उज्यालो सुस्ताका लागि निर्मित सौर्यउर्जा प्लान्टका रकम सुस्ता गाउपालिकालाई
नवलपरासी,१ मंसिरपटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको जिल्लाको सुस्ता गाउपालिका स्थित सुस्ता भुमिमा रहेको सौर्य उर्जा वापतको रकम गाउपालिकाले पाउने भएको छ । सुस्तामा रहेको सौर्य उर्जा प्लान्टको विद्युत विक्रि वापत रकम अब गाउपालिको पाउने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको हो ।सुस्ता भुमिलाई जोड्ने झोलुगेँपुल(सस्पेन्सन ब्रिज) निर्माण भई उत्घाटन समेत भई सकेको र सोही पुल मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाईनले विद्युत आपुर्ति गर्ने भए पछि सौय उर्जा प्लान्टको विद्युत वापतको रकम गाउपालिकालाई दिईने केन्द्रले जानकारी गराएको हो । सुस्तालाई उज्यालो बनाउन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सुस्ता भुमिमा केही बर्ष पहिला सौर्य उर्जा प्लान्ट जडान गरेको थियो । अहिले विद्युत प्राधिकरणको राष्ट्रि प्रशारण लाईनकै विद्युत पुगि सकेको छ, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जि...










