सुस्ता गाउँपालिका

भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग
समाचार, सुस्ता गाउँपालिका

भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग

नवलपरासी,१२ पुसनेपाल गण्डक बाँध अन्तरगत भारतिय मुख्य पश्चिम गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्नु पर्ने माग स्थानियले गरेका छन् । नहरको छेउमा रहेको सडकहरुको मर्मत सम्भार नहुदा र सडक फराकिलो नगर्दा दुर्घटना हुने क्रम बढेको हुदा सरोकारवालासँग स्थानियले माग गरेका हुन् ।भारतयि गण्डक नहर नेपालको गण्डकी प्रदेशको त्रिवेणीधाम देखी सुस्ता गाउपालिका हुदै प्रतापपुर गाउपालिकाको झुलनीपुरसम्म झण्डै १९ किलोमिटर दुरी नेपाली भुमि भएर भारतको उत्तर प्रदेश जान्छ । नहर निर्माण हुदा नहरको डिलमा र नहरको छेउ भएर दुई÷दुई लैनको पक्कि सडक थियो,तर अहिले नहर छेउको सडक पुर्णतः जिर्ण भई सकेको सुस्ता गाउपालिकाका स्थानिय रामु अर्यालले बताए । माथिल्लो डिलको सडक पनि मर्मत भएको दशक भयो,उनले भने,धेरै स्थानमा सो सडक पनि भत्किसेको छ । जिर्ण भई सकेको छ । यसले दुर्घटना निम्त्याएको छ । सडककै कारण दर्जनौ ब्यतिm दुर्घटनामा परेर ज्...
यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार
समाचार, सुस्ता गाउँपालिका

यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार

नवलपरासी,११ पुुसयहाँका एक युवाले बैदेशिक रोजगारको क्रममा सिकेको शिपलाई आफ्नै गाँउ उपयोगमा ल्याएका छन् । जिल्लाको सुस्ता गाउपालिका ४ गोकुल नगरका युवा शिव कुमार लोहारले बैदेशिक रोजगारको क्रममा सिकेको शिप गाउमा उपयोगमा ल्याएका हुन् ।लोहर विगत केही बर्ष भारतमा काम गर्न गएका थिए । पछि उनी साउदी अरबमा बैदेशिक रोजगारीको क्रममा पुगे । त्यहाँ उनले बेल्डिँग गर्ने शिप पनि सिके । सोही शिप अनुसार उनी चार बर्षसम्म वेल्डिगँको काम गरे । अहिले उनी आफ्नै गाँउमा फर्केका छन् । हुन त फलाम(लोहा)को काम गर्ने लोहार उनको पुर्खाैली पेशा पनि हो । तर पुखौली पेशा अनुसार उनी समान्य घरमा स साना आरन चलाएर काम गरेका थिए । तर पछिल्लो समय प्रविधिको विकास पनि हुदै जादा उनी आफुलाई आफ्नो पुर्खौली पेशालाई स्तोरन्ती पनि गरेका छन् । साउदीबाट फर्केर उनी ७ लाखको लगानी गरि आफ्नै घरमा वेल्डिँग गर्ने गरेका छन् ।वेल्डिगँ गर्ने शिपका का...
सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग
समाचार, सुस्ता गाउँपालिका

सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग

नवलपरासी,९पुसजिल्लाको पुर्वि क्षेत्रका किसानले सरकारबाट अनुदान भन्दा उत्पादित कृषि उपजको बजार ब्यवस्थापन गरि दिन माग गरेका छन् । सृजना कृषक समुह सुस्ता ४ नरसही गोकुल नगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषकहरुले सो माग गरेका हुन् ।कृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा सो क्षेत्रमा आलु प्रवद्र्धन कार्यक्रमको सार्वजनिक सुनुवाई गर्ने क्रममा पुगेका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरी सहितको कृषि विज्ञ टोलीसँग किसानहरुले अनुदान भन्दा बजार ब्यवस्थापनमा सहजी करण गरिदिनका लागि माग गरेका थिए । उखु,केरा जस्ता नगदेबाली खेती हुने उतm क्षेत्रमा आलुबालीको पनि प्रयाप्त सम्भावन देखिएको छ । केरा भित्र पनि आलु खेती गर्न सक्ने र बालुवामा पनि आलु खेतीको उपज राम्रै देखिएको थियो । बाली नालीमा सरकारी अनुदान लिन प्रकृयागत जटिलताका कारणले बेलामा पाउने अनुदान नपाउदा समस्या दर...
‘सुस्ता नमुना ताल’ बनाउन गाउपालिकाले छुट्टयो ५० लाख बजेट
समाचार, सुस्ता गाउँपालिका

‘सुस्ता नमुना ताल’ बनाउन गाउपालिकाले छुट्टयो ५० लाख बजेट

नवलपरासी,९ पुसजिल्लाको सुस्ता गाउपालिकाले ‘सुस्ता नमुना तालका’ लागि ५० लाख बजेट बिनियोजन गरि ताल संरक्षणमा लागेको छ । पालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रुपमा संरक्षण गर्नका लागि लागत सहभागिता रकम विनियोजना गरिएको जनाएको हो ।सुस्ता गाउपालिका कुडिया र नर्सही गाउको विचमा रहेको जलासयलाई तालको रुपमा ब्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । बर्षाै देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उतm जलासयमा गोही लगायतमा बिभिन्न जलचरहरु रहेका छन् । पटेरले भरिएको छ । सो जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रुपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानिय रामु अर्यालले जानकारी गराए । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । विचमा बेवारिसे जस्तै ...
पहिलो पटक गण्डक नहर मर्मतमा सुस्ता गाउपालिकाको लगानी
समाचार, सुस्ता गाउँपालिका

पहिलो पटक गण्डक नहर मर्मतमा सुस्ता गाउपालिकाको लगानी

नवलपरासी,७ पुुसजिल्लामा पहिलो पटक सुस्ता गाउपालिकाले किसानलाई सिचाई सुविधामा सहज होस भनेर गण्डक नहरमा लगानी गरेको छ । किसानलाई जेबाट सजिलो सुविधा हुन्छ,त्यसै क्षेत्रमा लगानी गर्नु पर्ने मान्यताले सुस्ता गाउपालिकाले गण्डक नहरको प्रशाखा मर्मतमा लगानी गरेको हो ।धेरै पालिकाले सिचाईको नाममा बोरिगँ,पम्पिगँसेट लगायत अन्य सिचाई पुर्वाधारमा रकम खर्चने तथा गण्डक नहरको शाखा प्रशासनको मर्मतका कुरा आउदा गण्डक परियोजनाले बनाउने भन्दै तर्कने गरेका छन् । तर सुस्ता गाउपालिका भित्र पर्ने गण्डक नहर अन्तरगतको पिपरपाती प्रसौनी नहर सिचाई प्रणालीबाट सुस्ताको कुडिया गाँउका किसानलाई सिचाई गर्ने प्रशाखा नहरको सफाई र मर्मतमा लगानी गरेको हो । करिब १० लाखको लागनीमा सो नहर प्रणालीबाट कुडिया गाँउ तर्फ जाने रुपौलिय पुल नजिकै भत्किएको अवस्थामा रहेको प्रशाखा नहर मर्मत गराउन थालेको गाउपालिकाले जनाएको छ ।गण्डक परियोजनालाई प्...
सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल
समाचार, सुस्ता गाउँपालिका

सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल

गण्डक नदीको पुल निर्माण ढिलाईले सुस्ताबासीलाई सास्ती नवलपरासी, सात बर्षमा पनि सुस्ताको झेलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । ठेकदारको लापर्वाहीका कारण हालसम्म झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्न परेको हो । पुल निर्माणमा हुने ढिलाईका कारण अझै जोखिमपुर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका स्थानियबासीले गुनासो समेत गरिरहेको नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) देवकरण कलवारले बताए । आफु संविधान सभा सदस्य हुदा नै पहल नेपाल सरकारसँग पहल गरि सुस्तामा पुलको योजना पार्न लगाएको दाबी गर्दै यस क्षेत्रका जनप्रतिनिधिले बेलामा पहल नगरिदिदा पुल निर्माणमा ढिलाई भई रहेको थियो । अहिले आफु पुन? प्रदेश साँसदमा निर्वाचित भएको छु,साँसद कलवारले भने,मेरो पहिलो दायित्व पुलको छिटो भन्दा छिटो निर्माण गराई सुस्ताबासीको समस्या समाधन तर्फ लाग्नु हो । ठेकेदा...
निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र
समाचार, सुस्ता गाउँपालिका

निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र

नवलपरासी,२३ मंसिर,निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत डेढ बर्ष देखी अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो ।निर्माण ब्यवसायिले सम्झौता गर्ने,निर्माणका लागि पेश्कि रकम पनि बुझ्ने र निर्माण स्थलमा बोर्ड गाडेर सम्पर्क विहिन बनेका थिए । निर्माण ब्यवसायि सम्पर्क विहिन भएकोले सुस्ता गाउपालिकाले पेश्कि रकम फिर्ता लिन बैंकलाई पत्राचार गर्दा उल्टै उच्च अदालतबाट रकम रोकाउनका लागि आदेश जारी गराएर लापरवाहीको सिमा नाघेको गाउपािलकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । २४ महिना भित्र निर्माण कार्य सम्पन्न गर्न भनेर २०७८ असार ७ गते सम्झौता भएको थियो । निर्माण ठेक्का सकार गर्ने प्राकृतिक,कश्यप,समिर जेभि रामग्रामले ठेक्का सकार गरेको थियो । काम गर्ने निर्माण ब्यवसायि संघ नव...
तिन महिनामा सुस्ताका एक सय तिस महिलाले पाए निशुल्क भिडियो एक्सरे सेवा
समाचार, सुस्ता गाउँपालिका

तिन महिनामा सुस्ताका एक सय तिस महिलाले पाए निशुल्क भिडियो एक्सरे सेवा

नवलपरासी,१३ मंसिरग्रामिण क्षेत्रका गर्भवति महिलालाई लक्षित गरि स्वास्थ्य चौकीमै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा लिनेको संख्या उल्लेख्य वृद्धि भएको छ । गाउका गर्भवति महिलालाई अन्य सबै स्वास्थ्य जाँच निशुल्क गर्दै भिडियो एक्सरे समेतको सेवा निशुल्क भए पछि गर्भवती महिलाले सो सेवा लिन स्वास्थ्य चौकी आउन थालेका हुन् ।गाउपालिका भित्रका सबै गर्भवती महिलालाई गाउपालिकाले निशुल्क सेवा उपलब्ध गराउने अनुरुप मासिक स्वास्थ्य जाँच गर्दै आएको भए पनि भिडियो एक्सरेका लागि भारत विहारको भैसालोटन बजार जानु पर्ने वा सदरमुकाम परासी तथा वर्दघाट जानु पर्ने बाध्यता थिए । तर गत भदौ महिनामा गाउपालिकाले पालिका परिसर भित्रै रहेको कुडिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन उपलब्ध गराए पछि गाउपालिकाका गर्भवति महिलालाई राहत भएको स्वास्थ्य चौकी प्रमुख विकास यादवले जानकारी गराए ।यादवले भिडियो एक्सरे सेवा लिनेको मासिक प्रग...
सुत्केरी गाईभैसीका लागि पोषणभत्ता
समाचार, सुस्ता गाउँपालिका

सुत्केरी गाईभैसीका लागि पोषणभत्ता

नवलपरासी,गर्भवती महिलालाई गर्भजाँच देखी गर्भाावस्था देखी सुत्केरीसम्म सरकारले विभिन्न पोषण कार्यक्रम चलाउदै आएको सुन्नु भए होला, तर यहाँ जिल्लाको सुस्ता गाउपालिकाले महिलालाई मात्रै नभई सुत्केरी गाईभैसीलाई पनि सुत्केरी पोषण भत्ताको योजना ल्याएको छ । गाउपालिका भित्र पशुपालन फस्टाउने र किसानलाई राहत दिने उदेश्यले यस्तो गाईभैसी सुत्केरी भत्ता कार्यक्रम ल्याएको हो ।जिल्लाको सुस्ता गाउपालिकाले सुत्केरी गाईभैसी हुने किसानलाई गाईभैसीलाई आवश्यक पोषणका लागि पोषणपत्ता लिनका लागि आवेदन माग गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० बार्षिक कार्यक्रममा पशुसेवा प्रवद्र्धनात्मक कार्यक्रममा सो कार्यक्रम राखिएको हुदा पशुपालक किसानसँग आवेदन माग गरेको छ । मानिसमा जस्तै सुत्करी अवस्थामा पशुलाई पनि पोषण आवश्यक पर्ने पशु चिकित्सकको परामर्श अनुसार नै सो कार्यक्रम राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश...
सुस्ताका बंगुरपालक किसानलाई तालिम सहित प्रविधि हस्तानान्तरण
समाचार, सुस्ता गाउँपालिका

सुस्ताका बंगुरपालक किसानलाई तालिम सहित प्रविधि हस्तानान्तरण

नवलपरासी,२७ कातिक,जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्र बंगुर पालन गर्दै आएको किसानलाई बंगुर पालन तालिमसँगै प्रविधि हस्तानान्तरण गरेको छ । परम्परागत रुपमा बंगुर पालन गरि जिविकोपार्जन गर्दै आएका किसानलाई ब्यवसायिक बंगुर पालन तालिममा आधुनिक तरिकाले पशुपालन गर्नुका साथै सरफाई,पोषण आदीका लागि ब्यवहारिक शिक्षासँगै प्रविधि हस्तान्तरण गरेको हो । गाउपालिका भित्र परम्परागत रुपमा ४० जना बंगुर पालन गर्दै आएका किसान छनौट गरि उनीहरुलाई ब्यवसायिक तालिम प्रदान गरि प्रविधि हस्तानन्तरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । उनकाअनुसार नर्सही र रुपौलिय गरि दुई स्थानमा तालिम गरिएको थियो । तालिममा सरावल गाउपालिका पशु शाखाका प्रमुख ऐन अर्याल र सुस्ता गाउपालिका पशु शाखाकी प्रमुख इन्द्रा पुनले ब्यवसायिक बंगुर पालन सम्बन्धि प्रशिक्षण दिएका थिए । दुई दिने तालिम ...