जिल्ला फर्कने वित्तिकै समस्या बुझ्न सुस्ता पुगे साँसद खनाल
नवलपरासी,१७ चैत्रसंसादमा सपत खाएर जिल्ला फर्किएका साँसद विक्रम खनाल तत्कालै सुस्ताबासी भेट्न सुस्ता पुगेका छन् । भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले नारायणी नदी कटानले त्रसित बनेको सुस्ताबासी भेट्न पुगेका हुन् ,नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदी बनेकोले त्यसको निकास कसरी निकाल्ने भनि स्थानियसँग छलफल गर्ने भनि उनी सुस्ता पुगेको उनको सचिवालयले जनाएको थियो । गत बर्ष सुस्ता गाउपालिकाले नदीबाट नदीजन्य पदार्थको निकासीको ठेक्का लगाए पछि निकासी गर्ने ठेकेदारले नदीको धार नै परिवर्तन हुने गरि खनन गरेका कारण धार परिवर्तन भएर सुस्तामा खत्तरा बढेको सुस्ताबासीले बताउदै आएका छन् ।गाउपालिकाले क्षणिक लाभको लागि हजारौ हेक्टर भुमि नै गुमाउनु पर्ने अवस्था निम्त्याएको...










