बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका
नवलपरासी,२० फागुनजिल्लाको सुस्ता गाउपालिकाले बालविवाह मुतm गाउपालिका बनाउनलागि कार्ययोजना बनाउने कार्यलाई तिब्रता दिइएको छ । बालविवाह मुतm गाउपालिकाको रुपमा चिनाउनका लागि पहिलो चरणमा सबै सरोकारवाला र अभिभावकहरु विच अन्तरक्रिया गर्दै राय सुझाव लिइने कार्यलाई तिब्रता दिइएको गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका हुन् ।शनिवार गाउपालिका भित्रका सक्रिय अभिभावक,विवाह गराउने पण्डित,मौलबी,महिला स्वास्थ्य सेविका,प्रहरी,शिक्षक,बालक्लब र किसोरी समुह तथा जनप्रतिनिधि सहितको कार्यशाला गरि सो कार्य शुभारम्भ गरिएको अध्ययक्ष उपाध्यायले जानकारी गराएका थिए । जिल्लाको पिछडिएको समुदायको बसोबास रहेको सुस्ता गाउपालिका भित्र अहिले पनि बालबिवाह हुने गरेको अवस्थालाई निर्मुल पार्नका लागि बालविवाह मुतm गाउपालिका घोषणा गर्नका लागि काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । ग...









