वर्दघाट नगरपालिकाले गरायो,मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण

नवलपरासी,८ फागुन
जिल्लाको वर्दघाट नगरपालिकाले नगरपालिकाको न्यायिक क्षेत्रलाई अझ शसतm र प्रभावकारी बनाउने गरि मेलमिलापकर्ता भर्ना गरि सपथग्रहण गराएको छ । नयाँ मेलमिलापकर्तासँग आवेदन आह्वान गरी छनौट गरेर तालिम गराए पश्चात कार्य क्षेत्रमा खटिनु पुर्व सपथग्रहण गराइएको हो ।
तालिम प्राप्त मेलमिलापकर्ताहरुलाई कार्यालय परिसरमा जिल्ला अदालतका मुख्य न्यायधिस खडानन्द तिवारीले सपथ ग्रहण गराएका थिए । स्थानिय तह सञ्चालन ऐन २०७४ प्रचलित कानुन र मेलमिलापकर्ताले अनुसुचि ८ अनुसार दफा २२ सँग सम्बन्धित मेलपिलापकर्ताको सपथपत्र बाचन र सहि छाप गरि सपथ लिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराएका थिए । उतm सपथपत्रमा मध्यस्तकर्ताले ‘ इश्वरको मानमा सत्य निष्ठापुर्वक मेलमिलापकर्ताको रुपमा सपथ लिन्छु कि मैले मेलमिलाप सम्बन्धी प्रकृयाको शिलशिलामा कुनै पक्ष प्रति मरमोलाहिजा नराखी गोपनियता र निष्पक्षता कायम गर्दै कानुन न्यायिक प्रकृया प्रति सम्मान तथा समर्पणको भावना राखी काम गर्नुेछु । मैले स्थानिय सरकार सञ्चालन ऐन २०७४ प्रचलित कानुन र मेलमिलापकर्ताले पाना गर्नु पर्ने आचरणको पुर्ण पालना गर्दै आफुलाई सुम्पिएको दायित्व इमानदारी पुर्वक निर्वाह गर्नेछु’ भनि उल्लेख गरिएको छ ।
नगरपालिकामा पर्ने उजुरी र अधिकार क्षेत्र अनुसार अधिकाँश मुद्दा मेलमिलापकर्ताको माध्यमले मात्रै न्याय निरुपण गर्नु पर्ने भएको हुदा जुन नगरपालिकामा जति धेरै मेलमिलापकर्ता शससतm रुपमा कार्य गर्ने छन् । तिनैको आधारमा नगरपालिकाको न्यायिक क्षेत्रको प्रगति बन्ने आधार हुने छ । नगर उप्रमुखको नेतृत्वमा थप दुई जना जनप्रतिनिधि राखेर न्यायिक समिति गठन भएका छन्,प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,सहयोगमा उजुरी प्रशासकको रुपमा कर्मचारीले समितिसँग मिलेर काम गर्ने छन् । तर त्यसमा मेलमिलापकर्ताको योगदान धेरै उल्लेख्निय हुने उनको भनाई थियो । वर्दघाट नगरपालिका एक स्थानिय सरकारको रुपमा स्थापित भई काम गर्नका लागि सरकारका प्रमुख ३ अंग मध्ये ब्यवस्थापिका,कार्यपालिका र न्यायपालिका तिनै अंगले प्रभावकारी ढंगले काम गर्नु पर्छ । अनि मात्र स्थानिय तह एक सरकारको रुपमा सक्षम हुने सम्भावना रहनछ ।
न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायको अध्यक्षतामा भएको उतm सपथ ग्रहण कार्यमा सपथग्रहण गराए पछि न्यायधिस तिवारीले सबैले न्याय पाउन,सबैले न्यायको महशुुस गरुन र सबैले जित जितको अवस्था प्राप्त गरुन,त्यसको लागि मेलमिलापकर्ताको ठूलो भुमिका रहेको बताएका थिए । कार्यक्रममा नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले नगर सरकारको अभिन्न अंग न्यायिक समिति र समितिसँग नजिक भएर काम गर्ने मेलमिलापकर्ताहरुले जनतालाई न्यायको अनुभुति गराउनमा भुमिका निर्वाह गर्नेमा विश्वास ब्यतm गरेका थिए । गाउमा जसरी सरकार पुगेको आधार स्थानिय सरकार भएको छ,त्यसै गरि गाँउमा न्याय पुर्याउनमा पनि न्यायिक समितिसँग काम गर्ने मेलमिलापकर्ताको भुमिकाले मात्र गाउमा न्याय पुग्ने उनको भनाई छ । सपथग्रहणले सबै मेलमिलापकर्तालाई जिम्मेवार बनाउनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
सैद्धान्तिक रुपमा स्थानिय तहलाई सरकारको रुपमा संविधानले अधिकार प्रदान गरेको छ,तर त्यसलाई स्थानिय तहले सरकारको भुमिका प्रभावकारी ढंगले बढाउन सकेमा मात्र त्यो पालिका सरकार जस्तो देखिन्छ,जनताले पनि सरकारको अनुभुति प्राप्त गर्ने छन् । अहिले पनि धेरै पालिकाहरुमा सरकारका तिनै अंगहरु प्रभावकारी ढंगले काम गर्न नसकिरहेको अवस्थामा वर्दघाट नगरपालिकाले पुर्ण सरकारको रुपमा स्थापित गराउन अभ्यासरत छ । यसको अभ्यास पनि वर्दघाट नगरपालिकाले ब्यवस्थापिकाको रुपमा रहेको नगरसभालाई नगर सँसदको हिँउदे अधिवेशनको संज्ञा दिदै लामो समयसम्म नगरसभा सञ्चालन गर्दै विभिन्न चरणमा विभिन्न नीति नियम,कानुनबारे छलफल गर्ने गरेको थियो । नगरसभा सदस्यहरुले आफुलाई नगर सरकारको नगर साँसदको अनुभुति गर्दै काम गर्न थालेका छन् ।
त्यसै गरि कार्यपालिकाको रुपमा रहेको नगर कार्यपालिकाका विभिन्न समिति संयोजक,काम गर्ने कार्यदल र विभिन्न आवश्यक समितिको पनि गठन गरि काम गराउने अभ्यासमा रहेको छ । प्राज्ञिक क्षेत्रबाट पनि सधै सहयोग र सहकार्य गर्नका लागि नगरपालिकाले प्रज्ञा परिषदको पनि गठन गरेर त्यसको कुलपति र उपकुलपति तोकर काम गराउने अभ्यास गर्दै गरेको छ । त्यसै क्रममा अब प्रत्येक वार्ड वार्डमा पनि मेलमिलापकर्ता मार्फत आफ्नो न्यायमा सबै जनताको पहुँच पुगोस भनेर थप मेलमिलापकर्ता राखिएको नगरपालिकाले जानकारी गराएको थियो । त्यसका लागि अब न्यायपाालिकाको रुपमा रहेको न्यायिक समितिले कानुनले प्रदान गरेको अधिकारको अधिनमा रहि सबै न्यायिक कार्य गर्ने छन् । हालसम्म नगर क्षेत्रमा ८५ जना मेलमिलापकर्ता राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *