पाल्हीनन्दनको प्राचीन नन्दन नगरमा दिप प्रज्जलन गरि मनाइयो बुद्धको महापरिनिर्वाण घोषणा दिवस

नवलपरासी,१२ फागुन
बौद्धकालिन प्राचिन नन्दन नगरमा स्थानियले दिप प्रज्वलन गरि भगवान गौतम बुद्धको महापरिनिर्वाण घोषणा दिवस मनाएका छन् । शनिवार बुद्ध स्थलको पहिचान भए देखी बुद्धको जिवनसँग घटेका घटनालाई स्मरण गर्दै बुद्ध प्रति स्थानियमा श्रद्धा जनाउने उदेश्यले स्थानियबासीले (कोटही माई स्थान) भएको नन्दन नगरमा दिप प्रज्वलन गरि सो दिवस मनाएका हुन् ।
स्थानियबासीले सबैले अ आफ्नो घरबाट दियो लिएर आएका थिए । दिप प्रज्जवलन पछि भएको शुभकामना कार्यक्रममा प्रमुख अतिथी गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले यो बौद्धकालिन प्राचीन स्थलको पत्ता लागेकोले सम्पुर्ण गाउपालिकाबासीका लागि गौरवको कुरा बताउदै उनले यस क्षेत्रको विकासका लागि ट्रष्ट बनाई गाउपालिकाले लगानी बढाउने बताएका थिए । स्थानिय सरकारले अब यसको स्वामित्व लिएर देशी विदेश संघसस्थासँगै प्रदेश सरकार र संघ सरकारसँग पहल गर्ने बताएका थिए । कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले यस क्षेत्रको बिकासले समग्र गाउपालिका र स्थानियबासीको पनि विकास जोडिएको हुदा सबै मिलेर विकासमा जुट्न आग्रह गरेका थिए । त्यसै गर नेपाली काँग्रेसका नेता तथा तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष समेत रहेका राजेन्द्र यादवले परापुर्व काल देखी यो एक धार्मिक स्थलको रुपमा संरक्षित भएको र अहिले बौद्ध स्थलको रुपमा पहिचान पाउदा संसार भरि यो नन्दन नगरको रुपमा पहिचान पाउनेमा विश्वास ब्यतm गरे । आफ्नो तर्फबाट हुने सबै प्रकारका पहल र सहयोग सहित सहकार्य गरेर अगाडी बढाइने प्रतिवद्धता जनाएका थिए । व
बौद्ध स्थल भएको हुदा यस स्थानमा अगामी दिनहरुमा बुद्धसँग जोडिएको सम्पुर्ण घटनाको अवसरमा यो क्षेत्रमा कार्यक्रम आयोजना हुने वार्ड अध्यक्ष कृष्ण चन्द्र यादवले बताएका थिए । माघ पुर्णिमा दिन भगवान बुद्धले महापरिनिर्वाणको घोषणा गर्दै आफ्ना अग्र सेवक आनन्दन भिच्छुलाई सुनाउदा आनन्द भिच्छुको कानमा आएर मार बस्यो र उनलाई सुन्न दिएन् । सुन्न नदिए पछि अहिले नै महापरिनिर्वाण नलिइनु भनेर भन्ने अवसर समेत भिच्छु आनन्दले पाएनन् । तर मारले गरेको त्यो छललाई पनि भगवान बुद्धले दिब्य दृष्टिले हेरिरहेका थिए । त्यसकारण महापरिनिर्वाण पश्चात आफुलाई अग्नि अन्येष्टि पश्चात बचेको अस्तिलाई राखेर स्तुपा बनाउनु भनेर पुनः भिच्छु आनन्दलाई सुनाएका थिए । जुन कुरा तिन महिना पछि बैशाख पुर्णिमाका दिन भगवान बुद्धले महापरिनिर्वाण भएर अत्येष्टि भई रहेको बेला सुनाएका थिए ।
सो अस्तिका लागि त्यहा उपस्थित मगधका सम्राट अजात सत्रु सहित आठ राज्यका राजाले आफुले अस्तु लैजाने दाबी गरेका थिए । धातु लैजाने कुरामा विवाद भए पछि त्यहा उपस्थित द्रोण ब्राम्हणले अस्थिका लागि विवाद र युद्ध गर्नु भन्दा आठ भागमा बाडेर धातु लैजान परामर्श दिए पछि सबै राजा सहमत भए र आठ भागमा धातु लिएर अ आफ्नो राज्यमा भगवान गौतम बुद्धको स्तुप निर्माण गराएका थिए । जस्मा प्राचीन कोलिय गणराज्यका राजाहरुले आफ्नो भागमा पाएको अस्तिलाई स्थापना गरि रामग्राम स्तुप बनाएका थिए भन्ने बौद्ध ग्रन्थहरुमा उल्लेख पाईन्छ ।
यो बौद्ध स्थलको प्रचार प्रसारमा यो महापरिनिर्वाण घोषणा दिवसले उल्लेख्निय योगदान पुर्याउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताएका थिए । महापरिनिर्वाण घोषणा दिवसलाई रामग्राम स्तुपा भएको रामग्राम नगरपालिकाले समेत मनाउनु पर्ने हो,तर जे भए पनि अहिले पाल्हीनन्दन गाउपालिकाले सो दिवस आन्दन मनाउन लागेको कुरा सराहनिय भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, यस्तो महत्वपुर्ण घटना र महत्वलाई सबै बौद्ध स्थलमा दिवस मनाई स्थानियलाई बुद्ध प्रति श्रद्धा जगाउनु पुण्य कार्य हुन्छ ।
प्राचीन नन्दन नगर नजिकै नन्दन ताल समेत रहेको छ, जहाँ कोलिय राजपरिवारका सदस्यहरु आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी(ताल)मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरुको स्थान पछि नगरको स्वरुप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी(नगर) हो ।नगर नजिकै पडरी गाँउ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार,सैनिक,अन्य नागरिकहरु रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानिय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउ भएको समेत अनुमान गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *