आवधिक योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी, १९ मंसिर,
जिल्लाको सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो ।
गाउपालिका अन्तगरगत रहेका सबै शाखाका शाखा प्रमुखहरुलाई आवधिक योजना निर्माणका लागि प्रारम्भिक कार्यशाला शुरु गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आवधिक योजनाले बार्षिक विकास निर्माण योजना बनाउन मार्ग निर्देश गर्ने भएको हुदा पहिला वृहद रुपमा आवधिक योजना बनाउने र त्यसैको आधारमा बर्षेनी विकास योजना बनाई लागु गर्दै लैजाने उनको भनाई थियो । यसमा गाउपालिकाका सबै शाखाहरु क्रियाशिल भएर लाग्नु पर्छ, उनले भने, योजना बनाउने बेला अन्यौलतामा योजना तर्जुमा गर्नु भन्दा पहिला गाउपालिकाको विकास सम्बन्धि परिदृष्ट तयार गर्ने र सोही अनुसारको आवधिक योजना निर्माण गर्नु पर्छ । अवाधिक योजना भएमा अन्य दातृनिकायसँग पनि सम्पर्क समन्वय गरेर थप आर्थिक स्रोत जुटाउन सजिलो हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
शाखाहरुले पहिला गाउपालिकाको बस्तु स्थितीको राम्ररी अध्ययन गर्नु पर्छ । अन्य सरोकारवाला तथा विज्ञको सहयोग लिएर परिकल्पना (भिजन) बनाउनु पर्छ । ति भिजनलाई प्रप्तीका लागि लक्ष्य निर्धारण पनि गर्नु पर्छ । लक्ष्य अनुसारको कार्य विवरणलाई समेटेर रणनीतिगत योजनाको आधार तयार पारेर आवधिक योजना बनाउन उनले शाखाहरुलाई शुझाव समेत दिएका थिए । सरावल गाउपालिका चुरे पहाड देखी भारत सिमा दशगजासम्म जोडिएको गाउपालिका हो । डुबान प्रभावित गाउपालिका भएको हुदा यि विषय बस्तुलाई पनि ख्याल गरेर आवधिक योजना बनाईने उनको भनाई थियो । त्यसै गरि धार्मिक पर्यटनको हिसाबले पनि सरावल गाउपालिका धार्मिक सम्पदा सम्पन्न गाउपालिका हो । अहिले नवलपरासीको अन्य पालिकाको तुलनामा सरावल गाउपालिका भित्र बुद्ध स्थल र भगवान बुद्धले दिएका सन्देशहरुको प्राचिन नगरहरुको खोज भई घोषणा समेत भएको गाउपालिका रहेको छ ।
उनका अनुसार भगवान बुद्धले गृहस्तका लागि गृह शुख सन्देश दिएको प्राचिन ककरपत्त नगर(कोलवृक्षको बगैचा) भएको स्थापन पनि सरावल २ जावामा रहेको छ । जहाँ बुद्धले दिर्गजानु कोलियपुत्रलाई गृहशुख सन्देश दिएका थिए । त्यसै गरि प्राचिन कोलिय गणराज्यकी एक मात्र अग्रउपासिकाको उपाधी पाएकी सुप्पबासाको जन्म स्थल सरावल १ बाँसामा रहेको छ । सुप्पबासाका छोरा सिबली जो लाभी भन्ते भनेर बुद्ध संघमा ख्याती पाएको स्थान पाएका थिए । प्राचिन कुण्डिय नगर भनेर चिनिने सरावल १ भगडा स्थित पुत्रन्जिबी बगैचा क्षेत्र पनि एक बौद्धकालिन प्राचिन नगर पनि यहिँ छ । त्यसै गरि प्राचिन सायुगा नगर पनि सरावल ३ मै रहेको हुदा प्राचिन बौद्ध सम्पदाले सम्पन्न गाउपालिका भएको हुदा यसलाई पनि मध्य नजर गरेर नै आवधिक योजना बनाईने अध्यक्ष चौधरीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *