गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी

नवलपरासी,२९ साउन
पोखरी खनाउदा कति खर्च लाग्छ ? होला,तपाईले सुन्नु भए होला,एक लाख,पाँच लाख वा दश लाख बढि भए एक करोडसम्मको सुन्नु भए होला । तर नवलपरासीमा अहिले ४६ करोडको पोखरी खनिने भएको छ । पोखरी के का लागि ? तपाईलाई माछापालन नै गर्नलाई लाग्न सक्छ,तर यो पोखरी बालुवा जम्मा गर्नका लागि खन्न लागिएको हो ।


नेपाल गण्डक पाश्चिमी नहर सिचाई प्रणाली सेमरीले अहिले गण्डक नहरको मुहान नजिकै खनाउनका लागि लागत स्टिमेट गराई सकेको छ । एक साता भित्रै टेण्डर आह्वान पनि हुने सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । ४ सय ७० मिटर लम्बाई र ५६ मिटर चौडाईको उतm एउटा पोखरी बनाउने लागत ४६ करोड पर्ने उनले जनाए । उनका अनुसार सिचाई प्रणालीमा बर्षाै देखी सिल्ट (बालुवा जम्मा हुदा पानीको परिमाणमा कमी आउने गर्दा सिचाईमा समस्या देखिन थाले पछि मुहानमै सिल्ट सफाई गरेर मात्र नहरमा पानी प्रवाहका लागि उतm पोखरीको विकल्प खोजिएको हो ।
गण्डक नदीबाट नेपाली किसानका लागि बनाइएको नेपाल गण्डक सिचाई प्रणालीमा बर्षेनी सिल्टले पानी प्रवाहमा समस्या देखिएको छ,उनले भने, नदी लगातार एक दुई महिना सञ्चालन गरे पुरै नहर सिल्टले भरिन्छ । पानी प्रवाह हुदैन्,यसले किसानको खेतबारीमा पानी पुग्दैन् । सिल्ट सफाईको सबै भन्दा उत्तम विकल्प यहिँ देखिएको छ । कुल ३२ किलोमिटर लम्बाईको उतm नहरको मुहान र पुच्छारसम्मको (ढल्केको) स्लोपिगँ अति नै न्युन हुदा समस्या देखिएको थियो । सो नहरले जिल्लाको ८ हजार ७ सय हेक्टरमा सिचाई क्षेत्र निर्धारण भई सिचाई गर्दै आएको छ । पानी अभावका कारण पुरै सिचित क्षेत्रमा पानी पुर्याउन समस्या नै छ । हिउँदमा कम सिल्ट हुने र सिचाईका लागि आवश्यक पानी पनि कम चाहिने हुदा खासै समस्या देखिदैन्,तर बर्षे बालीका लागि समस्या छ ।
विगत भन्दा अहिले नदीमा सिल्टको मात्रा पनि पानीमा बढि हुने देखिएको छ । हिमाल र पहाड हुदै बगेर आउने गण्डक नदीमा मिसिने दर्जनौ नदी नालाहरुको पानी मिसिदै आउछ । हिमाल पहाडमा नदीकै छेउछाउमा सडक पुर्वाधार बन्दा र पहिरो हुने क्रमले पनि नदीको पानीसँगै सिल्ट बगेर आउने समस्या दिन प्रति दिन बढदै गएको छ । यसले गर्दा पनि विगतका बर्ष भन्दा अहिले सिल्टको समस्या छ,कार्यालय प्रमुख शाहले भने,अहिले देखी नै ति सिल्ट निकाल्ने विकल्प गरिएन भने नहर नै पुरिएर जान्छ । नहर हुदै किसानको बाली नालीमा समेत सिल्ट बगेर जादा उर्वर जमिन नष्ट भएर जान सक्छ, उनले थपे, त्यो भएर सिल्ट सफाईको उपायमा अहिले मुहान नजिकै पोखरी बनाउन लागिएको हो ।
नदीबाट नहरमा जाने पानी पहिला पोखरीमा घुम्ने गरि प्रवाह गरिन्छ,त्यहा पानीमा भएका सिल्ट खाल्टोमा जम्मा हुदै जान्छ,पानी साँगलो हुदै नहरमा प्रवाह गरिन्छ । यसले गर्दा नहरको संरचना जोगिन्छ । खर्ब लगानीको उतm नहर सिचाई प्रणाली बचाउनका लागि पनि सिचाई विभागलाई पहल गरेर यस्तो पोखरी खन्ने उपायबारे सहमति गराएका हौ, उनले भने, यो कुरा बुझाउन नै बर्ष दिन लाग्यो । सिचाई विभागले कुरा बुझेर सहमति दियो,त्यस पश्चात अर्थ मन्त्रालयलाई सो कुरा बुझाउन महिनौ लाग्यो । जो होस अहिले अर्थ र सिचाई मान्त्रालयले यसमा कुरा बुझेर सहमति प्रदान गरेका छन् । बजेट समेत विनियोजन भएको छ । एक साता भित्र नै टेण्डर हुनेछ । टेण्डर पछि पोखरी खन्ने कार्य प्रारम्भ हुनेछ ।
साह सिचाई ब्यवस्थापन कार्यालयमा प्रमुख भएर आए पछि गण्डक इतिहासमै पहिला भारतले पानी भारतिय नहरमा लग्ने गरेको भए पनि गत बर्ष देखी भारतीय नहर भन्दा नेपाली नहरमा पहिला पानी खोलाउन सफल भएका थिए । भारतीय नहर भन्दा महिना दिन अगावै उनले नेपाली नहरमा पानी प्रवाह गर्न लगाएका थिए । भारतीयलाई पानी चाहिए वा नचाहिए त्यसको जिम्मेवारी हाम्रो होईन्,तर नेपाली नहरमा नेपाली किसानले मागेको बेला पानी प्रवाह गरिनु पर्छ,भनेर तर्क राखे पछि भारतले नेपाली नहरमा भारतिय नहर भन्दा पहिला पानी प्रवाह गरेको थियो । पानी प्रवाह मात्रै होईन,बर्षाै देखी नेपाली नहरमा पानी प्रवाहका लागि बनाइएको तिन वटा ढोका मध्ये दुई वटा ढोकाबाट मात्र पानी हुदै आएको थियो । एउटा ढोका पक्कि ढलान गरि भारतले नै पानी थुनेको थियो, प्रमुख शाहले भने, अहिले थुनिएको तेश्रो ढोका पनि खुलाईएको छ । अब देखी तिन वटै ढोकाबाट पानी नहरमा प्रवाह हुने छ । सिल्ट रहित पानी नहरमा बाह्ै महिना प्रवाह हुनेमा उनले विश्वास ब्यतm गरे । यसले गण्डक क्षेत्रका किसानलाई खेती गर्न ठूलो राहत मिल्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *