समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिक्तम उपयोग गर्दै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिक्तम उपयोग गर्दै सरावल गाउपालिका

नवलपरासी,४ पुसजिल्लाको सरावल गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आएको रकमको अधिक्तम उपयोग गरि सरसफाई,विकास निर्माण क्षेत्रमा काम गराउदै आएको छ । कम आन्तरिक स्रोत भएको गाउपालिकाले सिमित साधन स्रोतलाई अधिक्तम उपयोगमा ल्याउने सम्वतःजिल्लाको पहिलो गाँउपालिकाको रुपमा रहेको गाउपालिकाले दाबी गरेको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको अनुदान रकमलाई अहिलेसम्म कुलो,नहर सफाई,विद्यालयमा रंगरोगन,धार्मिक तथा पर्यटकिय क्षेत्रको सरसफाईसँगै ब्यवस्थापन कार्यमा श्रमिक लगाउने कार्य गर्दै आएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी गराए । सबै भन्दा कम आन्तरिक आय स्रोत भएको पालिको हो,उनले भने,त्यो भएर सरकारी अनुदानको अधिक्तम उपयोग गर्ने नीति लिएका छौ । गाउपालिका अन्तरगत रहेका रोजगार शाखा,स्वास्थ्य शाखा,शिक्षा शाखा,सहरकारी शाखा,कृषि शाखा,पशु सेवा शाखा लगायतका शाखाका लागि आउने सं...
एम्नेष्टी इन्टरनेसनल समूह ३१ द्वारा हस्ताक्षर संकलन अभियान
समाचार, सरावल गाउँपालिका

एम्नेष्टी इन्टरनेसनल समूह ३१ द्वारा हस्ताक्षर संकलन अभियान

नवलपरासी , ४ पुस एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीद्वारा हस्ताक्षर संकलन अभियान कार्यक्रम सुरु गरिएको छ। एम्नेष्टी ईन्टरनेशनलले बिश्वमा भएका मानव अधिकार उललङ्घनका घटनालाई समेटेर प्रतिबेदन सार्वजनिक गरेपछि नेपालमा पनि यस्ता घटनाहरुलाई निरुत्साहित गर्ने उदेश्यले “राईट्स फर राईट्स २०२२”अन्तर्गत रहेर कार्यक्रम गरीएको आयोजकले जनाएको छ । संकलित हस्ताक्षर प्रधानमन्त्री कार्यलयमा बुझाउने र सरकारलाई यस्ता मानव अधिकार उल्लङ्घनका घटनाप्रति ध्यानाकर्षण गराउन र मानवअधिकारकाे हकहितका लागि हस्ताक्षर अभियान सुरु गरिएको थियाे। हस्ताक्षर संकलन अभियान अन्तर्गत नवलपरासीको पवन मा. बि परासीमा साेमबार हस्ताक्षर संकलन कार्यक्रम गरिएको हाे। एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीकाे अायाेजनामा समूहका अध्यक्ष सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा पवन मा. बि का प्र.अ अरबिन्द पाठककाे प्रमुख अातिथ्यतामा अाज कार्यक...
उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरावल गाउपालिकाद्धारा छात्रवृति प्रदान
समाचार, सरावल गाउँपालिका

उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरावल गाउपालिकाद्धारा छात्रवृति प्रदान

नवलपरासी , ३ पुसजिल्लाकोे सरावल गाउँपालिकाले पालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको छ । गाउपालिकाले एक समारोहको आयोजना गरि २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको हो ।छात्रवृत्ति छनौट समिति तथा सरावल पालिका उपाध्यक्ष बासमती हरिजनको अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा छात्रवृत्ति वितरण गरिएको थियो । सरावल गाउँपालिका र एबिसि नेपालको संयुक्त लगानीमा २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । उच्च शिक्षामा अध्ययन गर्ने बालबालिका यसै गाउपालिकाका नागरिक हुन्,उनले भने,गाउपालिकाको थोरै प्रोत्साहन रकमले उनीहरुको अध्ययनमा सहयोग मात्रै होईन,अध्ययन प्रति उत्साही बनाउने छ ।विद्यार्थीह...
महेशपुर—त्रिवेणी सडकलाई ‘नेपाल—भारत मैत्री मार्ग’ रुपमा निर्माण गरिनेछ ः प्रदेश साँसद कलवार
प्रतापपुर गाँउपालिका, समाचार

महेशपुर—त्रिवेणी सडकलाई ‘नेपाल—भारत मैत्री मार्ग’ रुपमा निर्माण गरिनेछ ः प्रदेश साँसद कलवार

नवलपरासी,३ मंसिरजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर त्रिवेणी सडकलाई नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि निर्माण गरिने सो क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । सो सडकमा नेपालीसँगै भारतिय नागरिकहरुको आवागमन हुने हुदा नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि काम हुनु पर्ने नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य देवकरण जैसवाल(सन्तु)ले बताएका हुन् ।उनका अनुसार भारतिय सिमासँग जोडिएको उतm सडक लुम्बिनी प्रदेशमा पर्ने महेशपुर भन्सार नाका देखी गण्डकी प्रदेशको त्रिवेणी नाका जोड्ने सडक हो । नेपालको लुम्बिनी र गण्डकी प्रदेशलाई सडकले जोडेको छ,उनले भने,नेपालको मात्रै होईन,भारतको उत्तर प्रदेश र विहार प्रदेशलाई पनि जोड्ने सडक पनि हो । यस सडकमा नेपाली भन्दा भारतियले आवागमन गर्ने गरेका छन्, उनले थपे, यो सडक प्राचिन काल देखी नै चल्ने गरेको भए पनि नेपाल सरकार र भारत सरकारको ध्यान गएको छैन् । एक दशक प...
विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा
प्रतापपुर गाँउपालिका, समाचार

विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा

नवलपरासी,२ पुसकेरा खेती किसानलाई विमा कम्पनीले वेवास्ता गर्दा किसान मर्कामा परेका छन् । विमा कम्पनीले विमा प्राधिकरणको निर्देशनलाई अटेरी गर्दा विमा किसानले बिमा गर्न नपाउदा किसानलाई मर्का परेको हो ।विमा प्राधिकरण केरा किसानलाई राहत पुग्ने गरि बाली बिमा गर्न निर्देशन दिएको तर बिमा कम्पनीले सो निर्देशनलाई उपेक्षा गरेको आरोप समेत जिल्ला स्थित केरा उत्पादक कृषक संघले जनाकारी गराएको छ । केराको विषयमा बिमा प्राधिकरणको बिमा कम्पनीलाई निर्देशन प्रति केरा उत्पादक संघले विज्ञप्ती जारी गरी आपत्ती समेत जनाएको छ । नेपाल बिमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । जिल्लाका केरा किसानहरु विगतका बर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिईरहेका बेला बिमा प्राधिकरणको प्...
जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितका लागि जेमोड फाउण्डेसन गठन
रामग्राम नगरपालिका, समाचार

जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितका लागि जेमोड फाउण्डेसन गठन

नवलपरासी,२ पुसजिल्ला स्थित जनजाती,मुस्लिम,पिछडावर्गको हक हितका लागि (जेमोड) फाउण्डेसन नामक सस्थाको गठन गरिएको छ । शनिवार परासीमा दलित समुदायका बुद्धिजिवि,समाजसेवी र राजनीतिककर्मीहरुको एक भेलाले जनजाती,मुस्लिम,पिछडाबर्ग र दलित समुदायलाई राज्यको निकायमा समावेशी गराउने र शसतिmकरण गर्ने उदेश्यले काम गर्नका लागि संगठनको आवश्यकता महशुस गर्दै सो जेमोड फाउण्डेसन गठन गरिएको हो ।संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनको संयोजकत्वमा भएको उतm कार्यक्रमले अगामी पुस १६ गते विस्तारित भेला गरि जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितमा काम गर्ने गरि फाउण्डेसनले कार्यपत्रको प्रस्तुती गराउने कार्यक्रम समेत तोकेको संयोजक पुर्व साँसद हरिजनले जानकारी गराए । संविधान कार्यान्वयन र समावेशीकरणका लागि आयोजना गरिएको अन्तरसंवाद कार्यक्रम पश्चात संगठन बनाउन आवश्यकता महशुस गरियो, पुर्वसाँसद हरिजनले भने, यसला...
नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप
प्रतापपुर गाँउपालिका, समाचार

नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप

नवलपरासी,२ पुुसजिल्ला भित्र अहिले ठाँउ ठाँउमा निर्माण कार्यमा अनियमितता भई रहेको भए पनि नियमन गर्ने निकाय मौन रहेको आरोप स्थानियबासीले लगाएका छन् । जिल्ला अनुगमन सिमिति होस वा जिल्ला भित्रका भए गरेका गतिविधिका लागि जनप्रतिनिधि मुलक निकाय जिल्ला समन्वय समिति(जिसस)ले समेत ति अनियमितता प्रति ध्यान नदिनु प्रति स्थानियले आश्चर्य ब्यतm गरेका हुन् ।जिल्लाको प्रमुख मार्ग हुलाकी राजमार्ग निर्माणमा कमसल इटको प्रयोग होस वा महेशपुर मुल भन्सार जोड्ने सडकको ढल दुबैमा कमसल समाग्रि प्रयोग भई रहेका छन् । कमसल समाग्रि प्रयोग गर्दा महेशपुर भन्सार जोड्ने सडकको ढल भत्किएको छ । त्यसै गरि हुलाकी सडकका पुल कलभर्ट निर्माणमा सिम इटका प्रयोग भई रहेका प्रमाण सहित विभिन्न आम सञ्चार माध्यम र समाजिक सञ्जालमा आउदा समेत नियमन गर्ने निकाय कानमा तेल हालेर बसेको आरोप स्थानियबासीको रहेको छ । अनुगमन निकाय पनि भत्ता मुखी हुदा य...
भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु
प्रतापपुर गाँउपालिका, समाचार

भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु

नवलपरासी,१ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा सिचाईका लागि जलप्रवाह शुरु गरिएको सिचाई ब्यवस्थापन कार्यालय सेमरी नवलपरासीले जनाएको छ । स्थानिय किसानको माग अनुसार नै गण्डक नहरमा पानी प्रवाह गरिएको जानकारी गराएको हो ।विगत बर्षमा भारतिय नहरमा पानी प्रवाह भए पछि मात्र नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह गरिने परम्परा थियो । तर गत बर्ष देखी तोडिएको पछि त्यसैको निरन्तरता अनुसार यो बर्ष पनि भारतिय नहर भन्दा अगावै नहरमा पानी प्रवाह भएको सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । पहिला भारतिय नहरमा पानी प्रवाह गरिए पनि मात्रै नेपाली नहरमा पानी प्रवाह हुने परम्परा थियो,उनले भने,तर गत बर्ष भारतिय पक्षसँग भारतीय किसान भन्दा नेपाली किसानलाई पहिला नै पानी आवश्यक पर्छ ।सम्झौतामै उल्लेख नभएको कुरा परम्परा बनाएर नेपाली किसानलाई मर्कामा नपार्न भनि संवाद गरियो । त्यो तर्कबाट भारतिय ...
सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल
समाचार, सुस्ता गाउँपालिका

सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल

गण्डक नदीको पुल निर्माण ढिलाईले सुस्ताबासीलाई सास्ती नवलपरासी, सात बर्षमा पनि सुस्ताको झेलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । ठेकदारको लापर्वाहीका कारण हालसम्म झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्न परेको हो । पुल निर्माणमा हुने ढिलाईका कारण अझै जोखिमपुर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका स्थानियबासीले गुनासो समेत गरिरहेको नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) देवकरण कलवारले बताए । आफु संविधान सभा सदस्य हुदा नै पहल नेपाल सरकारसँग पहल गरि सुस्तामा पुलको योजना पार्न लगाएको दाबी गर्दै यस क्षेत्रका जनप्रतिनिधिले बेलामा पहल नगरिदिदा पुल निर्माणमा ढिलाई भई रहेको थियो । अहिले आफु पुन? प्रदेश साँसदमा निर्वाचित भएको छु,साँसद कलवारले भने,मेरो पहिलो दायित्व पुलको छिटो भन्दा छिटो निर्माण गराई सुस्ताबासीको समस्या समाधन तर्फ लाग्नु हो । ठेकेदा...
प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम

नवलपरासी,२३ मंसिरजिल्लाको प्रतापपुर गाउपालिकाले जेष्टनागरिकलाई राहत पुग्ने गरि जेष्ठनागरिक दिर्घायु योजना कार्यक्रम सञ्चालन गरेको छ । गाउपालिकाको आयुर्वेद शाखाको नेतृत्वमा सो योजना सञ्चालन गरिएको हो ।जेष्टनागरिकको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आयुर्वेदिक उपचार तथा पोषणयुतm औषधी वितरण गर्नुका साथै जेष्ठनागरिकलाई परामर्श सेवा समेत दिईने गरि दिर्घायु आयोजना सञ्चालन गरिएको गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । आयुर्वेद शाखाले बनाएको योजना अनुसार गाउपालिकाले बजेट बिनियोजन गरेको थियो, उनले भने, अहिले आयुर्वेद शाखाले सो कार्यक्रम वार्ड वार्डमा पुगेर जेष्टनागरिकलाई औषधी उपचार तथा परामर्श सेवा दिइने कार्य अगाडी बढाएको छ । सिमित साधनस्रोतले लक्षित बर्गमा अधिक्तन सेवा दिने लक्ष्य अनुसार कार्यक्रम सञ्चालन भईरहेको उनको भनाई थियो ।दिर्घायु योजना अन्तरगत आयुर्वेद शाखाले अमृतचिया,च्वनप्रास,अश्वगन्...