रामग्राम (बाईपास) चोकदेखि मन्झरियाचोकसम्मको ६ लैनको सडक टेण्डर स्वीकृत हुदा स्थानिय उत्साही

नवलपरासी,५ भदौ
जिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती हुने भए पछि स्थानिय ब्यवसायि खुशी भएका छन् । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही भएका हुन् ।
रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम हुने भए पछि बाईपास सडकका ब्यवसायि उत्साही भएको स्थानिय शिवनारायण यादवले बताए । जिल्ला सदरमुकाम विकास कार्यक्रम अन्तरगत परासीको बुद्धचोक देखी निलोगेट र झरही देखी मन्झरियासम्मको सडक स्तरोन्नती हुने क्रममा छ । सो कार्यक्रम नगरपालिकाको विभिन्न वार्डमा पनि शुरु भई केही सम्पन्न भई सकेको र केही सम्पन्न हुनेक्रममा छन् । तर परासी बजारकै बन्दरगाह मार्ग अन्तगतको सडक ब्यवस्थित नहुदा यस क्षेत्रका स्थानियले आक्रोस समेत ब्यतm गर्ने गरेका थिए । गाँउ गाँउमा सडक स्तरोन्नती हुने र बजार क्षेत्रलाई नै वेवास्ता हुने गरेको गुनासो समेत गर्दै आएका थिए, स्थानिय ब्यवसायि समेत रहेका यादवले भने, अहिले यो मेयरको पहलले बन्न लागेको सडक स्तरोन्नतीको कार्य सराहनिय छ ।
बर्षाै देखी निरास रहेका यस क्षेत्रका नगरबासी पनि उत्साही भएको उनले बताए । उनका अनुसार सडकको किनारमा पानी निकास गर्ने ढल पनि थिएन । अहिले सडकको स्तरोन्नतीसँगै ढला निकास बने पछि जलनिकास समेत बन्ने भएकोले यस क्षेत्रका बासिन्दा उत्साही रहेको उनको भनाई थियो । छेउका बजार स्वच्छ,सफा र पुर्वाधार सम्पन्न हुने तर बन्दरगाह राजमार्गसँगै जोडिएका ढलको पानी निकास नपाएर जम्ने फोहोर हुने,धुलाम्य सडक हुने अवस्था थियो,जुन अहिलेको योजनाले यसलाई हटाउने भएको छ । डिभाईडर सहितको ६ लैनको सडक,ढल,फुटपाथ,र्यालिगँ सहितको ११ सय मिटर सडक निर्माण हुनेछ । यसका लागि सडक डिभिजन कार्यालय बुटवलबाट टेण्डर समेत भई सम्झौता हुने कार्य समेत भई सकेको नगरपाकिलाका मेयर यादवले बताए । उनका अनुसार १० करोडको लागतमा ति सडक,ढलको पुर्वाधार बन्नेछ । सडकको ठेक्का समिर कन्ट्रक्सनले लिएको छ, उनले भने,२३ प्रतिसत घटेर ठेक्का भएको छ,बचेको उतm रकम पनि यसै क्षेत्रमा लगानी हुने भएकोले थप काम पनि हुनेछ ।
सडकसँगै तत्कालिन जिविसले निर्माण गरेको रामखण्डा खोलाको पुल भत्काएर पुनःनिर्माणका लागि छुट्टै ५ करोडको लागतमा बन्ने छ । त्यसका लागि टेण्डर प्रकृयामा रहेको मेयर यादवले जनाए । छिट्टै पुलको टेण्डर प्रकृया सकाएर पुलको पनि संगै काम हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए । बन्दरगाह मार्गको भाग भए पनि यहिँबाट महेशपुर सिमानाका,रामग्राम स्तुपा,त्रिवेणीधाम,अनोमाघाट धाम जाने सडकको भाग पनि हो, उनले भने, सडक स्तरोन्नतीले घोडपाली,ड्राईभरटोल, जितपुरको सुन्दरटोल अन्तरगतको बस्तिको पनि जलनिकास यसै सडकमा जोडिने भएको हुदा त्यसको पनि पानीको निकास यसै ढलमा जोडिने छ । ढलनिकासको उचित ब्यवस्थापन गर्न सकिए मात्र बजार सुन्दर देखिने मान्यतालाई आधार बनाएर आफुले पहिलो प्राथमिकतामा राखेर सडक डिभिजनसँग पहल गरेको बताए । पहल गरिए पछि सडक डिभिजन कार्यालयले महत्वका साथ काम गरिदिएको छ,उनले भने, सडक डिभिजन प्रति नगरपालिका आभार पनि ब्यतm गर्न चाहन्छ । उतm आयोजनाको काम एक महिना भित्रै शुरु हुने सम्बन्धित निर्माण कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *