीलाई कुनै प्रकारको रोक तोक थिएन् । खुल्ला रुपमा घुमफिर गर्न पाउथे । त्यो भएर सिद्धार्थ त्यही अनोमा घाटमा नै राजकिय पोशाक झिके,कपाल मुण्डन गरि सन्यास धारण गरे घोडा कन्टक र सारथी छन्नालाई त्यहीबाट फर्काई दिए ।
ज्ञान अर्थात बोधीको खोजीमा त्यहीबाट प्रस्थान गरेको कुरा उल्लेख पाईन्छ । उनको बोधी यात्राको अन्तिम स्थान मगधकै बोध गया भयो,भन्ने प्रस्थान विन्दु कोलिय राज्यको अन्तिम सिमा अनोमाघाट भयो । अनोमाघाट अहिले नेपालमा पर्छ । बोधीको प्रस्थान विन्दु अनोमाघाट भएको हुदा सो अनोमाघाटलाई महाभिनिष्क्रमण स्थल मात्रै नभई नेपालको बोध गया भनेर पनि गाउपालिकाले चिनाउने कार्यमा लागि परेको छ । दुई बर्ष देखी समान्य रुपमा मनाईदै आएको महाभिनिष्क्रमण दिवस यस बर्ष केही फरक हुने गरि योजना बनाईको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
उनका अनुसार तिरौराकोटबाट निस्कने उतm महाभिनिष्क्रमण जात्रा सिद्धार्थको जन्म स्थल लुम्बिनी,उनले शान्तिको सन्देश दिएको रोहिणी नदी,उनको मावली स्थल कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर),उनको धातु रहेको रामग्राम स्तुपा,उनले गृहस्तका लागि गृह शुख सन्देश दिएको स्थान प्राचिन ककरपत्त नगर सरावलको जावा,उनले चार ब्रम्हविहारको देशना गरेको स्थान प्राचिन हल्लिदावसन नगर वर्दघाटको बुद्धमंगल ताल क्षेत्र,उनले सतिपठ्ठान धर्मदेशना गरको स्थान सतपति हुदै महाभिनिष्क्रमण लिएको स्थान अनोमाघाटमा पुगेर समापन हुनेछ ।
त्यहाँ मुण्डन गराउन चाहने ब्यतिmले कपाल मुण्डन पनि गराउने छन् । जात्रा पुरै सन्देश मुलक भएको हुदा सुस्ता मात्रै नभई लुम्बिनी प्रदेश सरकार र नेपालकै एक महत्वपुर्ण जात्रा हुने विश्वास गरिएको छ । यसमा कपिलबस्तु,रुपन्देही र नवलपरासीका सबै गाउपालिकालाई सहभागि हुन आह्वान गरिने छ । जात्रामा नेपाल लगायत अन्य देशका बौद्ध तिर्थयात्रीलाई पनि भाग लिनका लागि आग्रह गरिने उनको भनाई थियो । प्रस्तावलाई लुम्बिनी प्रदेश परिषदले कुन रुपमा लिन्छ,त्यसको आधारमा यसको योजना वृहद बनाउने कि यो बर्ष साधारण हुने निर्धारण पछि हुने उनको भनाई थियो । महाभिनिष्क्रमण जात्रा जसरी पनि हुन्छ,उनले भने, यसलाई लुम्बिनी प्रदेश सरकार र संघिय सरकारको प्रतिनिधि लुम्बिनी विकास कोषले कसरी स्वामित्व लिन्छ,त्यसले जात्राको आकार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *