बर्षायाममा डुबान पर्ने गरेको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट अग्लो बनाउन सुझाव
नवलपरासी,२ भदौनेपालको बोधगया चिनाउदै प्राचिन अनोमा (गण्डकी) नदी किनारको अनोमाघाट बर्षेनी डुबानमा पर्ने गरेको हुदा सो क्षेत्रको विकास पुर्वाधार बनाउनु पुर्व अग्लो बनाउन आवश्यकता स्थानियले औल्याएका छन् । जिल्लाको सुस्ता ५ स्थित ठाढीघाटले परिचित अनोमाघाट तिन महिनासम्म नदीमा आउने बाढीले डुबान गर्ने हुदा सो स्थान अग्लो बनाउनु पर्ने स्थानिय संजिव शर्माले औल्याएका हुन् ।उनका अनुसार अनोमाघाट बर्षायाममा डुबानमा पर्ने गरेका छन्,उनले भने, अनोमाघाटमा रहेको बुद्धको मुर्ति तथा अन्य साँधु सन्तहरु बस्ने भवनहरुको वरिपरि पानीले घेर्ने गरेको छ । पानीमा बग्दै आउने सर्प लगायतका किरा फट्याँग्राहरुले ति स्थानमा बस्नेलाई जोखिम देखिन्छ । अनोमाघाट प्रचारमा आए देखी त्यहा बाहिरी पर्यटक तथा अनुसंधानकर्ताहरु आउन थालेका छन्,तर उनीहरुले बस्ने बास स्थान नै शुरक्षित नभए पछि कसरी पर्यटन प्रवद्र्धन हुन सक्छ । प्रचार प्रसार भ...










