सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण

नवलपरासी,४ चैत्र
जिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर तथा कोलवृक्ष बगैचा क्षेत्रमा गाउपालिकाद्धारा बनाइएको प्रवेशद्धारले आकर्षण थपेको छ । पर्यटकिय स्थलको रुपमा विकास गरिदै आएको प्राचिन ककरपत्त नगर जाने बाटोमा बुट्टेदार प्राचित बौद्ध संस्कृति झल्किने प्रवेशद्धारले सो पर्यटकिय क्षेत्रमा जाने पर्यटकलाई थप आकर्षण थपेको हो ।
प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको गाँउपालिकाले घोषणा गरि गौरवको आयोजना भित्र राखेर विकास तथा पर्यटन प्रवद्र्धनमा लागेर विभिन्न पुर्वाधारहरु थपिदै आएको गाउपालिकाले जनाएको हो । तत्कालिन गाउपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले बुद्ध तिर्थ स्थलको रुपमा विकास गरिने गरि यस क्षेत्रको पुर्वाधार विकासका लागि पनि परिकल्पना गरेका थिए । सोही अनुसार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बौद्ध साहित्यको अध्ययन गरि सो क्षेत्र कोलिय गणराज्यको ककरपत्त नगर भएको तथ्य र निकर्ष निकाले पछि गाउपालिकाले प्राचिन ककरपत्त नगरको घोषणा गरि सो क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गराएका थिए ।
बर्षेनी बजेट बिनियोजन गर्दै कोलिय गणराज्यको इतिहाससँग जोडिएको कोलवृक्ष बगैचा संरक्षण र बौद्धकालिन संस्कृतिमा आधारित पुर्वाधार निर्माण गरिनुका साथै बाहिरबाट आउने पर्यटक तथा विभिन्न कार्यक्रम गर्नेका लागि करिब ५ सय जना अटाउने सभा हल,तालिम हल,संग्राहलय तथा बालउद्यान लगायतको पुर्वाधारको निर्माण गरि सकेको छ । कोलवृक्ष बगैचा क्षेत्रमा बुद्धको स्टयाचु तथा प्राचिन इतिहाससँग जोडिएका दिर्घजानुलाई गृह खुश सन्देश सुनाउदै गरेको बुद्ध र दिर्गजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । सोहीक्रममा ककरपत्त नगरमा प्रवेश गर्ने प्रवेशद्धार पनि निर्माण गराइएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । प्रवेशद्धारले नै बौद्धकालिन संस्कृति झल्किने गरि बुटाहरु राखिएका छन् । पुर्वपश्चिम राजमार्गको बासा गाउ देखी करिब दुई किलोमिटर भित्र बासा पिपरहिया सडकबाट जावा गाउ जाने बाटोमा सो प्रवेशद्धाराको निर्माण गरिएको छ ।
कोलवृक्ष बगैचा क्षेत्र तथा प्राचिन ककरपत्त नगरलाई बौद्ध तिर्थ स्थलको रुपमा चिनाउदै धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गाउपालिकाको लक्ष्य रहेको छ । तर स्थानिय समुदायबाट चाहे जस्तो सहयोग र सहकार्य हुन नसकेको उनको भनाई थियो । जबकी गाउपालिकाले प्राचिन नगर घोषणा गरे पश्चात पुरातत्व विभागले पनि प्राचिन स्मारक भनेर राष्ट्रिय सम्पदामा सुचिकृत गरि आफ्नो होर्डिगँबोर्ड समेत राखिसकेको छ । पर्यटन क्षेत्र विकास गर्ने गरि काम गाउपालिकाले अगाडी बढाउनका लागि सो गाँउका बासिन्दालाई होमस्टे सञ्चालनका लागि तालिम समेत प्रदान गराएको थियो । सोही क्रममा कोभिड महामारी र अहिले आर्थिक मन्दीले केही समस्या पारेको बताउदै अध्यक्ष चौधरीले भने,तर यस क्षेत्रलाई दिर्घकालिन र अल्पकालिन योजना बनाई गाउपालिकाले विभिन्न कामहरु गर्दै आएको छ । प्रवेशद्धारसँगै विभिन्न संरचना निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आउने क्रम बढदै गएको छ ।
ककरपत्त नगरको प्राचित इतिहास बौद्धकालमा दिर्घजानु भन्ने कोलिय पुत्र बुद्ध आएको बेला बुद्ध समक्ष पुगेर भगवान बुद्धसँग आग्रह गरे कि हामी गृहस्तहरु भिच्छु हुन सक्दैनौ बुद्ध,तर हामी गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्छौ ? दिर्घजानुको आग्रहमा भगवान बुद्धले गृहस्तले मुतिmको मार्गमा जानका लागि विभिन्न आठ सम्पदा आर्जन गर्ने उपाय बताएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायमा उल्लेख गरिएको छ । त्यसलाई नै गृहशुख सन्देशको रुपमा बुझने गरिएको छ । गृहस्तले आर्जन गर्नु पर्ने ८ सम्पदा मध्ये ४ वटा इहलौकिक शुखका लागि र ४ वटा पारलौकिक शुखका लागि छ ।
दिर्घजानु सुत्तका अनुसार इहलौकिक शुख भनेको अहिले यहिँ जन्ममा भौतिक रुपमा प्राप्त गर्ने शुख हो । त्यसका लागि पहिलो उठ्ठान सम्पदा अर्थात खेतीपाती गरि अन्न,धन आर्जन गर्ने,दोश्रो आरक्ष सम्पदा कमाइएको ति अन्न धनको सुरक्षा गर्ने,तेश्रो कल्याणमित्रता अर्थात सज्जनसँग संगत गर्ने सल्लाह लिदै गर्ने र चौथो समआजिविका अर्थात सहि मार्गले अन्न धनको आर्जन गर्ने थियो । त्यसै गरि पारलौकिक शुख आर्थत मरणोपरान्त आर्को लोकमा पाउने खुशका लागि पहिलो शिल सम्पदा आर्जन गर्ने अर्थात बुद्धले भनेका कम्तीमा पञ्च शिलसम्मको शिल सम्पदा आर्जन गर्ने जस्मा चोरी नगर्नु,झुठो नबोल्नु,प्राणी हिँसा नगर्नु,दुराचार्य नगर्नु र नसापदार्थको सेवन नगर्नु रहेको छ ।
दोश्रो श्रद्धा सम्पदा आर्थत भगवान बुद्ध वा कल्याणमित्र प्रति श्रद्धा जागृत गर्नु पुण्य आर्जन गर्नु रहेको छ । तेश्रो त्याग सम्पदा आर्थत इहलौकिक दुनियाका सबै थोक अनित्य छ,अनात्म छ,सब्ब संस्कारा अनिच्च को भाव सहित लोभ र मोह मुतm भई त्याग गर्न सक्नु पर्छ । चौथो प्रज्ञा सम्पदा आर्थत शिल,समाधिको अभ्यास गर्दै प्रज्ञा आर्जन गर्नु पर्छ । प्रज्ञाले मात्र मुतिmको मार्गमा पुर्याउन सक्छ,भवचक्रबाट बाहिर लैजान सक्छ भनेर महत्वपुर्ण सन्देश सुनाएका थिए । दिर्घजानुको नामले जावा गाउको रुपमा अहिले चिनिने गरिएको छ । प्राचिन कमलपोखरी र कोलवृक्ष जस्ता आधारका कारण नै प्राचिन ककरपत्त नगर भएको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *