प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क

नवलपरासी,९ चैत्र,
जिल्लाको वर्दघाट नगरपालिकाका विद्यालयहरुमा ‘हाम्रो दुई मिनेट’ ले विद्यालय चिटिक्क बनेको छ । सफा वर्दघाट हरियाली बर्दघाट अभियान अन्रतगत नै नगरपालिका भित्र विद्यालयहरुमा हाम्रो विद्यालयको सुन्दरताका निम्ति प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय सफा चिटिक्क बनेका हुन् ।
दुई महिना देखी नियमित रुपमा सामुदायिक तथा सस्थागत धार्मिक मदरसा जस्ता सबै शैक्षिक सस्थालाई पनि सफा सुग्घर बनाउने सफाई गरिएको छ । फूल,विरुवाले सजावट गर्दै हराभार बनाउने कार्य गर्नका लागि विद्यालय लक्षित ‘हाम्रो दुई मिनेट’ कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । गरे हुदोरहेछ,उनले भने,यस्को उदाहरण विद्यालयलाई हेर्न सकिन्छ । पहिला बालबालिकालाई केही गर्न लगाउनु हुदैन् भन्ने मान्यता तोड्दै यस्ता कार्यमा बालबालिकालाई नै अभिप्रेरित गर्नु पर्छ । सरसफाई र फूलबारी बनाउन र विरुवा रोपण गर्न लगाउनु पर्छ । यस्ता कार्यमा प्रत्यक्ष सहभागिता गराउनु पर्छ,भन्ने मान्यतालाई स्थापित गरिदै यो कार्यक्रम लागु गरिएको छ । शुरुमा केही शिक्षकलाई यस्तो कार्य गर्दा अभिभावकको कस्तो प्रतिकृया आउछ,भन्ने गरेका थिए । विद्यालयमा पढन पठाइएको हो,काम गर्नका लागि होईन,भनेर पनि अभिावकबाट गुनासो आउने हो कि भन्ने पनि केही शिक्षकले कुरा उठाएका थिए ।
तर आजै तिनै शिक्षक विद्यालयका बालबालिकालाई यस्तो कार्य गर्न गराउन र आफु पनि सँगै सहभागिता जनाउदै सफा सुग्घर र हरियाली विद्यालय बनाउनमा लागेका छन् । यस्ले विद्यालय चिटिक्क बनेका छन्,प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,कक्षा कोठामा हुने धुलो,कागजका टुक्रा,सौचालयको दुर्घन्ध,विद्यालय परिसरमा जहाँ तही फोहोर मैला पनि देख्ने गरिएको थियो । तर अहिले ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालयका सबै पक्षमा सरसफाई भएको अवस्था देख्न पाउने भइएको छ । नगरपालिका र शिक्षा शाखाले यो कार्यक्रम लागु गरेको भए पनि नगरक्षेत्रका विद्यालयहरुले यसलाई स्वीकार गर्दै ब्यवहारमा उतार्न थालेका कारण मात्र सम्भव भएको उनको भनाई थियो । विद्यालयमा आउने बालबालिकालाई अक्षर चिनाउने,सैद्धान्तिक ज्ञान दिने,शिक्षा दिक्षा दिइने विद्यालयको दायित्व हो नै,तर त्यो सँगसँगै ब्यहारिक अभ्यास गराउनु पनि विद्यालयको जिम्मेवारी पनि हो । जुन कुरा अहिले वर्दघाटका शिक्षकका सोचमा परिवर्तन आएको छ । सोच बदलेर काम गर्दा विद्यालयको अवस्था नै परिवर्तन भएको छ ।

विद्यालय पनि बालबालिका र शिक्षकका लागि दैनिक ६ घण्टा विताउने पवित्र स्थान हो,अधिकृत सापकोटले भने,विद्यालयको सरसफाई गर्ने,सफा सुग्घर राख्ने र हरियाली बनाउने कार्य दुई चार जना सहयोगीले सम्भव छैन,त्यसका लागि सबै विद्यालय परिवार लाग्नु पर्छ । जुन वर्दघाट नगरका विद्यालय परिवार मिलेर काम गर्ने गरेका छन् । बालबालिकालाई विद्यालयमा ‘हाम्रो दुई मिनेट’सरसफाई कार्यक्रममा लगाउदा बालबालिकामा एक सुन्दर सस्कारको विकास हुन्छ । ज्ञानसँगै सिप विकास हुन्छ । घरमा पुग्दा पनि विद्यालयमा सिकेको सिप अनुसार गाउघर टोल सफा राख्नमा सहयोगी बन्ने छन् । अभिभावकलाई पनि घरमा सफाई अभियानमा सघाउने छन् । सरसफाई नहुदा लाग्ने रोग ब्याधिले बच्ने छन् । मानसिक रुपमा यसले खुशी ल्याउने छ । हरियाली अभियानले पल पलमा सुन्दर दृष्यावलोकन गर्न पाउने मात्रै नभई बोटविरुवाबाट प्राप्त हुने अक्सिजनको मात्रा वायुमण्डलमा वृद्धि हुदै जाने छ । सफा वर्दघाट बनाउनमा सबै भन्दा ठूलो योगदान विद्यालयकै रहनेमा उनले विश्वास ब्यतm गर्दै भने,बालबालिकामा विद्यालय र घर सफा सुग्घर बनाउने र वृक्षारोपण,विद्यालयमा फूलका विरुवा रोपणले उनीहरुका सस्कार बन्दै दिगोपना हुनेछ ।
वर्दघाट नगरपालिकामा सरसफाईसँगै विभिन्न पक्षलाई समेटेर विभिन्न दशवटा अभियान सञ्चालनमा रहेका छन् । ति दशै वटा अभियान सक्रिय रुपमा भई रहेको उनले बताए । यसले नगरपालिकाको विकासमा नगर सरकार मात्रै नभई नगरराज्य (जनता) नै लागेका छन् । यो अभियान र विकासलाई नगरराज्यका जनताले निरन्तरता दिदै गरिरहने हुन भन्ने नेपालकै नमुना पालिकाको रुपमा स्थापित हुनेछ । नमुना नगरपालिकाका रुपमा स्थापित वर्दघाटको गौरव मात्रै बढने होईन् वर्दघाटबासीले देश भरि सम्मान पनि पाउदै जाने छन् । आन्तरिक आय श्रोतका खोज्दै समृद्धि र विकासका लागि यो सरसफाईको अभियान र संस्कारले शुखी नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउनमा सहयोगी बन्ने उनको भनाई थियो । नारा नाराका लागि होईन,आत्मबोध गरि मुलुकका सबै नागरिक र निकायले अ आफ्नो स्थानबाट लागु गर्ने,कार्यान्वयन गर्ने गरे पछि मात्र सम्भव हुन सक्छ,जुन वर्दघाट नगरपालिकाले यसलाई आत्मबोध गरि विभिन्न काम गर्दै आएको छ,त्यसमा नगरपालिकाका नागरिकको पनि सक्रिय सहभागिता पनि देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *