पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु

नवलपरासी,१० माघ,
जिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको साता भित्रै काम शुरु भएको छ । जिससको आग्रहलाई अंगिकार गर्दै गाउपालिकाले प्रवेशद्धारको रंगरोगन गर्नुका साथै बजार क्षेत्रको सरसफाई काम शुरु गरेको हो ।
गत साता महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका थिए । आग्रह अनुसार काम शुरु भएको कुराले आफुलाई खुशी लागेको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । गाउपालिकाले आफ्नो कामको शुभारम्भ प्रवेशद्धारको मर्मत,सम्भार गर्दै रंगरोगन गर्ने कामको शुरुवात गरेको छ, उनले भने, भन्सारले समेत समेत आफ्नो काम र चुनौतीको विवरण जिससमा बुझाई सकेको छ । भन्सारसँग सम्बन्धित समस्या कुन निकायले के गरिदिइनेबारे एक दिन जिससमै सर्वपक्षिय बैठक बोलाएर छलफल गराउने समेत उनको भनाई थियो ।
बजारको ब्यवस्थापनबारे पहिला देखी नै काम गर्ने गाउपालिकाको सोच भएको र त्यसमा पनि जिससको चाँसोले हामीलाई काम गर्न केन्द्रित गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । जिससले चाँसो राख्नुले गाउपालिकाको पनि ध्यानाकर्षण भयो, उनले भने,यसै गरि बेला बेला हामीलाई माथिल्लो निकायको ध्यानाकर्षण आवश्यक छ,यसले गाउपालिकालाई नै काम गर्न प्रोत्साहित गर्छ । महेशपुर बजार मात्रै नभई अब गाउपालिका भित्रका सबै बजार ब्यस्थापन गर्नका लागि गाउपालिकाले योजना बनाएको गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । आउने गाउसभामा संघसस्था दर्ता ऐन कानुन नै बनाई सबै बजार उन्मुख क्षेत्रमा बजार ब्यवस्थापन समिति बनाउने सोच समेत रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । यसका लागि अध्यक्ष गुप्ता सहित गाउ कार्यपालिकाले ऐनको मस्यौदा बनाएर आउने हिँउदे गाउसभामा ऐनको स्वरुप प्रदान गरिने उनका ेभनाई थियो ।

भारतबाट नेपाल प्रवेशको प्रमुख नाका हो । महेशपुर बजार मुलनाकाको प्रमुख बजार पनि हो,यसलाई यहाँका संघिय सरकारको कार्यालयको रुपमा रहेको महेशपुर भन्सार र स्थानिय सरकारको रुपमा रहेको महशुस गर्दै पाल्हीनन्दन गाउपालिकाले ब्यवस्थापनमा लागेको छ । जिससले समन्वयका लागि भुमिका निर्वाह गर्दै आएको छ । नेपाल भारतको सिमा निर्धारण गर्दाकै बखत बनेको महेशपुर बजार अहिले पनि अब्यवस्थित देखिएका छन् । नाकाबाट यदि सरकारले आम्दनी गर्छ भन्ने नाकाको स्वच्छता,ब्यवस्थान,पार्किगँमा पनि लगानी गर्नु पर्छ । भारतबाट आउने र भारतियबाटो हुदै आउने अन्य विदेशी नागरिकलाई सिमा क्षेत्रबाटै नेपालको सुन्दरता झल्किने पहिचान दिनु पर्छ ।
महेशपुर बजारमा आउदा बाहिरी यात्रुलाई सार्वजनिक सौचालयको समेत अभाव देखिएको छ । बजारमा जथाभावि फोहोर फाल्ने कार्य पनि हुने गरेको छ । नेपाल भारत छुट्याउने दशगजा क्षेत्र समेत फोहोर पाल्ने डम्पिगँसाईट जस्तै देखिएको छ । यसमा यहाँ खटिएका सुरक्षाकर्मीले समेत सफाईमा चाँसो लिनु पर्ने जिसस प्रमुख यादवले केही दिनमा आफुले शुरक्षा निकायलाई पनि सोको सफाईमा सक्रिय गराउने बताए । गाउपालिकाले नेतृत्व लिएर सिमानाकाको प्रवेशद्धारको रँगरोगन कार्य गरिरहेको छ, उनले थपे , अब सडक किनारमा वृक्षारोपण,सरसफाईका लागि आवश्यक स्थानको पहिचान गरि ब्यवस्थापन गर्नुका साथै भन्सार सेवा लिदाका बखत रोकिने सवारीसाधनको लागि पार्किगँ क्षेत्र समेत ब्यवस्थित गर्नु पर्छ ।
महेशपुर बजारमा बसपार्कको निर्माण भए पनि अहिले सञ्चालनमा आउन नसकेको बसपार्कलाई पनि सञ्चालनमा ल्याउनु पर्छ । बजार भित्र सडक पेटीमा थापिने पसल,ठेलाहरु हटाउनु पर्ने,खाल्टाखुल्टी पुरेर बजार स्वच्छ बनाउनु पर्ने आवश्यकता छ ।
महेशपुर बजार नेपालकै एक मुल नाका मात्रै नभई महेशपुरबाटै महेशपुर त्रिवेणी सडक,महेशपुर चिसापानी सडक,महेशपुर भुतहा सडक,महेशपुर बासा सडक,महेशपुर जिल्ला सदरमुकाम परासी हुदै सुनवल जोड्ने सडक र महेशपुर हुदै पश्चिम विसुनपुरा जोड्ने सडकले पनि जोडेको सञ्जाल छ । यसरी सबै तिरबाट नाका जोडिएको कारण बजारमा चाँप छ । महेशपुर बजारबासीले पनि बजारमा कारोबार वृद्धिका लागि सडक चौडाई वृद्धिमा सहयोग गर्नु पर्छ । त्यसबाहेक बाईपास सडकको पनि आवश्यकता देखिएकोले सरोकारवाला निकायले पहल गर्नु पर्छ ।
महेशपुर नाका नेपाल भारतकै बन्दरगाह देखी सबै भन्दा छोटो दुरी भएको नाका भएकोले यसको ब्यवस्थापन गर्नु पर्ने सोचलाई साझा बनाई काम गर्नु पर्छ । नाका ब्यवस्थित गरि आवागनलाई बढावा दिईयो भन्ने यस क्षेत्रको आर्थिक विकास मात्रै नभई यहाँका पर्यटकिय क्षेत्रको समेत प्रवद्र्धन हुने विश्वास गरिएको छ । सँसारमा एक मात्र सिगोँ मौलिक रुपमा रहेको भगवान बुद्धको अष्टधातु मध्येको रामग्राम स्तुपा,नन्दनताल,प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्र कोलनगर,पण्डितपुर लगायतका पर्यटकिय क्षेत्रमा पुग्नका लागि भारतबाट आउने महेशपुर नाका नै हो । त्यसैगरि भारतको मुख्य बजार गोरखपुर,महराजगँज,कुशिनगर पुग्नका लागि पनि नेपालबाट यहिँ महेशपुर नाका प्रयोग हुदै आएको छ । महेशपुर प्रवेशद्धारमा पर्यटकिय क्षेत्रको पहिचान हुने गरि डिजिटल सुचना बोर्ड समेत राखिने प्रतिवद्धता गाउपालिका अध्यक्ष गुप्ताले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *