लोपोन्मुख विजयसालको विरुवा हुर्काउदै जनउदय सामुदायिक बन

नवलपरासी, २४ चैत्र
जिल्लाको सुनवल नगरपालिका स्थित जनउदय सामुदायिक बन क्षेत्र भित्र लोपोन्मुख बिजयसालको पुर्नथ्थानका लागि बन क्षेत्र भित्र वृक्षारोपण गरि हुर्काउने कार्यमा जुटेको छ । डिभिजन बन कार्यालयको सहयोगमा जनउदय सामुदायिक बन उपभोतmा समुह सुनवल ३ किर्तिपुरले लोपोन्मुख प्रजाती बिजयसालको वृक्षारोपण गरि हुर्काउने कार्यमा जुटेको हो ।
बैज्ञानिक रुपमा बनको ब्यवस्थापन गर्दै आएको सो सामुदायिक बनले लोपोन्मुख प्रजातीको विरुवाको वृक्षारोपण गरि बनलाई विविधता युतm बनाउन लागिको समुहका अध्यक्ष बल बहादुर थापाले जानकारी गराए । राजमार्गसँग जोडिएका सामुदायिक बन भित्र बनको ब्यवस्थापनका लागि आवश्यक सबै कार्य हुदै आएको छ,उनले भने,भएका रुख विरुवाहरुको उचित ब्यवस्थापन गर्दै बैज्ञानिक बन लागु गरिएकोछ । खाली ठाँउमा वृक्षारोपण गरिदै आएको छ । वृक्षारोपण गर्दा पनि विविधता युतm विरुवाको रोपण हुदैछ । त्यसैक्रममा लोपोन्मुख जातीको विजयसालको विरुवा पनि रोपिएको हो । यसले लोपोन्मुख विरुवाको अस्तित्व जोगाउमा पनि सहयोगी हुने र सामुदायिक बनका उपभोतmाहरुलाई पनि लाभ हुने हुदा खाली स्थानमा बिजयसालको विरुवा रोपिएको उनको भनाई थियो ।
उनका अनुसार बिजयसाल भित्र औषधीय गुण समेत रहेको हुदा नेपाल सरकारले नै विजयसालको संरक्षणका लागि विजयसाल संरक्षण योजना बनाएर काम गर्ने क्रममा बिजयसालको विस्तर गर्दै जनउदय सामुदायिक बनलाई पनि प्रोत्साहित गरेको थियो । यसको बैज्ञानिक नाम पिटेरोकारपस मारसुपियम रोक्स्ब फेबाकेयी एतभचयअबचउगक mबचकगउष्गm च्यहद। (ँबदबअभबभ) हो । यसको औषधीय गुणको कारणले परम्परागत उपचारको रूपमा पिउने पानीको लागि प्रयोग गरिन्छ । यस बिरुवाको हार्टवुड रस मधुमेह, जन्डिस, अल्सर, ग्यास्ट्रिक, आदि को उपचार को लागी प्रयोग गरिन्छ ।
यसको परम्परागत उपयोग को सन्दर्भमा, यो बलियो एन्टिअक्सिडेटिभ, एन्टि–इन्फ्लेमेटरी, एन्टिडायबेटिक, एन्टिमाइक्रोबियल र एन्टीक्यान्सर गतिविधिहरु संग यौगिक हुन सक्छ । यो बिरुवा पोली–फेनोलिक यौगिकहरूले समृद्ध भएको रिपोर्ट गरिएको छ । यसका घटकहरूले विभिन्न फ्लेभोनोइडहरू, डिफेनिलप्रोपेन डेरिभेटिभहरू, र सेस्किटरपेन्सहरू प्रतिनिधित्व गर्छ ्। यस वर्गका यौगिकहरूमा समृद्ध फ्लेभोन ग्लाइकोसाइडहरू र बिरुवाको अर्कहरू मधुमेहको उपचार र रोकथामका लागि उपयोगी हुने हुदा पनि यसको संरक्षणका लागि नेपाल सरकारले योजना बनाई बन क्षेत्र भित्र यसको संरक्षण,प्रवद्र्धन र विस्तारमा लागेको छ ।
सो सामुदायिक बनले बैज्ञानिक बन बनाउनका लागि बन भित्र साल र असनाका माँउ रुख बाहेक अन्य रुखको काटिने छ । पुरै बन क्षेत्रलाई ८० भाग लगाई प्रत्येक बर्ष एउटा प्लटमा मात्र माँउ रुख बाहेकका रुख काट्ने र साना रुख हर्कने गरि चक्रिय प्रणालीमा बन ब्यवस्थापन गर्ने कार्य भई रहेको छ । बर्षाै देखी पुराना रुख भएका कारण गुणस्तरिय काठ निस्कने अवस्था कम देखिएको छ,अध्यक्ष थापाले भने,तर धोध भएका अधिकाँस रुख हटाइए पछि ति क्षेत्रमा रहेका स साना विरुवालाई हुर्कर्ने अवसर प्राप्त हुन्छ । चक्रिय प्रणाली बनाइएको हुदा इउटा प्लटमा रुखको कटान पछि पुनः त्यही प्लटमा रुख कटान गर्ने पालो ८० बर्षमा आउछ,तर ति प्लटमाम नियमित सरसफाई,पतल्याउने कार्य निरन्तर चलिनै रहने छ । यसले गर्दा कार्बन उत्सर्जनको गतिलाई तिब्र बनाउन सकिन्छ ।
बुढो भई सकेको धोध रुखले धेरै कार्बन सोस्दैन,उनले थपे,तर तिनै रुख निकालिए पछि बन पैदावार उपभोतmाले पाउने र साना विरुवाहरुले घामपानी पाउदै हुर्कर्ने कार्य तिब्र हुन्छ,यसले गर्दा ति विरुवाहरु बायुमण्डलका कार्बनडाई अक्साईड सोसेर बढि खाना बनाउनु पर्ने हुन्छ । यो प्रकृयाले तिब्रता पाउदा बायुमण्डलमा रहेका कार्बनडाई अक्साईडको मात्रा घटदै रुख विरुवाले आफ्नो खाना बनाउदा निस्कने अक्सिनजको मात्रा बायुमण्डलमा फाल्छ । यसले वातावरणिय सन्तुलनमा योगदान पुर्याउने छ । यो क्रम बन भित्र निरन्तर भई राखियो भने बनबालीको रुपमा नियमित रुपमा काठ,दाउरा,घाँसपात प्राप्त हुनुका साथै अन्तराष्ट्रिय रुपमा कार्बन ट्रेड सम्झौता अनुसार नेपालले रकम पनि प्राप्त गर्नेछ । राम्रो बन भएको एक हेक्टरमा सरदर ५० हजार मेट्रिक टन कार्बन भण्डार गर्न सक्ने आधार छ,उनले भने, यसरी लाखौ मेट्रिक टन कार्बन बन विकास गरि भण्डारण गराउन सक्ने अवस्था हुन्छ ।
उनका अनुसार २०५४ सालमा जनउदय बन समुह गठन गरि काम गर्दै आएको छ । अहिले सो सामुदायिक बन समुहले २ सय ७७ हेक्टर बनक्षेत्रमा बैज्ञानिक बन ब्यवस्थापन गर्दै आईरहेकोछ । सो बन समुहमा १ हजार २ सय २६ घरधुरीका कुल ७ हजार २ सय जनसंख्या आवद्ध रहेका छन् । बन समुहको बार्षिक बजेट १ करोड ३३ लाख ७४ हजार ५ सय रहेकोछ । बन समुहले बर्षेनी सय भन्दा बढिलाई रोजगारी प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी गराएका थिए । दिगो बन ब्यवस्थापन र बातावरणिय सन्तुलनमा योगदान हुने हुदा बैज्ञानिक बन ब्यवस्थापनका कार्य भई रहेका थिए । केही बर्ष पहिला तत्कालिन बन मन्त्रीले यसमा रोक लगाउदा तिन बर्ष देखी बैज्ञानिक बन ब्यवस्थापन कार्य रोकिएको थियो । अहिले पुनः फरक नामले बैज्ञानिक बन ब्यवस्थापन कार्य शुरु भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *