सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकालाई प्राप्त भयो दमकल, स्थानियमा उत्साह
नवलपरासी,१४ कातिकजिल्लाको सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकामा दमकल प्राप्त भए पछि गाउपालिका सहित स्थानिय उत्साही भएका छन् । जापान सरकारको सहयोगमा देशका ६ गाउपालिकालाई दमकल उपलब्ध गराउने मध्ये नवलपरासीका दुई पालिकाले उतm सहयोग पाए पश्चात गाउपालिका र स्थानियमा उत्साह थपिएको हो ।आगलागीको बोला आगो निभाउन बाहिरबाट दमकल मगाउदा ढिलाई हुने र दमकल आउदा आउदै धनजनको क्षति भएर जाने समस्या दमकलले हट्ने विश्वास सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले बताईन् । दमकलका लागि आफु निरन्तर प्रयास र पहल गर्दै आएको र अहिले दमकल प्राप्त भएकोमा उनले खुशी ब्यतm गरिन्,जनता विच गरिएको बाचा जापान सरकारको सहयोगले पुरा भएको छ । पालिका स्रोतबाट दमकल खरिद गर्दा पालिकाकै स्रोत खर्च गर्नु पर्ने हुन्थ्यो,उनले भनिन्,तर पहल गरेर सहयोगमै दमकल पाइयो,यस्ले गाउपालिकाको आर्थिक स्रोतमा बचत हुने भएको छ । दमकल पनि गाउपालिकाले नै सञ्...










