कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट)मा “हजार बत्ति बाल्ने” कार्यक्रम
नवलपरासी,जिल्लाको सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गर्ने भएको छ । परापुर्वकाल देखी कातिक पुर्णिमामा मेला लाग्दै गएको तर पछिल्लो समय बौद्ध तिर्थ स्थलको रुपमा अनोमाघाट त्यही भएको घोषणा पश्चात बौद्ध मान्यता अनुसारका कार्यक्रम थपिने क्रममा यो बर्ष देखी पुर्णिमाको साझ हजार बत्ति बाल्ने कार्यक्रम राखिएको गाउपालिकाले जनाएको हो ।नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । अहिलेको कातिक पुर्णिमा बौद्ध मान्यता अनुसार धेरै महत्वपुर्ण दिन रहेकोले त्यसलाई ब्यापकता दिनका लागि हजार बत्ति बाल्ने कार्यक्रम आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । कातिक पुर्णिमा कातिक २२ गते परेको छ । यसका लागि गाउप...










