केरा मासेर गहुँ खेती तर्फ नवलपरासीका केरा किसान
नवलपरासी,२४ मंसिरसरकारी वेवास्ता र केरामा देखिने विभिन्न समस्याले आजिज भएका जिल्लाका किसान अहिले केरा मासेर गहुँ खेती गर्ने क्रम बढेको छ । ठूलो लगानी र कठिन परिश्रम गर्दै कृषि कर्म गरेर उत्पादन गरेका केरा बजारमा मुल्य नपाउदा केरा खेती प्रति नैराश्यता बढदै जादा केही किसानले केरा मासेर अन्य गहुँबाली गर्न थालेका हुन् ।आफुले स्थानिय विद्यालयको जग्गा भाडामा लिई नगदे केरा खेती गर्दै आएको तर अहिले लगानी भन्दा कम मुल्य केराबाट पाउने अवस्था आए पनि जोतेर गहुँ छरेको देखाए । केरा मासेर गहुँ छरेको छु, गहुँ सिचाई गर्दै गरेका सुस्ता गाउपालिका बलिनगरका नन्द प्रसाद भण्डारीले भने, केरामा खासै फाईदा भएन्, नगदेबाली भएका कारण सस्तोमा भए पनि बेच्नु पर्ने अवस्था हुन्छ । केरालाई भण्डारण गर्नु चुनौती छ, उनले थपे,तर गहुँ तँ मुल्य नपाए पनि भण्डारण गरेर राख्न सक्ने अवस्था हुन्छ । भण्डारीले छिेमकी ४ जना पनि १०।१० कट्ठ...










