सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई सहयोगका लागि सबै पक्षलाई आग्रह गरे
नवलपरासी , बैशाख ८ गते । पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई भेट्दै राहत तथा सहयोगका लागि सबै पक्षलाई आग्रह गरेका छन्।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ मा भएको भीषण आगलागीमा १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय गोविन्द चमारको कच्ची घरबाट सुरु भएको आगो छिमेकीका अन्य ११ घरमा फैलिएको थियो।जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट रामसिंह कुर्मी, रामबहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनुश कुर्मीका घर पूर्ण रूपमा जलेका छन्।घटनामा घर, लत्ताकपडा, अन्न तथा दैनिक उपभोग्य सामग्रीमा ठूलो क्षति पु...










