‘खिचडी अर्थात माघेसंक्रान्ति’ पर्व एक, महिमा अनेक

नवलपरासी,१माघ
नेपाल लगायत विभिन्न देशमा मनाइदै आएको माघे संक्रान्ति पर्व एउटा भए पनि विभिन्न सन्देश बोकेको पर्व बनेको छ । विभिन्न धार्मिक समुह तथा जातजातीमा फरक फरक ढंगले पनि माघे संक्रान्ति मनाइने गरिएको हुदा ति समुह र साँस्कृतिको फरक फरक सन्देश पनि रहेको जानकारहरुले बताएका हुन् ।
खगोलिय तथा धार्मिक महन्त्व
हिन्दु परम्परा अनुसार माघे संक्रान्तिको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । मगर संक्रान्तिका दिन देखी सूर्य मकर रेखामा पुग्ने र त्यो दिन देखी दिन लामो हुदै जाने उष्णता बढदै जान्छ । उष्णता अर्थात गर्मिको शुभारम्भ हुन थाल्छ । यसले गर्दा गर्मियामका लागि सुपाच्य भोजन ग्रहण गर्नु पर्छ । जसमा खिचडी खाने चलन छ । खिचडी एक सुपाच्य भोजनको रुपमा लिने गरिन्छ । यसको उदाहरण विज्ञानसम्मत रहेको लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ कलवारले बताए ।
खिचडी खाने चलन परापुर्वकाल देखी चल्दै आएको हो,उनले भने,केही जातीले यसलाई संस्कृतिको रुपमा मनाउने गरिएको छ । तर यो दिनलाई खिचडी किन भनिएको होला भनेको खिचडी सुपाच्य भोजन भएर यो दिन खाने र गर्मियाम लागे पछि खानामा यसको महत्व सम्झने गरिएको छ । विज्ञानसम्मत किन छ ? भने समान्य पेटसम्बन्धि रोग लागेर उपचार गराउन गयो,भने चिकित्कले पनि औषधी उपचारसँगै खिचडी वा जाउलो बनाएर खुवाउनु भनेर सल्लाह दिने गरेको पाइन्छ । यसै कुरा हाम्रा पुर्खाले एउटा खिचडी खाने पर्वको रुपमा मनाउदै सम्झाउदै आएको उनको भनाई थियो ।
त्यसै गरि यस क्षेत्रमा गोरक्षनाथलाई पनि खिचडी खुवाउने प्रचलन थियो,जुन पहिला भारत गोरखपुरमा रहेको गोरक्षनाथ मन्दिरमा यस क्षेत्रका जनता खिच्चड (खिचडी) चढाउने जाने गरेको सुनाउदै उनले अहिले गोरक्षनाथकै प्रतिनिधिको रुपमा नेपालकै पाल्हीनन्दन २ गोपालपुरमा अहिले गोरक्षनाथको मन्दिर निर्माण गरिएको छ । विगत एक दशक देखी यहाँका स्थानियबासी अहिले गोपालपुरमै खिच्चड चलाउदै आएको उनले सुनाए । आईतवार प्रदेश साँसदकै हैसियतले खिच्चड चढाएर खिचडी महोत्सवको पनि उनले उदघाटन गरेको बताए । ति गोरक्षनाथ पहिला गोरखाबाट गोरखपुर पुगेको थिए । पहिलाका गोर्खाली राजा पनि गोरखनाथलाई खिचडी चढाउन गोरखपुर जाने गरेको पनि परम्परा थियो,उनले भने,यो गोपालपुरमा पनि गोरक्षनाथको प्रतिनिधि स्वरुप गोरक्षनाथ मन्दिर र मुर्ति स्थापना पश्चात केही बर्ष पहिला पुर्व राजा ज्ञानेन्द्र पनि आएर पुजापाठ गरेका थिए । यसले पनि अहिले महत्व पाउदै गएको भनाई थियो ।
थारु जातीय साँस्कतिक महत्व


यता माघे सँक्रान्ति थारु समुदायको स्वतन्त्रा दिवसको रुपमा मनाउदै खुशियाली र पर्व मनाउने गरिएको सरावल गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । विगत डेढ दशक देखी नै सरावल २ मनरीमा खिचडी महोत्वको रुपमा मनाईदै आएको उनले जनाए । महोत्सवको उदघाटन गर्दै उनले खिचडी महोत्सव वा माघी भनेर थारुका लागि अति महत्वपुर्ण पर्व हो,उनले भने, यस दिनलाई थारु समुदायले साँंस्कृतिक महत्वका साथ मनाउने गर्छन् । यो थारु समुदायको महत्वपुर्ण संस्कृति पनि हो । जमिनदारी प्रथा हुदा जमिनदारहरुका काम गर्ने थारु समुदायका मजदुरहरु खिचडीको दिनमा आफ्नो जमिदार फेर्न सक्ने स्वतन्त्रता हुने गरेको थियो । त्यस पछि जुन जमिनदार फेर्न पाउने दिन भएको हुदा यसलाई स्वतन्त्रताको दिन खुशीयाली साटासाट गर्ने,उत्सव मनाउने गरिन्थ्यो । जमिनदारी प्रथा अन्त भए पनि अहिले यो दिनलाई पर्व र संंस्कृतिको दिनको रुपमा मनाउदै आएको उनको भनाई थियो । खिचडी मनाउने हिजोको बाध्यता संस्कार र संस्कृति बनेको छ,उनले जमिनदारी प्रथाको अन्त भयो,तर संस्कृति भनेर कायम नै छ,यस संस्कृतिलाई इतिहास मानेर संरक्षण गर्ने र यसलाई अगामी दिनमा अन्य मुलुकका ब्यतिmलाई पनि यो पर्वमा समाले गराउदै साँस्कृतिक पर्यटनको रुपमा विकास गर्न आवश्यक रहेको छ । उनले भने,(सेफ कल्चर,सेल कल्चर) अब संस्कृति संरक्षण गने र विक्रि गर्ने योग्य बनाउनु पर्छ ।
बौद्ध संघमा बिनय पिटकमा महत्व


यता खिचडीसँग बौद्धधर्ममा पनि आफ्नै महत्व रहेको उल्लेख पाईन्छ । जसलाई तिल—गुण—शहदको विधान भनेर विनय पिटकको भैषज्य स्कन्ध अध्यायमा यसलाई उल्लेख गरिएको छ । एक श्रद्धालु उपासकको घरमा तिल गुण र सहद आयो र मुदता भरिएको ति उपासकले सोचे किन यसलाई सबै भन्दा पहिला भगवान बुद्ध र बुद्धसँघलाई नचढाउने ? सोही कुरा सोच्दै ति उपासक भगवानको कहाँ गएर अभिवादन गरि खडा भए । उनले कुशल क्षेमको औपचारिकता पुरा गरि बिनित स्वरमा प्रार्थना गरे कि ‘भगवान संघ सहित खिचडीको दिन भोजनदानको पुण्यलाभको अवसर प्रदान गर्नुस ।’प्रमुदित मनले फर्केर ति साधकले भिच्क्षु संघको लागि भोजनदानको तयारीमा लागे ।
विहान भगवान बुद्धलाई सुचित गर्यो भगवान भोजन तयार भयो । भगवान बुद्ध आफ्नो संघ सहित उपासकको घर पुग्नु भयो । उपासकले भोजनदान गराए । त्यस पश्चात भगवान बुद्ध दान पारमीको महिमा गाथाको धर्माेपदेश दिए । ‘भवतु सब्ब मंगलम,रक्खन्तु सब्ब देवता….’ भनेर फर्के । फर्के पछि उपासकलाई फेरी सम्झ्यो कि भगवानका लागि ल्याएको तिल,गुण र सहद चढाउनका लागि बोलाएको थिए । जुन कुरा दिनै बिर्से भनेर पश्चाप गर्यो । अनि फेरी ति तिल,गुण र सहद लिएर विहारमै उपासक पुगे र आफ्नो गल्तिको अहसास गर्दै पुनः ग्रहण गर्न आग्रह गरे ।
त्यो बेलासम्म बुद्ध संघका वितकाल भोजन अर्थात १२ बजे पछि भोजन नगर्ने बिनय थियो । तर अगाध श्रद्धाले पुगेको उपासकको आग्रह भगवान बुद्धले स्वीकार गर्दै भिच्छु संघमा वितकाल भोजन नगरे पनि सो कालमा मिष्ठान ग्रहण गर्न मिल्ने गरि नियमको प्रतिपादन भयो । त्यो बेला देखी भिच्छु संघमा वितकालका भोजन नगरे पनि मिष्ठान,तिल र सहद खाने छुट भयो । यो बुद्ध र उनको संघका नयाँ नियम(विनय) प्रतिपादन भएको दिन पनि भएको बौद्ध साहित्यमा उल्लेख भएको पाईन्छ । त्यो भएर खिचडी अर्थात माघे संक्रान्तिको दिन बौद्धकाल देखीको परम्परा भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *