कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट) र रामग्राम स्तुप परिसरमा ‘हजार बत्ति’ बालियो
नवलपरासी, २२ कातिक,जिल्लाको प्रमुख दुई बौद्ध तिर्थ स्थलमा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा यो बर्ष देखी यि प्रमुख दुई बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो ।
पिस क्लब इन्टरनेसनलको आयोजनामा स्तुपा परिसरमा हजार बत्ति बालिएको थियो,भने अनोमाघाटमा सुस्ता गाउपालिकाकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको थियो । भगवान गौतम बुद्धको अस्तुधातुमा धातु प्रार्थना गरि हजार बत्ति बालिएको क्लबका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । अगामी बर्षमा मेलाको समेत आयोजना गरिने छ । त्यसै गरि सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) म...










