पाल्ही–पडरी दुई वटा सडक कालोपत्रेका लागि ८ करोड भन्दा बढीको बजेट

नवलपरासी,७ मंसिर
जिल्लाका सिमावतिै गाउन जोड्ने नेपाल गण्डक नहर सिचाई प्रणालीको मुल नहर अन्तरगतको पाल्ही हनुमान मन्दिर देखी पडरीसम्मको सडकलाई पिच गर्न ८ करोड रुपैयाँभन्दा बढीको लागत अनुमान तयार गरिएको छ । सांसद नरेन्द्रकुमार गुप्ताको पहलमा सो सडकको प्राविधिक अध्ययन सम्पन्न, बजेट तथा कार्यक्रममा समावेश गर्न सडक डिभिजनको प्रस्ताव गरिएको हो ।
स्थानीय नागरिकको आवागमन, कृषि उत्पादनको ढुवानी र समग्र विकासका दृष्टिले महत्वपूर्ण मानिएका पाल्ही हनुमान मन्दिरदेखि पडरीसम्म नेपाली नहरको बाटो स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय बुटवलले प्राविधिक अध्ययन गरी लागत अनुमान तयार गरेको साँसद गुप्ताका स्वकिय सचिव ज्ञानेश्वर सहानीले बताए । सडक डिभिजन कार्यालय बुटवल, रुपन्देहीले तयार पारेको टिप्पणी तथा आदेश अनुसार बजेट तयार गरिएको उनको भनाई थियो ।
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सेवा सडकको रुपमा रहेको पाल्ही हनुमान मन्दिरदेखि पडरीसम्म नेपाली नहरको बाटो कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्य हुने छ । त्यसका लागि ८ करोड ९१ लाख ९० हजार ५ सय ३५ रुपैयाँ आठ पैसा लागत अनुमान तयार गरिएको छ । प्रतिनिधिसभा सदस्य गुप्ताले २०८३ साउन २३ गते पत्र मार्फत उक्त सडक योजनाहरूको लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापन तथा आगामी कार्यक्रमममा समावेश गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका थिए । सांसद गुप्ताको अनुरोध पछि सडक डिभिजन कार्यालय बुटवलले सो सडकको स्थलगत अध्ययन तथा प्राविधिक मूल्याङ्कन गरेको थियो। सोही अध्ययनका आधारमा कालोपत्रे स्तरमा स्तरोन्नति गर्न आवश्यक लागत अनुमान तयार गरी बजेट तथा कार्यक्रममा समावेश गर्न प्रस्ताव अघि बढाइएको हो ।
यस क्षेत्रका स्थानीय बासिन्दाको दैनिक आवागमनसँगै कृषि उत्पादनको ओसारपसारका लागि महत्वपूर्ण सडकका रूपमा रहेको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउन तथा स्थानीय बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्न यस सडकको स्तरोन्नति आवश्यक रहेको बताइँदै आएको छ । पाल्ही हनुमान मन्दिरदेखि पडरीसम्म नेपाली नहरको बाटो कालोपत्रे भए स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै धार्मिक, सामाजिक तथा आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नहरको बाटोलाई व्यवस्थित सडकका रूपमा विकास गर्न सके आसपासका बस्ती तथा कृषि क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ । नन्दनताल देखी बुद्धकालिन प्राचीन नन्दन नगरलाई जोड्नुका साथै गण्डक नहरको पुरै ३२ किलोमिटर पिच सडकको रुपमा तयार हुने छ । करिब ५ किलोमिटर मात्रै बाकी रहेको गण्डक मुल नहरको सडकमा सार्वजनिक सवारी साधन चल्न सक्ने भए देखी पडरीसम्मका मानिस त्रिवेणीधामका साथै भारत विहार प्रदेशको पश्चिम चम्पारनको बाल्मिकी नगरसम्मको आगमन सहज हुने विश्वास गरिएको छ ।
सडक डिभिजन कार्यालयका इन्जिनियर ओमप्रकाश कोहारले तयार गरेको टिप्पणी तथा आदेशमा दुवै योजनाको लागत अनुमान तयार भइसकेकाले कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरी आगामी कार्यक्रम तथा बजेटमा समावेश गर्न निर्णयार्थ पेस गरिएको उल्लेख छ । तयार गरिएको लागत अनुमानमा भ्याट, प्रोभिजनल सम तथा कन्टिन्जेन्सीसमेत समावेश गरिएको छ । बर्षाै देखी स्थानियले सडकको स्तरोन्नती गर्न माग गर्दै आएका थिए । यि सडकको स्तरोन्नती भए पछि स्थानिय स्तरमा सवारीसाधन आवागमनलाई सहज हुने विश्वास स्वकिय सचिव सहानीको भनाई थियो ।
यद्यपि, लागत अनुमान तयार हुनु र बजेट तथा कार्यक्रममा समावेश गर्न प्रस्ताव गर्नु निर्माण कार्य स्वीकृत भइसकेको अवस्था भने होइन । अब सम्बन्धित निकायबाट बजेट सुनिश्चितता र कार्यक्रम स्वीकृत भएपछि मात्रै सडक स्तरोन्नतिको प्रक्रिया अघि बढ्ने छ । सो सडक पिचले स्थानियलाई सहज आगमनको वातावरण बन्ने पाल्हीनन्दन ४ का वार्डअध्यक्ष रविन्द्र सहानीले बताएका थिए । साँसद गुप्तालाई धन्यावाद दिदै उनले उत्साह ब्यतm समेत गरेका थिए । बाकी रहेको उतm सडक पाल्हीनन्दनको वार्ड नं.४ र ६ नं.वार्ड जोडन् छ । दुवै सडक योजनाका लागि बजेट व्यवस्थापन हुन सके सरावल तथा पाल्ही क्षेत्रका नागरिकको लामो समयदेखिको सडक स्तरोन्नतिको अपेक्षा पूरा हुने र ग्रामीण क्षेत्रको कृषि, व्यापार तथा आवागमनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *