दैनिकबाजर र हाटबजारका सटरलाई उपयोगमा ल्याइनेः प्रमुख प्रशासकिय अधिकृत खड्का

नवलपरासी,३१ साउन
बर्षाै देखी अलपत्र रहेको परासी हाटबजारको सटरलाई रामग्राम नगरपालिकाले ठेक्का लगाई उपयोगमा ल्याउने भएको छ । सदरमुकाम विकास कार्यक्रम अन्तरगत परासी हाटबाजरको ब्यवस्थापन गर्ने क्रममा ५६ वटा सटर समेत निर्माण भएको दुई बर्ष देखी प्रयोगमा नआएकोले अहिले नगरपालिकाले सो सटर उपयोगमा ल्याउने गरि निर्णय गरेको हो ।
हाटबजारको सटरसँगै परासी बजार भित्रै रहेको दैनिक बजारलाई समेत सञ्चालनमा ल्याउने राजश्व समितिले निर्णय गरेको प्रमुख प्रशाकिय अधिकृत मान बहादुर खड्काले बताए । बजार र सटर सञ्चालन नहुदा जनतालाई सेवा,ब्यवसायिहरुले काम गर्न नपाउने अवस्थाा मात्रै नभई नगरपालिकाको लाखौ रुपिया राजश्व समेत नोक्सानी हुदै आएको उनले जनाए । आफु नगरपालिकामा आएर यस्तो राजश्वको स्रोतहरु यत्रतत्र अलपत्र परेको देखे,उनले भने, एक तिर संघ र प्रदेशको सरकारसँग बजेटका लागि हार गुहार गछौ,आर्को तिर आफ्नै राजश्वको स्रोत ब्यवस्थापन गर्न सकेका छैनौ । आफु नगरपालिकामा हाजिर हुने वित्तिकै यसमा ध्यान गएको उनले बताए । प्रमुख प्रशासकिय अधिकृत खड्काले नगरक्षेत्र भित्र सेवा विस्तार गर्दा जनताको सेवावृद्धिमा मात्र उपलब्धी हासिल हुदैन्,नगरको राजश्व पनि बढछ । जुन नगरकै विकास निर्माणमा खर्च गर्न सकिन्छ ।
विगत दुई दशक देखी जिल्ला अदालत अगाडी नगरपालिकाले बनाएको दैनिक हाटबजार सञ्चालनमा नआउदा यत्रतत्र ठेलामा तरकारी पसलहरु राखिएका छन्,त्यसले यातायात,फुटपाथलाई समेत प्रभावित बनाएको छ । उता सो दैनिक हाटबाजरमा गाईबस्तु बस्ने,साईकल मोटरसाईल राख्ने,कबाडी स्थलको रुपमा प्रयोग हुने अवस्था छ । उता झरही नदी किनारमा बनेको ५६ वटा सटर उपयोग हिन छ । खिया लाग्ने अवस्था छ । नगरपालिकाले जनता माथि करको भार थप्ने तर रहेको आर्थिक आयको स्रोतको उचित ब्यवस्थापन नगर्ने दुर्भाग्यपुर्ण भएको प्रमुख प्रशासकिय अधिकृत खड्काले बताए । किन अहिलेसम्म नगरपालिकाका कर्मचारी र पदाधिकारीको त्यस तर्फ ध्यान नगएको होला ? उनले आश्चर्य ब्यतm गरेका थिए । समान्य प्रयित सटर दुई हजार मासिक रुपमा भाडामा गयो भने पनि मासिक १ लाख १२ हजार भाडा उठ्छ,बार्षिक आर्यमा १३ लाख ४४ हजार हुन्छ । दैनिक हाटबाजर सञ्चालन नगर्दा पनि लाखौ रुपिया नोक्सानी छ । दैनिक हाटबाजर सञ्चालनमा ल्याउन नसक्दा चोक चोकमा तरकारी बेच्ने भिड पनि बढेको छ । त्यसले बजारको सौन्दर्यतालाई विगार्दै छ ।
प्रमुख प्रशासकिय अधिकृत खड्काले दैनिक हाट र साप्ताहिक हाट सञ्चालनका साथै अन्य राजश्वको स्रोत पहिचान गर्ने तर्फ आफु उत्सुक रहेको सुनाए । परासी बजारमा विना दर्ता औषधी पसल देखी अन्य पसलहरु समेत सञ्चालनमा छन्,उनले भने, तिनीहरुलाई पनि सहज दर्ता प्रकृयामा ल्याएर दर्ता गर्ने हो,भने लाखौको राजश्व त्यहाबाट पनि उठाउन सकिन्छ । ति पसलेहरु विभिन्न विना दर्ता सञ्चालन गर्दा बेला बेला अन्य निकायबाट कारवाहीमा समेत पर्ने गरेका छन्,उनीहरुलाई दर्ता गरि नियमन गरिदिए उनीहरु पनि ढुक्क तरिकाले ब्यपार ब्यवसाय गर्ने छन् । लुकिछिपी ब्यपार ब्यवसाय गर्ने र अन्य शुरक्षा निकायसंगै त्रसिने अवस्था पनि रहदैन् । करको दायरा बढाउदै लैजानु पर्छ,प्रमुख प्रशासकिय अधिकृत खड्काले थपे, जो आफै कर तिर्न आउछन्,उनीहरुलाई प्रोत्साहित गर्ने हो,जथाभावि तिनैलाई करको दरमा वृद्धि गर्दै निचोर्ने होईन्,बरु करको दायरामा नरहेकालाई नियमन गर्दै करको दायर बढाउदै राजश्व वृद्धि गर्न सकिन्छ । यस्ता नगरपालिका भित्र धेरै स्रोतहरु रहेको उनले जानकारी लिएको बताए । नगरपालिका भित्र रहेका झरही,भलुही,तुरिया जस्ता खोलाबाट माटो,भस्कट सित्तैमा चोरेर लैजाने गरिएको छ । त्यसलाई पनि बेलामा झिकेर लिलाम गरिए खोला पनि सफा हुने आमदनी पनि हुने अवस्था छ ।
सयौ विघा सार्वजनिक जग्गाहरु अतिक्रमणको चपेटामा छन्,ति जग्गाहरुको पनि पहिचान गरि त्यसमा स्थानिय युवाहरुलाई परिचालन गरेर भाडा लगाई सामुहिक खेती तर्फ लैजान सकिन्छ । नभए डिभिजन बन कार्यालयसँग समन्वय गरि बनबालीको रुपमा नगरपालिकाले ति जग्गाको परिचालन गर्न सक्ने आधार छ । त्यसले कालान्तरमा आमदनी पनि हुने र सधैभरी वातारणिय फाईदा पुर्याउने छ । विगतमा कर्मचारी र पदाधिकारीहरुको यस तर्फ ध्यान गएन,नगरपालिकाका मेयर धनपत यादवले भने,अहिले प्रमुख प्रशासकिय अधिकृत खड्का समेत राजश्व वृद्धिका लागि चाँसो लिएका छन् । त्यसका लागि पदाधिकारीको तर्फबाट संगै लागिने छ । नगरको विकासमा कर्मचारी,पदाधिकारी र जनता तथा संघसस्थाहरुले समेत सहयोग र सहकार्य गर्नु पर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *