यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार
नवलपरासी,११ पुुसयहाँका एक युवाले बैदेशिक रोजगारको क्रममा सिकेको शिपलाई आफ्नै गाँउ उपयोगमा ल्याएका छन् । जिल्लाको सुस्ता गाउपालिका ४ गोकुल नगरका युवा शिव कुमार लोहारले बैदेशिक रोजगारको क्रममा सिकेको शिप गाउमा उपयोगमा ल्याएका हुन् ।लोहर विगत केही बर्ष भारतमा काम गर्न गएका थिए । पछि उनी साउदी अरबमा बैदेशिक रोजगारीको क्रममा पुगे । त्यहाँ उनले बेल्डिँग गर्ने शिप पनि सिके । सोही शिप अनुसार उनी चार बर्षसम्म वेल्डिगँको काम गरे । अहिले उनी आफ्नै गाँउमा फर्केका छन् । हुन त फलाम(लोहा)को काम गर्ने लोहार उनको पुर्खाैली पेशा पनि हो । तर पुखौली पेशा अनुसार उनी समान्य घरमा स साना आरन चलाएर काम गरेका थिए । तर पछिल्लो समय प्रविधिको विकास पनि हुदै जादा उनी आफुलाई आफ्नो पुर्खौली पेशालाई स्तोरन्ती पनि गरेका छन् । साउदीबाट फर्केर उनी ७ लाखको लगानी गरि आफ्नै घरमा वेल्डिँग गर्ने गरेका छन् ।वेल्डिगँ गर्ने शिपका का...









