मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह

नवलपरासी, २० फागुन
परासीमा फैजाने अहलेबैत कांफ्रेन्स (जलसा)मा धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बताएका छन् । दाईजो प्रथाले महिला हिँसालाई प्रोत्साहित गर्ने र समाजलाई विकृत बनाउने हुदा दाईजो मुक्त मुस्लिम समाज हुनु पर्ने आफ्नो प्रबचन मार्फत आग्रह गरेका हुन् ।
मदरसा जामिया फैजाने अहलेबैतको आयोजना तथा ओल्मा काउन्सिल नेपालको सहजीकरणमा उक्त कांफ्रेन्स (जलसा) नेपाली समाजमा मुस्लिम समाज पनि एक हो,मुस्लिम समाजले आफ्नो समाजलाई दाईजो र फजुलखर्च मुक्त बनाउदै उदाहरणिय समाजको रुपमा स्थापित हुनु पर्नेमा प्रबचन दिईने मुस्लिम धर्मगुरुहरुको भनाई थियो । कांफ्रेन्स ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको संयोजकत्वमा भएको उक्त जलसाले मुस्लिम समाजलाई जागरुक बनाउने उदेश्यले गरिएको थियो । झण्डै दुई हजारको संख्यामा मुस्लिम समुदायको उपस्थिती रहेको थियो । उक्त जलसामा हजरत मौलाना समिउल्लाह कादरीको अध्यक्षता तथा धर्म गुरु हजरत मौलाना हाजी सैयद शाहिद हुसैन जैदीले प्रमुख आतिथीको आसनबाट धर्म र संस्कृतिमा हुने विकृति हटाई समुन्नत समाजको निर्माणमा सबै मिलेर लाग्नु पर्ने बताएका थिए ।
जलसामा प्रमुख प्रखर वक्ता हजरत मौलाना गुलाम रसुल बलियावीले ईस्लामिक सन्देश दिदै अब दाईजोमुक्त समाजको निर्माण गर्न आवश्यक रहेको जिकिर गरेका थिए । जलसबाट दर्जन बढि व्यक्तिहरुलाई आफनो छोराछोरी विहे गर्दा दाईजो नलिने भनि सपथ गराउदै दाईजोमुक्त समाज निर्माण अभियामा मुस्लिम समुदाय एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । जलसमा एकदर्जन बढि व्यक्तिहरुले आफनो छोराको विहेमा कुनै प्रकारको दाईजो नलिने भनि घोषणा गर्दै आम जनतालाई समेत सन्देश दिएका छन् ।
ईस्लाम धर्ममा गर्न नहुने दाईजो, जुवातास, शराबखोरी, शुदखोरी, जस्तो विकृतिहरु मुस्लिम समाजमा पनि बढदै गएकोमा यस्तो विकृति र विसंगती जडबाट समाप्त पार्न सबै मुस्लिम समुदाय लाग्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कांफ्रेन्समा समाजिक सदभाव कायम राख्न, धार्मिक सहिष्णुत कायम गर्न, नेपालको विकासमा मुस्लिम समुदायको पनि अहम भुमिका निर्वाह गरिने र समुन्नत समाज निर्माण सबै एकजुट भएर लाग्नेमा वक्ताहरुले जोड दिएका थिए ।

मौलाना मुफती मोहम्मद रजा, मौलाना डाक्टर अमजद रजा अमजदी, ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँया लगायतले समाज सुधारका पक्षहरु राख्दै जलसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि हजरत मौलाना हाजी सैयद शाहिद हुसैन जैदी, विशिष्ट अतिथि हजरत मौलाना एहतसामुद्दिन बरकाती, विशेष अतिथि हजरत मौलाना सुफी सिद्दिक खान लगायतले अतिथिहरुले मुल्के नेपालमा अमन चयन कायम होस, मुस्लिम समुदायको उन्नती प्रगतीको कामना गरेका थिए ।

जलसमा कार्यक्रममा मौलाना सैयद सद्दाम हुसेन मिँया, मौलाना मोहरम निजामी, मौलाना अमानुल्लाह कादरी, मौलाना सेराज अहमद निजामी, मौलाना उमर अलि निजामी, मौलाना ताजुद्दिन नेपाली, मौलाना बदरुद्दिन निजामी समेतलाई सम्मान गरिएको थियो । ओल्मा काउन्सिल नेपाललाई सहयोग गर्ने ओल्मा, समाजसेवी, पत्रकार, शिक्षाप्रेमी सहति २ दर्जनबढिलाई अवार्ड समेत प्रदान गरिएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसेन मिँयाले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *