सुस्ता गाउँपालिका

सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिएको अनोमा घाटको विकासका लागि डिपिआर बनाउदै सुस्ता गाउपालिका
समाचार, सुस्ता गाउँपालिका

सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिएको अनोमा घाटको विकासका लागि डिपिआर बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,५फागुनजिल्लाको सुूस्ता गाउपालिकाले सिद्धार्थ गौतमले सन्यास धारण गरेको(महाभिनिष्क्रमण स्थल) अनोमाघाटलाई बुद्धधाम बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउने कार्य अगाडी सारेको छ । सिद्धार्थ गौतमले बोधि प्राप्तीको लागि सन्यास धारण गरि पहिला पाइला टेकेको स्थल अनोमा नदीको अनोमाघाट(ठाढीघाट) भएको ऐतिहासिक आधार फेला परे पछि नेपालको बोधगयाको रुपमा विकास गर्नका लागि डिपिआर तयारी थालेको हो ।डिपिआरका लागि चालु आर्थिक बर्षमा १० लाख रुपिया बिनियोजन भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए । चाडै नै डिपिआर बनाउने परामर्शदाता खोजेर डिपिआरका कार्य प्रारम्भ हुन्छ,उनले भने, त्यस पछि डिपिआर अनुसार नै गाउपालिका लगायत प्रदेश सरकार,संघिय सरकार तथा विभिन्न अन्तराष्ट्र्रिय दातृनिकायसंग समन्वय गरि काम अगाडी बढाइने छ । उनका अनुसार परामर्शदाता कम्पनीसँग सम्झौता गर...
गण्डक नहर सिचाई प्रणालीको राष्ट्रिय योजना आयोगको टोलीले गर्यो स्थलगत अवलोकन
समाचार, सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीको राष्ट्रिय योजना आयोगको टोलीले गर्यो स्थलगत अवलोकन

नवलपरासी,२ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र त्यससँग जोडिएका अन्य समस्याबारे बुझ्न राष्ट्रिय योजना आयोगको टोलीले स्थलगत अध्ययन गरेको छ । आयोगका सदस्य प्रोफेसर डा.शुरेन्द्र लभ कर्ण र रिसर्च एसोसिएट शसीशु नायक सहितको नेतृत्वमा आएको टोलीले गण्डक नहरको मुहान देखी शाखा प्रशाखामा रहेका संरचनागत समस्याका साथै डुबानको अवस्थाबारे पनि अध्ययन अवलोकन गरेको हो ।गण्डक नहरको इतिहासमै अहिले पहिलो पटक भारतिय नहरमा पानी नगए पनि नेपाली नहरमा पानी भारतिय पक्षले छाडेको कार्य सकारात्मक भए पनि अझै पानीको सतह निर्धारणमा समस्या कायमै रहेको बताइएको थियो । नहरको मुहानमा रहेका तिन वटा ढोका मध्ये दुई ढोकाबाट मात्रै पानी आउने गरेको छ । अझ एउटा ढोका बन्द अवस्थामा नै रहेको आयोगको टोलीलाई सिचाई प्रणाली कार्यालयका प्रमुख इन्जिनियर रंधिर कुमार शाहले देखाएका थिए । २०१६ सालमा गण्डक नदीले गर्ने डुबान कटान नियन्त्रणका ...
पिस क्लब इन्टरनेसनलद्धारा नवलपरासीको अनोमा घाटमा मनाइयो महानिभिष्क्रमण दिवस
समाचार, सुस्ता गाउँपालिका

पिस क्लब इन्टरनेसनलद्धारा नवलपरासीको अनोमा घाटमा मनाइयो महानिभिष्क्रमण दिवस

नवलपरासी,जिल्लाको सुस्ता ५ स्थित अनोमा घाटमा असार पुर्णिमाको अवसर पारेर भगवान बुद्धको महाभिनिष्क्रमण दिवस मनाइएको छ । पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीको आयोजना र सुस्ता गाउपालिकाको सहयोगमा सो दिवस मनाइएको हो ।सिद्धार्थ गौतम सत्य र शान्तिको खोजका लागि असार पुर्णिमाको राती कपिलबस्तु दरबारबाट पुर्व दिशा तर्फ निस्के र घोडामा सवार सिद्धार्थ सारथी छन्नासँगै हिड्दै जादा अनोमा नदी अर्थात गण्डकी नदीको किनारमा पुगे । अनोमा नदी कन्टक घोडा घाटमा पगेर उभियो,अर्थात भोजपुरी भाषामा (ठढा भयो) त्यही बेला देखी सो घाटलाई ठाढी घाट भनेर चिनिदै आएको छ । अहिले बुद्ध दर्शनको अध्ययन गर्दै जादा नारायणी नदी किनारमा रहेको ठाढी घाट नै अनोमा घाट भएको पत्ता लागे पछि सो स्थान बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्नु पर्ने आवश्यकता औल्याउदै पिस क्लब इन्टरनेसनलका अध्यक्ष सम्भु उपाध्यायले असार पुर्णिमाको अवसर पारेर उतm कार्यक्...