Tag: Sukhadi Chaudhary

सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण

नवलपरासी,४ चैत्रजिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर तथा कोलवृक्ष बगैचा क्षेत्रमा गाउपालिकाद्धारा बनाइएको प्रवेशद्धारले आकर्षण थपेको छ । पर्यटकिय स्थलको रुपमा विकास गरिदै आएको प्राचिन ककरपत्त नगर जाने बाटोमा बुट्टेदार प्राचित बौद्ध संस्कृति झल्किने प्रवेशद्धारले सो पर्यटकिय क्षेत्रमा जाने पर्यटकलाई थप आकर्षण थपेको हो ।प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको गाँउपालिकाले घोषणा गरि गौरवको आयोजना भित्र राखेर विकास तथा पर्यटन प्रवद्र्धनमा लागेर विभिन्न पुर्वाधारहरु थपिदै आएको गाउपालिकाले जनाएको हो । तत्कालिन गाउपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले बुद्ध तिर्थ स्थलको रुपमा विकास गरिने गरि यस क्षेत्रको पुर्वाधार विकासका लागि पनि परिकल्पना गरेका थिए । सोही अनुसार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बौ...
डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल
कृषि, समाचार, सरावल गाउँपालिका

डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल

नवलपरासी,१६ फागुनजिल्लाको सरावल गाउपालिकाले बाढी प्रभावित क्षेत्रमा मकैबालीलाई प्राथमिकता राखेर किसानलाई प्रोत्साहित गर्ने कार्य अगाडी बढाएको छ । बाढी प्रभावित वार्डहरुका किसानलाई अनुदानमा विँउ उपलब्ध गराई ब्यवसायिक रुपमा मकै खेती गर्नका लागि प्रोत्साहित गर्न लागेको हो ।बाढीको बेला धानबाली डुबेर नष्ट हुने हुदा धानबाली भन्दा गर्मियामको मकैबालीलाई प्राथमिकतामा राखेर मकै खेती गर्न गाउपालिकाले प्रोत्साहित गरिरहेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । गाउपालिकाको वार्ड नं.७,६ र ५ पुर्ण डुबान हुने र अन्य वार्डमा पनि आँशिक डुबान हुने हुदा किसानलाई राहत पुग्ने गरि मकै तर्फ प्रोत्साहित गरिएको छ,अध्यक्ष चौधरीले भने,बर्षायामको धानबाली बाढीले गर्दा नष्ट हुन्छ,तर त्यो भन्दा पहिला किसानले मकैबाली तिनै खेतबाट लिन सक्छन् । जस्ले गर्दा डुबानमा धानबाली नष्ट भएर घाटा लागे पनि किसानलाई बैकल्पिक बाल...
आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा
पर्यटन, समाचार, सरावल गाउँपालिका

आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा

नवलपरासी,२९ माघजिल्लाको सरावल गाउपालिका ५ धनगडवा स्थित मनमोहक प्राचिन धनपोखरा अहिले आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ । प्राचिन इतिहास बोकेको उतm पोखराको ब्यवस्थापन र सौन्दर्यीकरण गरिए पछि पोखरा घुम्न र रमाउन आउनेको संख्या बढदै गएको हो । पोखराको प्राचिन महत्व भए पनि धेरैलाई सो पोखराबारे जानकारी नभएका कारण अहिले स्थानियबासीले समान्य माछा मार्ने र पोखराको पानी सिचाईमा प्रयोग गर्दै आएका छन् । तर सो प्राचिन धनपोखराको महन्त्व झल्किने गरि त्यहाँ अन्य रमणिय पुर्वाधारहरुको विकास गर्न सकिएमा स्थानियसँगै अन्य प्राचिन अध्ययेताहरु समेत यस क्षेत्रमा आउन सक्ने सम्भावना रहेको स्थानिय रबिन्द्र गौडले बताए । परापुर्व काल देखी नै यो पोखरा रहदै आएको गाँउका पुढापाकाहरुले भन्ने गरेका छन्,उनले भने,तर यसको प्राचिनताबारे तथ्यगत रुपमा खोज हुन सकेको छैन् । जलासय र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ,उनले थपे...
धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै

नवलपरासी,१६ माघजिल्ला स्थित धनेवा खोलाको साईफन भत्किएर भए पनि मर्मत सम्भारका लागि तत्कालिन सरकारले काम नगरे पछि अहिले गाउपालिका आफै मर्मतमा अग्रसरता देखाएको छ । साईफल मर्मतका लागि सरकारले चाँसो देखाउदा विगत तिन दशक देखी जिल्लाको सरावल गाउपलिका स्थित डुबानको जोखिममा रहेका स्थानिय बासिन्दाको समस्या हल गर्नका लागि गाउपालिकाले अग्रसरता लिएको हो ।गण्डक सम्झौता पश्चात धनेवा खोलाको दुई किनारमा भारतिय पक्षले बाँध निर्माण गरेको थियो । बाँध अन्तरगत विभिन्न स्थानमा बाहिरबाट बगेर जाने कुलोका पानीको निकासका लागि साईफन पनि निर्माण भएको थियो । साईफन दुई तिन बर्षमै भत्कियो,गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,त्यही बेला देखी तत्कालिन भुजहवा,रामपुर खडौना,बडहरादुबौलिया,रमपुरवा गाविसको शंकरपुर गाँउ डुबान पर्दै आएको छ । हाल शंकरपुर गाउ पाल्हिनन्दन गाउपालिका अन्तरगत पर्छ । बाकी भुजहवा,रामपुरखडौन...
डुबान क्षेत्र लक्षित गरि विपद न्युनिकरण र ब्यवस्थापनको योजना बनाउदै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

डुबान क्षेत्र लक्षित गरि विपद न्युनिकरण र ब्यवस्थापनको योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी,१० माघजिल्लाको सरावल गाउपालिकाले डुबान क्षेत्रलाई लक्षित गर्दै स्थानियबासीसँग मिलेर विपद न्युनिकरण तथा ब्यवस्थापन योजना बनाउनमा जुटेको छ । विपद ब्यवस्थापनका लागि स्थानिय स्तरमै स्थानियबासीमा जनचेतना अभिवृद्धि गर्ने र योजना बनाउने कार्यमा जुटेको हो ।गाउपालिकाका सबै भन्दा बढि डुबान हुने वार्ड नं.७ बाट सो योजनाका लागि शुभारम्भ गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद ब्यवस्थापनमा पहिला स्थानियबासी जुट्न पर्यो,उनले भने,तत्पश्चात कुन निकायको के भुमिका हुन्छ,ति निकायको पहिचान गर्नु पर्छ । पहिचान पश्चात संगठित र योजनाबद्ध तरिकाले विपद ब्यवस्थापनमा लाग्न स्थानियबासीलाई आग्रह पनि गरेका थिए । गण्डक कमाण्ड क्षेत्र भित्र गाउपालिकाको भुभाग डुब्ने गरेको हुदा यो डुबान विपद ब्यवस्थापनका लागि गण्डक परियोजनालाई पनि िजम्मेवार बनाईनु पर्ने उनको भना...
तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण

नवलपरासी,२७ पुसजिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ७ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएर समस्या देखिन थालेका छ । संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको तर पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको हो ।संघियताले जनता नजिक सरकारलाई पुर्यायो,दोश्रो पटक निर्वाचन समेत भई संघियता अभ्यासमा पनि छ । संघियतामा जादा विगतका संरचना मार्फत काम हुदै गरेका निकाय खारेज भए । तर ति निकायले गर्दै आएका कार्यको कार्यभार कुन निकायमा सरेर जाने अन्यौलताले यस्तो समस्या निम्त्याएको तत्कालिन जिविस महासंघका केन्द्रिय सदस्य राजेन्द्र अग्रहरीले बताए । केन्द्रिय शासन प्रणाली अन्तरगत केन्द्र पनि ७५ वटा जिल्लामा जिल्ला विकास समिति(जिविस)मातहतमा रहने गरि नगरपालिका र गाउ विकास समिति(गावि...
आवधिक योजना बनाउदै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

आवधिक योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी, १९ मंसिर, जिल्लाको सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो ।गाउपालिका अन्तगरगत रहेका सबै शाखाका शाखा प्रमुखहरुलाई आवधिक योजना निर्माणका लागि प्रारम्भिक कार्यशाला शुरु गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आवधिक योजनाले बार्षिक विकास निर्माण योजना बनाउन मार्ग निर्देश गर्ने भएको हुदा पहिला वृहद रुपमा आवधिक योजना बनाउने र त्यसैको आधारमा बर्षेनी विकास योजना बनाई लागु गर्दै लैजाने उनको भनाई थियो । यसमा गाउपालिकाका सबै शाखाहरु क्रियाशिल भएर लाग्नु पर्छ, उनले भने, योजना बनाउने बेला अन्यौलतामा योजना तर्जुमा गर्नु भन्दा पहिला गाउपालिकाको विकास सम्बन्धि परिदृष्ट तयार गर्ने र सोही अनुसारको आवधिक योजना निर्माण गर्नु पर्छ । अवाध...
सरावल गाउपालिका अध्यक्ष चौधरीद्धारा अलपत्र महिलाको उद्धार
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका अध्यक्ष चौधरीद्धारा अलपत्र महिलाको उद्धार

नवलपरासी,२४ कातिकजिल्लाको सरावल गाउपालिका १ खोखरपुरामा मानसिक सन्तुलन गुमाएकी एक महिलाको गाउपालिकाले उद्धार गरि मानव सेवा आश्रमलाई हस्तानान्तरण गरेको छ । इस्लामपुरघर बताउदै आएकी उतm अन्दाजी ३५ बर्षिय महिलालाई सस्थासँग समन्वय गरेर गाउपालिकाले उद्धार गरेको हो । स्थानियबासीले अलपत्र अस्थामा रहेकी महिलाको अवस्थाबारे जानकारी गराए पछि गाउपालिकाको पहलमा मानव सेवा आश्रम बुटवलको जिम्मा लगाइएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । उतm मानसिक संतुलन गुमाएकी महिलाको पहिलो स्वास्थ्य उपचार गर्ने आवश्यकता महशुस गरेर सो क्षेत्रमा काम गर्दै आएको सस्थासँग समन्वय गरिएको अध्यक्ष चौधरीले बताए । उपचार पछि आवश्यक थप सेवाका लागि गाउपालिकाले समेत पहल गर्ने उनको भनाई थियो । गाउपाािलकाले गाउपालिका भित्र सबै भन्दा पहिला मानविय सेवालाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको जनाएको छ । ...
सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….

विभिन्न गाउपालिका र नगरपालिकामा सवारीसाधनको विषयलाई लिएर विवादको विषय बन्ने गरेको छ । केही पालिकाका अध्यक्षले पाएको गाडीलाई आफ्नो निजी बाहनजस्तै ठान्ने गरेको पनि पाईने गरिएको छ,तर नवलपरासी जिल्लाको सरावल गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीलाई सवारीसाधनको कुराले कुनै मतलब राखेको छैन् । उनी आफ्नो दैनिक गाउपालिकाको कामलाई नै दैनिकी बनाई काम गर्ने क्रममा आवश्यकता अनुसार सवारी साधनको प्रयोग गर्ने गरेका छन् । कम आन्तरिक आय भएको गाउपालिकाको साधन स्रोतलाई मितब्ययी बनाउने मान्यता उनी राख्ने गरेका छन् । विहिवार उनी गाउपालिकाको चारपाँग्रे वाडी भन्दा स्कुटीमै चढेर गाउपालिका भित्र हुदै गरेको विद्युतीकरण क्षेत्रमा स्थान देखाउन पुगे ।सरावल ४ गोबरहिया देखी हातीबनसम्म सडक किनारमा स्कुटीमा भेटिएका गाउपालिका अध्यक्ष चौधरीले विद्युतको पोल गाड्ने स्थान स्थानिय मजदुरलाई देखाउदै थिए । उनका अनुसार अहिले विद्यु...
प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव
समाचार, सरावल गाउँपालिका

प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव

बौद्धकालिन प्राचिन कुण्डियनगर भनेर चिनिएको सरावल १ भगडा स्थित जिवक बनमा जिउतिया महोत्सव मनाइएको छ । स्थानिय थारु समुदायले गत बर्ष दखी जिउतिय पर्वको दिन भगडा स्थित पतजिव बगैचा क्षेत्र प्राचिन कुण्डिय नगरको रुपमा घोषणा गरि जिउतिया महोत्सवको आयोजना गरेको परम्परालाई निरन्तरता दिदै जिउतिय पर्वको दिन महोत्सव मनाएका हुन् ।स्थानिय स्तरमा पतजिव भनेर चिनिने पुत्रन्जिवी बगैचा क्षेत्रमा भगवान बुद्ध र बौद्ध संघको चिकित्सक समेत रहेका भन्ते जिवक र उनका अग्रसेवक भन्ते आनन्द आएर सो स्थानमा बसेको मान्यता रहेको छ । जिवक सहितको बास बसेको स्थान प्राचिन कुण्डिय नगर भएको बौद्ध अध्ययेताहरुको मान्यता रहेको छ । जिवककै नामले पुत्रन्जिवी बनस्पती अहिलेसम्म त्यहा रहेको छ । स्थानियबासीले सो स्थानमा हसनी माईको स्थान पनि भएको मान्दै आएका छन् । आयुर्वेदिक मान्यता अनुसार पुत्रन्जिवीको फल सेवन गरे पुत्रलाभ प्राप्त हुने छ । ...