क्यानाडियन रेडक्रस सोसाईटीको सहयोगमा रामग्रामले बनायो आपतकालिन स्वास्थ्य पुर्वतयारी कार्ययोजना

नवलपरासी, ३० फागुन,
क्यानाडियन रेडक्रस सोसाईटीले रामग्राम नगरपालिकाका लागि पालिका स्तरिय आपतकालिन स्वास्थ्य पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरि हस्तानान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी मार्फत क्यानाडियन रेडक्रसले सो योजना निर्माण गराई मंगलवार रामग्राम नगरपालिकालाई हस्तानान्तरण गरिएको हो ।
योजना निर्माण पुर्व रेडक्रसको टोलीले नगरपालिका क्षेत्र भित्र विपतको समस्या र स्वास्थ्य समस्याको अध्ययन गरेको थियो । नगरक्षेत्र भित्र विद्यमान स्वास्थ्य समस्या,चुनौती तथा अवसरहरुको विश्लेषण गरिएको थियो । नगरपालिकाको स्वास्थ्य सम्बन्धि क्षमताको आकलन गरेको थियो । आपतकालिन अवस्थामा स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको उदेश्य,योजना तर्जुमाका नीतिगत तथा कानुनी आधार,योजना तर्जुमा एवँ कार्यान्वयनका आधारभुत मान्यताबारे पनि विश्लेषण गरि योजना निर्माण गरिएको जानकारी समेत नगरप्रमुख धनपत यादवलाई रेडक्रसको टोलीले जानकारी गराएको थियो ।
आपतकालिन स्वास्थ्य पुर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्दा समन्वय तथा प्रारम्भिक तयारी,अभिमुखीकरण,छलफल, तथा तथ्याँक संकलन गरि सुचनाहरुको विश्लेषण र दस्तावेजीकरण गरि दस्तावेज उपर पनि विभिन्न चरणको बैठक र छलफल गरिएको थियो । योजनाको अन्तिम प्रतिवेदन तयारी गरिएको थियो । योजना कार्यान्वयनका लागि पनि समन्वय,सहकार्य र राझेदारी,अनुगमन तथा मुल्याँकन,जोखिम विश्लेषण तथा क्षमता विकास र गुणस्तरिय स्वास्थ्य सेवामा जोड दिइएको थियो ।
पुर्व तयारी प्रतिकार्य योजनामा पनि रामग्राम नगरपालिकाको पुर्वतयारी तथा प्रतिकार्य ढाँचा,स्वास्थ्य अल्पकाल पुर्व तयारी कार्ययोजना,आपतकाल प्रतिकार्य योजना बनाइएको छ । सो योजना अनुसार नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकाको स्वास्थ्य योजनामा समावेश गरि योजना बनाउने कुरा समेत उल्लेख गरिएको छ । योजना हस्तानान्तरण पछि नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले प्रतिकार्य योजना बनेको छ,तर यसलाई कार्यान्वयनमा ल्याउन मुख्य जिम्मेवारी स्वास्थ्य शाखाको भएको बताएकी थिईन् । नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका सभापति राजेन्द्र अग्रहरीले विपतको बेला नेपाल रेडक्रस सोसाईटी सझै नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताएका थिए । योजना बनाउने देखी कार्यान्वयन तहसम्म रेडक्रस नगरपालिकाको साथमा छ,उनले भने,नगरपालिकाले पनि रेडक्रससँग विभिन्न क्षेत्रमा सहकार्य,समन्वय गर्दै अगाडी बढी रहेको कुरा उल्लेखनिय नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *