शिवरात्रीमा लाग्ने अतरहटी मेलाको भब्य तयारी

नवलपरासी,१७ फागुन
जिल्लाको सरावल गाँउपालिका वडा नम्बर २ अत्रहट्टीमा रहेको शिवमन्दीरमा यस वर्ष ५० औँ महाशिवरात्री मेलाको तयारीमा स्थानियबासी जुटेका छन् । विगत बर्ष देखी नै समान्य रुपमा शिवरात्रीको दिन लाग्दै आएको उतm मेलालाई अहिले केही विस्तारित बनाउने योजना सहित स्थानियबासी जुटेका हुन् ।
डेढ शताब्दी देखी उतm मेला लाग्दै आएको दाबी सहित मेलाको तयारीबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले पुरानो उक्त मन्दिरमा विगत ५० वर्ष देखि महाशिवरात्रीको अवसरमा मेला लाग्दै बताएका थिए । जानकारीमा आए देखी यस वर्ष मेला आयोजनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवका कार्यक्रमका साथ मेला संञ्चालन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले गराएका थिए । उनका अनुसार मेलाको स्वर्ण महोत्सवको अवसरमा विभिन्न सांस्कृतीक तथा खेलकुदका कार्यक्रम आयोजना गरिने छ । यही फागुन २४ देखी २७ गतेसम्म मेलामा विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुती संगै नजिकै रहेको पोखरीमा डुङ्गा सफारीको व्यवस्था गरिने छ भने कबड्डी र भलिबल प्रतियोगिता पनि हुनेछ । भलिबल प्रतियोतिामा प्रथम हुने समुहलाई नगद ३० हजार, द्धितीयलाई २० हजार तृतियलाई १५ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई हजार नगद तथा मेडल प्रदान गरिने छ ।
यसैगरी कबड्डी प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दृतियलाई १५ हजार, तृतियलाई १० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सरावलको सम्पदाको रुपमा रहेको उक्त मन्दिरको संरक्षण र प्रर्वद्धनका लागी पालिकाले काम गरिरहेको बताएका थिए । उक्त मन्दिरको धुनी व्यवस्थापन, मेला संञ्चालनका लागी वडा र पालिकाले १२ लाख बढि बजेट विनियोजन गरिएको जानकारी गराए । साथै पर्यटकिय तथा धार्मिक केन्द्रको रुपमा विकास गर्न उक्त मन्दिरका लागी थप जग्गा व्यवस्थापन र पोखरीको सौन्र्दयकरणमा पालिकाले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

वडा न.२ वडाअध्यक्ष शम्भुप्रसाद चौधरीले निकै पुरानो शिव मन्दिर जिल्लामै सबैभन्दा पुरानो महाशिवरात्रि मेला लाग्ने स्थानको संरक्षण र संर्वद्धनमा सबै जुट्नुपर्नेमा माग गरेका थिए । विक्रम संवत १९३७ मा उक्त शिवमन्दिर निर्माण भएको ईतिहास भेटिन्छ भने २०१९ साल देखी उक्त स्थानमा शिवरात्रिको अवसरमा मेला लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *