बुद्ध प्रबज्या स्थल अनोमाघाटमा लुम्बिनी उपमेयर कल्पना हरिजनको अवलोकन भ्रमण
नवलपरासी,९ कातिकसिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले अवलोकन भ्रमण गरेकी छिन् । यहिँ बर्ष नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि विभिन्न क्षेत्रको पनि चाँसो बढदै गएको र सोही क्रममा सिद्धार्थको जन्मस्थल भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर हरिजनले सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थानको अवलोकन गरेकी हुन् ।सिद्धार्थ गौतमको जन्म र गृह त्याथ गरि आफ्ना राजसी पद परित्याग गरि प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजी निस्केका थिए । बुद्धको मानविय रुपमा जन्म लिएको लुम्बिनी र बोधीको खोजका लागि औपचारिक रुपमा राजसी पद त्याग गरि ज्ञानको खोजीका लागि महाभिनिष्क्रमण लिएको यो अनोमाघाट दुबै सिद्धार्थको जिवनको महत्वपुर्ण स्थल भएको बताउदै उनले यो स्थानमा पहिलो पटक आएको बता...










