नेपालको बोधगया भनेर चिनिने सुस्ताको अनोमाघाटमा पर्यटन पुर्वाधारका लागि गाउपालिकाले छुट्टायो पन्द्र लाख बजेट

नवलपरासी,३ आश्विन
जिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गाउपालिकाले चालु आर्थिक बर्षमा पुर्वाधार विकासका लागि पन्द्र लाख बजेट विनियोजन गरेको छ । नेपालको बोधगया भनेर बौद्धतिर्थ स्थल बनाउनमा काम गर्दै आएको गाउपालिकाले डिपिआर अनुसारकै काम गर्न पालिका स्तरिय योजनाबाट सो रकम विनियोजन गरेको हो ।
काम आन्तरिक आर्य भएको सुस्ता गाउपालिकाले उतm स्थानमा आवश्यक पर्यटकिय पुर्वाधार बनाउनका लागि यो बर्ष पन्द्र लाख रुपिया विनियोजन भएको गाउपालिकाको रातोकिताबमा उल्लेख गरिएको छ । डिपिआरमा उल्लेखित डिपिआरको आधारमा कुन पुर्वाधार तत्कालै आवश्यक छ,त्यसबारे आन्तरिक छलफल गरेर काम हुने गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट(ठाढीघाट) मा पुगेर महाभिनिष्क्रमण लिएको बौद्ध ग्रन्थहरुमा उल्लेख छ । सो कुरालाई आम जनमानसमा झल्काउने गरि तत्काल घोडा,सिद्धार्थ गौतमले मुण्डन गरेको स्थान,सारथी छन्नालाई राजसी पोशाक हस्तानान्तर गर्दै गरेको मुर्ति पनि बनाउन सकिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए ।
ति मुर्तिलाई सिसाले घेरेर सिसमहलको स्वरुप पनि हुने गरि पर्यटक आकर्षित गर्ने पुर्वाधारमा उतm रकम खर्च हुने भनाई उनको थियो । अनोमाघाटमा काम गर्नका लागि करोडौ बजेट खर्च हुन्छ,त्यसका लागि लुम्बिनी प्रदेश सरकार र संघिय सरकारसँग पनि पहल भई रहेको अधिकृत पौडेलले जनाए ।
सिद्धार्थ गौतम आफ्नो छोरा राहुल र पत्नि यशोधरालाई छाडेर रातीको बेला सारथी छन्ना सहित घरबाट निस्कदा पुर्व दिसामा निस्केका थिए । त्यो बेला शाक्यहरुको कपिलबस्तु राज्य र कोलियहरुको कोलिय गणराज्य भित्र मित्रवत सम्बन्धका कारण सिमा बन्देज थिएन् । तर अनोमा नदी हालको गण्डकी नदी पारी मगध समराज्यको सिमा पर्ने हुदा आर्को राज्यको सिमा भित्र एक राजकिय ब्यतिm प्रवेश गर्दा सैनिक अनुमति चाहिन्थ्यो,तर सिद्धार्थ कसैलाई जानकारी नदिई गोप्य रुपमा गृह त्याग गरेका कारण त्यस्तो अनुमति पाउने अवस्था पनि थिएन् । गृहत्याग गरे पछि फेरी फर्कने अवस्था पनि थिएन् । तर मगधमा सन्यासीलाई कुनै प्रकारको रोक तोक थिएन् । खुल्ला रुपमा घुमफिर गर्न पाउथे । त्यो भएर सिद्धार्थ त्यही अनोमा घाटमा नै राजकिय पोशाक झिके,कपाल मुण्डन गरि सन्यास धारण गरे घोडा कन्टक र सारथी छन्नालाई त्यहीबाट फर्काई दिए ।
ज्ञान अर्थात बोधीको खोजीमा त्यहीबाट प्रस्थान गरेको कुरा उल्लेख पाईन्छ । उनको बोधी यात्राको अन्तिम स्थान मगधकै बोध गया भयो,भन्ने प्रस्थान विन्दु कोलिय राज्यको अन्तिम सिमा अनोमाघाट भयो । अनोमाघाट अहिले नेपालमा पर्छ । बोधीको प्रस्थान विन्दु अनोमाघाट भएको हुदा सो अनोमाघाटलाई महाभिनिष्क्रमण स्थल मात्रै नभई नेपालको बोध गया भनेर पनि गाउपालिकाले चिनाउने कार्यमा लागि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *