बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै

नवलपरासी,१ भदौ
महाभारतकालिन इतिहास बोकेको सुनवल नगरपालिकामा पर्ने बर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगपालिकाले विभिन्न संघसस्थासँग समन्वय गर्ने कार्य अगाडी सारेको छ । कोभिड १९ को महामारीमा प्रत्येक बर्ष हरितालिका तिजको बेला लाग्ने उतm मेला रोकिएको भए पनि यो बर्ष मेला लाग्ने भएकोले मेला ब्यवस्थापनका लागि अहिले देखी नै नगरपालिकाले पहल थालेको हो ।
वर्दगोरियाको इतिहाससँगै सुनवलको नाम जोडिएको हुदा यो प्राचिन,ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको बर्दगोरिया स्थानमा स्थानिय समितिले पनि काम गर्दै आएका छ । विगत बर्षमा भारतको उत्तर प्रदेश र विहारबाट पनि हजारौ दर्शनार्थीहरु वर्दगोरियामा आउने र लाख भन्दा बढि आन्तरिक पर्यटक दुई तिन दिनमै आउने भएकोले पनि त्यसको ब्यवस्थापनमा नगरपालिका सहित अन्य सघसस्था लागेको सुनवल नगरपालिकाका उपप्रमुख(उपमेयर) सुर्य दुबेले जानकारी गराए । सुनवल नगरपालिकाको यो प्रमुख सम्पदा मात्र नभएर यो राष्ट्रिय सम्पदा भएको र अझ यस क्षेत्रमा पुरातात्विक उत्खनन र ऐतिहासिक कुरालाई तथ्यगत गरि विश्वसम्पदामा लैजाने स्थान पनि भएको उपमेयर दुबेले भने,यस क्षेत्रको विकासका लागि दिर्घकालिन विकासका लागि नगरपालिकाले योजना बनाउने कार्यमा अगाडी बढेको छ । सांस्कृतिक सम्पदाको रुपमा रहेको बाबा बर्दगोरियाको विस्तृत परियोजना बनाईनु पर्ने पनि आवश्यकता रहेको उनले औल्याए ।
परम्पराको रुपमा हरितालिका तिजमा मेला लाग्ने र शिवजीको पुजापाठ गर्ने प्रचलनमा मात्र सिमित रहेको यो बाबा बर्गगोरियाको प्राचिन इतिहासबारे अझ प्रचार प्रसार गर्नु आवश्यक रहेको उनको भनाई थियो । नगरपालिकाले विगत बर्ष देखी यो क्षेत्रमा बालउद्यान लगायत अन्य पुर्वाधार बनाउने कार्य गर्दै आएको छ । लुम्बिनी प्रदेश सरकारले समेत यसमा लगानी गर्ने गरेको छ । यो बर्ष पनि बाबा बर्दगोरिया क्षेत्रको विकासका लागि १० लाख विनियोजन भएको छ,उनले भने, प्रदेश सरकारको पनि ५० लाख बजेट परेको छ । तर यसको कुन रुपले कसरी काम गर्दा एक अन्तराष्र्टिय स्तरको पर्यटन क्षेत्र विकास गर्न सकिनेबारे अझै काम गर्न आवश्यता छ । यसको लागि प्रचार प्रसारका साथै पुरातात्विक र ऐतिहासिक सान्दर्भ जोडिनु पर्ने आवश्यकता रहेको उनको भनाई थियो ।
अहिले पनि हरितालिकाको दिन लाग्ने मेलामा एक लाख भन्दा बढि दर्शनार्थीको भिड लाग्ने गरेको छ । तर सधैभरी यसक्षेत्रको महत्व र गरिबारे देशी विदेशी पर्यटक आउनका लागि स्थानिय समितिले काम गर्न आवश्यक रहेको छ । लुम्बिनी प्रदेश सरकारले पनि यस्तो महत्वपुर्ण ऐतिहासिक पुरातात्विक स्थलको विकासका लागि बजेट त पठाउने तर प्रचार प्रसारका लागि सरकारी स्तरबाटै स्वामित्व ग्रहण गरेर यो दिन कार्यक्रम गर्नु पर्ने हो । बाबा वर्दगोरियाको सन्दर्भ लुम्बिनी प्रदेश सरकारको राजधानी दाँगको रिहारसँग जोडिन्छ । मामी सावरी आएको कुरा उल्लेख पाईन्छ,उनले भने, तर ति मामी सावरीको इतिहास के हो ? कहाँकी थिईन् भन्ने बारे धेरैलाई जानकारी छैन् । वर्दगोरिया क्षेत्रमा रहेको ऐतिहासिक अमरपोखरीको सम्बन्ध के हो ? त्यसको पनि खोजी नीति हुनु आवश्यक छ । अध्यात्मिक आधार एउटा हो,उनले भने, तर पुरातात्विक र ऐतिहासिकताले पनि पुष्टि गर्नु पर्छ ।
मेलाको ब्यवस्थापकिय पक्षबारे पनि स्थानिय संघसस्थाहरु कृयाशिल हुनु पर्नेमा नगरपालिकाकी प्रमुख बिमला अर्यालले पनि जोड दिएकी हुन् । सरकारी र गैरसरकारी पक्षसंगै पर्यटन उद्योगसँग जोडिएको ब्यवसायिक संस्थाहरुले पनि कृयाशिलता देखाउनु पर्ने हो, उनले भनिन्,पर्यटन क्षेत्रको बिकासले यस क्षेत्रको ब्यवसायिलाई समेत लाभ हुन्छ । आउने दर्शनार्थी पर्यटकको बास स्थान,खानेपानी,सौचालय,सवारीसाधन पार्किगँ अझै पनि चुनौतीपुर्ण छ । यसको उचित ब्यवस्थापन पनि आवश्यक छ । भिडभाड हुने भएको हुदा शान्ति शुरक्षा प्रति पनि उत्तिकै ध्यान पुर्याउनु पर्छ । अनि मात्र बर्षेनी यस क्षेत्रको उचित ब्यवस्थानले प्रभावित हुदै आर्कोमा पर्यटक थपिदै जाने हुन् । यसको महत्व दर्शाउने मेला एउटा अवसर हुन सक्छ,उनले भनिन्, यसका लागि प्रचार प्रसार समाग्रि राख्न सकिए भने मेला बाहेकका दिन पनि यस क्षेत्रमा पर्यटक आउन सक्छन् ।
यसबारे प्रतिकृया दिदै यदुबंशीहरुको इतिहास बोकेको यो बाबा वर्दगोरिया क्षेत्र र अहिलेको लुम्बिनी प्रदेशको राजधानी जोड्ने दाँगको रिहार अन्तरसम्बन्धित भएको हुदा एउटा जात्राको रुपम दिन आवश्यक रहेको जिल्ला समन्वय समिति(जिसस)का प्रमुख भगौती प्रसाद यादवले बताए । यसका लागि अहिले नै नभए पनि अगामी दिनका लागि जिससले प्रदेश सरकार र दाँग जिसससँग पहल गर्ने उनको भनाई थियो ।

के हो त ? बाबा वर्दगोरियाको ऐतिहासिकता ?


महाभारतकालिन इतिहास अनुसार यमुना नदीको किनारबाट भगवान श्रीकृष्ण आफ्ना ग्वालाहरु(यदुबंशी)लाई लिएर चुरे पर्वतको छेउछाउ हुदै गाई बस्तु चराउदै नेपालको काठमाडौ उपत्यकासम्म पुगेका थिए । त्यो क्रममा केही ग्वालाहरु तराईकै विभिन्न सम्मफाटमा गाईबस्तु लिएर बस्दै गएका थिए । किनभने चुरे पर्वतको नजिकमा प्रयाप्त घाँस थियो । गाईगोरुहरुलाई खाने घाँस भेटाउदा जादा केही ग्वालाहरु बाँके जिल्ला,दाँग जिल्लामा बसे र केही यो नवलपरासीको वर्दगोरिया क्षेत्रमा पनि बसेका थिए । जुन एक आपसमा आफन्तहरु पनि थिए । तिनै ग्वालासंगै मामी सावरीको इतिहास जोडिन्छ । मामी सावरीको विवाह पनि एक ग्वालासँग भएको थियो । पछि उनका पति सन्यासी भए,उनी फेरी आर्को विवाह नगरी ब्रम्हचारिणी नै भएर बसिन् । उनी पतिको सन्यास भए पनि आफ्ना भान्जाहरुसँगै दाँगको रिहारमा बस्ने गरेकी थिईन् । भान्जाहरुले उनीलाई मामी मामी भनेर नै संबोधन गर्ने गर्थे । उनी पनि आफ्ना आफ्न्तहरुको घरमा आउने जाने गर्ने गर्थिन् ।
गाईगोरुको ठूलो बथाह हुने गथ्र्यो,तिनै गाई मध्ये एउटा गाईले बाँच्छा ब्यायो र मर्यो । बाँच्छाको स्याहार पनि मामी सावरीले गरिन् । बाँच्छा ठूलो हुदै साढे भयो । भान्जाहरुले मामी मामी भन्दा बाँच्छा पनि उनलाई मामी मामीको स्वर निकाल्थ्यो र उनीसँगै घुम्थ्यो । मायाले मामी सावरी बाँच्छाको घाटीमा सुनको घण्टी बाँधेकी थिईन् । बाँच्छो पछि ठूलो भएर साँढे भयो,गाईको बथानको नेतृत्व पनि गथ्र्यो र मामी सावरीसँगै हिड्ने पनि गथ्र्यो । यहिँ भदौ शुक्ल पक्ष तृतिय तिथीको दिन एक पटक मामी सावरी आफन्त भेट्न दाँगको रिहारबाट यो नवलपरासी क्षेत्रमा हिडेकी थिईन् र संगै साढे पनि हिड्यो । साँढेको घाँटीमा सुनको घण्टी देखेर केही चोरहरुको मन लोभ्यायो ।
चोरहरुले साँढेलाई मारेर ति सुन लिन खोजेका थिए । त्यही बेला अहिले रुपन्देही देवदह नगरपालिकामा पर्ने सिगाँवे गाउ नजिकै घाँस खादै साँढे एक छिन अल्झियो,त्यही मौका छोपेर चोरहरुले साँढेको घाँटी काटेर हत्या गरिदिए । साँढेको टाँउको सिँह् त्यही खसेका कारण त्यो ठाँउको नाम अहिले पनि सिगाँवे रहन गयो । टाउको काटिए पनि साँढे मामी मामी चिच्यायो । टाउको खसे पनि शरिर मात्र लिएर साँढे पुर्व तर्फ दगुर्यो,घाँटीको सुनको घण्टी सुनवलमा खस्यो,जुन अहिलेको सुनवल हो । अझै पुर्व दगुर्दै अमरपोखरी नजिकैसम्म पुग्दा साँढे मरिसक्यो । यदि साँढे अमरपोखरीमा खसेको भए जिवित गराउन सकिन्थ्यो भनेर ब्रम्हचारिणी मामी सावरीले भनेकी थिईन् ।
त्यहीबेला देखी मामी सावरी ब्रम्चारिणी देखीको रुपमा र उनको रक्षार्थ सांढे (वर्द) भोजपुरी भाषामा भनिने भएको हुदा वर्दलाई बाबा बर्दगोरिया भन्ने चलन रहदै आएको छ । त्यही दिन देखी यस क्षेत्रमा साँढे अर्थात बर्दगोरियाको सम्मानमा त्यसको पुजापाठ गर्ने अध्यात्मिक लाभ हुने भनेर चलन मामी सावरीले चलाईन् । त्यो निरन्तरता अहिले पनि नेपालको तराई र भारतको उत्तर प्रदेश र विहारका आम मानिसमा रहेको छ । त्यो विश्वासले बर्षेनी तिजको दिन आएर सो स्थानमा वर्दगोरिया बाबाको पुजापाठ गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *