सुस्ता गाउँपालिका

बर्थिगँ सेन्टर थप गरि घुम्ति चिकित्सा सेवा शुभारम्भ गर्दै सुस्ता गाउपालिका
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

बर्थिगँ सेन्टर थप गरि घुम्ति चिकित्सा सेवा शुभारम्भ गर्दै सुस्ता गाउपालिका

नवलपरासी,७ माघजिल्लाको सुस्ता गाउपालिकाले सुस्तामा ‘आमा शुरक्षा अभियान’ अन्तरगत बर्थिगँ सेन्टर विस्तारसँगै घुम्ति सेवामा चिकित्सक परिचालन गर्ने भएको छ । समाज कल्याण परिषदको समन्वयमा सो अभियान सञ्चालन गर्दै गाउपालिकाले गाउमै सुरक्षित सुत्केरी गराउनका लागि बर्थिगँ सेन्टर र गर्भवति हुदा देखी नै नियमित चिकित्सय परामर्श तथा उपचारका लागि चिकित्सक परिचालन गर्ने जनाएको हो ।गाउपालिकामै भिडियो एक्सरे सेवा दिदै आएको र विद्यालयमा आमा अभिभावक शिक्षा सञ्चालन गर्दै आएको सुस्ता गाउपालिकाले अहिले आमा शुरक्षा अभियानलाई शसतm बनाईने गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । उनका अनुसार सो अभियान अन्तरगत बर्थिगँ सेन्टर सञ्चालन गरि जिरो होम डिलेभरी(घरमा सुत्केरी हुने अवस्था सुन्य बनाउने) योजना सफल बनाउनका लागि बर्थिगँ सेन्टर सुस्ता गाउालिकाको ५ नंम्बर वार्डमा स्थापना गरिने छ । त्यसै गरि गाउपालिकामा भिडियो एक्...
सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क

नवलपरासी,२५ पुसपटक पटक भारतिय पक्षको अतिक्रमणको चपेटामा पर्ने गरेको नेपाली सुस्ता भुमिमा सुस्ता शहिद पार्क बन्ने भएको छ । सुस्ता गाउपालिका वार्ड नं.५ स्थित नारायणी नदी पारी रहेको सुस्ता भुमिमा केन्द्रिय कार्यक्रम अनुसार नै शहरी तथा भवन कार्यालय मार्फत सो शहिद पार्क बन्न लागेको हो ।करिब पाँच करोडको लागतमा सुस्तामा शहिद पार्क बन्न लागेको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । त्यसका लागि सुस्ता स्थित प्रहरी कार्यालय परिसर भित्रकै जग्गा प्रयोग गरिने छ,उनले भने,त्यसको लगानी केन्द्रिय स्तरकै हो । गाउपालिकाले सहजीकरण मात्र गर्दै आएको छ । सुस्ता भुमि बचाउनका लागि बेला बेलामा स्थानियले आन्दोलन गर्दा दर्जन ब्यतिmले ज्यान गुमाई सकेका छन् । एक जनाको काठमाडौँमै आन्दोलन गर्दा ज्यान गएको थियो, सोही क्षेत्रका लुम्बिनी प्रदेश साँसद तथा संविधानसभा सदस्य समेत रहेका दे...
सुस्ता गाउपालिकाले शुभारम्भ गर्यो ‘आमा अभिभावकलाई शिक्षा’
समाचार, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकाले शुभारम्भ गर्यो ‘आमा अभिभावकलाई शिक्षा’

नवलपरासी,१३ पुसजिल्लाको सुस्ता गाउपालिकाले पालिका भित्रका प्राथमिक तथा आधारभुत विद्यालयहरुमा विद्यार्थीका आमालाई आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । स साना बालबालिकालाई घर देखी विद्यालयसम्म र उनीहरु प्रति आमा अभिभावकले गर्ने ब्यवहार परिवर्तन गराउने उदेश्य लिई विद्यालयमा आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।असल विद्यार्थी बन्नका लागि घरबाटै असल बालबालिका बन्नु पर्छ,असल बालिका बन्नका लागि असल आमा हुनु पर्छ मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । स साना बालबालिकाहरु आमासँगै धेरै समय विताउछन्,उनी भन्छिन्,विद्यालयका शिक्षकले सिकाउने कुरा भन्दा बालबालिकाहरु आमाले गर्ने ब्यवहारबाट धेरै कुरा सिक्ने गरेका छुन्छन । त्यो भएर पहिला आमाले नै बालबालिकासँग कसरी ब्यवहार गर्ने कुरा सिकाउन आवश्यक छ । असल अभिभावकका लागि असल आमा बन्न जरुरी छ,उ...
भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग
समाचार, सुस्ता गाउँपालिका

भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग

नवलपरासी,१२ पुसनेपाल गण्डक बाँध अन्तरगत भारतिय मुख्य पश्चिम गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्नु पर्ने माग स्थानियले गरेका छन् । नहरको छेउमा रहेको सडकहरुको मर्मत सम्भार नहुदा र सडक फराकिलो नगर्दा दुर्घटना हुने क्रम बढेको हुदा सरोकारवालासँग स्थानियले माग गरेका हुन् ।भारतयि गण्डक नहर नेपालको गण्डकी प्रदेशको त्रिवेणीधाम देखी सुस्ता गाउपालिका हुदै प्रतापपुर गाउपालिकाको झुलनीपुरसम्म झण्डै १९ किलोमिटर दुरी नेपाली भुमि भएर भारतको उत्तर प्रदेश जान्छ । नहर निर्माण हुदा नहरको डिलमा र नहरको छेउ भएर दुई÷दुई लैनको पक्कि सडक थियो,तर अहिले नहर छेउको सडक पुर्णतः जिर्ण भई सकेको सुस्ता गाउपालिकाका स्थानिय रामु अर्यालले बताए । माथिल्लो डिलको सडक पनि मर्मत भएको दशक भयो,उनले भने,धेरै स्थानमा सो सडक पनि भत्किसेको छ । जिर्ण भई सकेको छ । यसले दुर्घटना निम्त्याएको छ । सडककै कारण दर्जनौ ब्यतिm दुर्घटनामा परेर ज्...
यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार
समाचार, सुस्ता गाउँपालिका

यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार

नवलपरासी,११ पुुसयहाँका एक युवाले बैदेशिक रोजगारको क्रममा सिकेको शिपलाई आफ्नै गाँउ उपयोगमा ल्याएका छन् । जिल्लाको सुस्ता गाउपालिका ४ गोकुल नगरका युवा शिव कुमार लोहारले बैदेशिक रोजगारको क्रममा सिकेको शिप गाउमा उपयोगमा ल्याएका हुन् ।लोहर विगत केही बर्ष भारतमा काम गर्न गएका थिए । पछि उनी साउदी अरबमा बैदेशिक रोजगारीको क्रममा पुगे । त्यहाँ उनले बेल्डिँग गर्ने शिप पनि सिके । सोही शिप अनुसार उनी चार बर्षसम्म वेल्डिगँको काम गरे । अहिले उनी आफ्नै गाँउमा फर्केका छन् । हुन त फलाम(लोहा)को काम गर्ने लोहार उनको पुर्खाैली पेशा पनि हो । तर पुखौली पेशा अनुसार उनी समान्य घरमा स साना आरन चलाएर काम गरेका थिए । तर पछिल्लो समय प्रविधिको विकास पनि हुदै जादा उनी आफुलाई आफ्नो पुर्खौली पेशालाई स्तोरन्ती पनि गरेका छन् । साउदीबाट फर्केर उनी ७ लाखको लगानी गरि आफ्नै घरमा वेल्डिँग गर्ने गरेका छन् ।वेल्डिगँ गर्ने शिपका का...
सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग
समाचार, सुस्ता गाउँपालिका

सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग

नवलपरासी,९पुसजिल्लाको पुर्वि क्षेत्रका किसानले सरकारबाट अनुदान भन्दा उत्पादित कृषि उपजको बजार ब्यवस्थापन गरि दिन माग गरेका छन् । सृजना कृषक समुह सुस्ता ४ नरसही गोकुल नगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषकहरुले सो माग गरेका हुन् ।कृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा सो क्षेत्रमा आलु प्रवद्र्धन कार्यक्रमको सार्वजनिक सुनुवाई गर्ने क्रममा पुगेका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरी सहितको कृषि विज्ञ टोलीसँग किसानहरुले अनुदान भन्दा बजार ब्यवस्थापनमा सहजी करण गरिदिनका लागि माग गरेका थिए । उखु,केरा जस्ता नगदेबाली खेती हुने उतm क्षेत्रमा आलुबालीको पनि प्रयाप्त सम्भावन देखिएको छ । केरा भित्र पनि आलु खेती गर्न सक्ने र बालुवामा पनि आलु खेतीको उपज राम्रै देखिएको थियो । बाली नालीमा सरकारी अनुदान लिन प्रकृयागत जटिलताका कारणले बेलामा पाउने अनुदान नपाउदा समस्या दर...
‘सुस्ता नमुना ताल’ बनाउन गाउपालिकाले छुट्टयो ५० लाख बजेट
समाचार, सुस्ता गाउँपालिका

‘सुस्ता नमुना ताल’ बनाउन गाउपालिकाले छुट्टयो ५० लाख बजेट

नवलपरासी,९ पुसजिल्लाको सुस्ता गाउपालिकाले ‘सुस्ता नमुना तालका’ लागि ५० लाख बजेट बिनियोजन गरि ताल संरक्षणमा लागेको छ । पालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रुपमा संरक्षण गर्नका लागि लागत सहभागिता रकम विनियोजना गरिएको जनाएको हो ।सुस्ता गाउपालिका कुडिया र नर्सही गाउको विचमा रहेको जलासयलाई तालको रुपमा ब्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । बर्षाै देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उतm जलासयमा गोही लगायतमा बिभिन्न जलचरहरु रहेका छन् । पटेरले भरिएको छ । सो जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रुपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानिय रामु अर्यालले जानकारी गराए । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । विचमा बेवारिसे जस्तै ...
पहिलो पटक गण्डक नहर मर्मतमा सुस्ता गाउपालिकाको लगानी
समाचार, सुस्ता गाउँपालिका

पहिलो पटक गण्डक नहर मर्मतमा सुस्ता गाउपालिकाको लगानी

नवलपरासी,७ पुुसजिल्लामा पहिलो पटक सुस्ता गाउपालिकाले किसानलाई सिचाई सुविधामा सहज होस भनेर गण्डक नहरमा लगानी गरेको छ । किसानलाई जेबाट सजिलो सुविधा हुन्छ,त्यसै क्षेत्रमा लगानी गर्नु पर्ने मान्यताले सुस्ता गाउपालिकाले गण्डक नहरको प्रशाखा मर्मतमा लगानी गरेको हो ।धेरै पालिकाले सिचाईको नाममा बोरिगँ,पम्पिगँसेट लगायत अन्य सिचाई पुर्वाधारमा रकम खर्चने तथा गण्डक नहरको शाखा प्रशासनको मर्मतका कुरा आउदा गण्डक परियोजनाले बनाउने भन्दै तर्कने गरेका छन् । तर सुस्ता गाउपालिका भित्र पर्ने गण्डक नहर अन्तरगतको पिपरपाती प्रसौनी नहर सिचाई प्रणालीबाट सुस्ताको कुडिया गाँउका किसानलाई सिचाई गर्ने प्रशाखा नहरको सफाई र मर्मतमा लगानी गरेको हो । करिब १० लाखको लागनीमा सो नहर प्रणालीबाट कुडिया गाँउ तर्फ जाने रुपौलिय पुल नजिकै भत्किएको अवस्थामा रहेको प्रशाखा नहर मर्मत गराउन थालेको गाउपालिकाले जनाएको छ ।गण्डक परियोजनालाई प्...
सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल
समाचार, सुस्ता गाउँपालिका

सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल

गण्डक नदीको पुल निर्माण ढिलाईले सुस्ताबासीलाई सास्ती नवलपरासी, सात बर्षमा पनि सुस्ताको झेलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । ठेकदारको लापर्वाहीका कारण हालसम्म झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्न परेको हो । पुल निर्माणमा हुने ढिलाईका कारण अझै जोखिमपुर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका स्थानियबासीले गुनासो समेत गरिरहेको नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) देवकरण कलवारले बताए । आफु संविधान सभा सदस्य हुदा नै पहल नेपाल सरकारसँग पहल गरि सुस्तामा पुलको योजना पार्न लगाएको दाबी गर्दै यस क्षेत्रका जनप्रतिनिधिले बेलामा पहल नगरिदिदा पुल निर्माणमा ढिलाई भई रहेको थियो । अहिले आफु पुन? प्रदेश साँसदमा निर्वाचित भएको छु,साँसद कलवारले भने,मेरो पहिलो दायित्व पुलको छिटो भन्दा छिटो निर्माण गराई सुस्ताबासीको समस्या समाधन तर्फ लाग्नु हो । ठेकेदा...
निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र
समाचार, सुस्ता गाउँपालिका

निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र

नवलपरासी,२३ मंसिर,निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत डेढ बर्ष देखी अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो ।निर्माण ब्यवसायिले सम्झौता गर्ने,निर्माणका लागि पेश्कि रकम पनि बुझ्ने र निर्माण स्थलमा बोर्ड गाडेर सम्पर्क विहिन बनेका थिए । निर्माण ब्यवसायि सम्पर्क विहिन भएकोले सुस्ता गाउपालिकाले पेश्कि रकम फिर्ता लिन बैंकलाई पत्राचार गर्दा उल्टै उच्च अदालतबाट रकम रोकाउनका लागि आदेश जारी गराएर लापरवाहीको सिमा नाघेको गाउपािलकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । २४ महिना भित्र निर्माण कार्य सम्पन्न गर्न भनेर २०७८ असार ७ गते सम्झौता भएको थियो । निर्माण ठेक्का सकार गर्ने प्राकृतिक,कश्यप,समिर जेभि रामग्रामले ठेक्का सकार गरेको थियो । काम गर्ने निर्माण ब्यवसायि संघ नव...