समाचार

सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का
रामग्राम नगरपालिका, समाचार

सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजना खोलामा सिल्ट जम्मा भएर प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम हुदा आयोजना प्रभावित बनेको स्थानियले बताएका हुन् ।सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोजन...
वर्दघाट नगरपालिकाद्धारा प्राचिन हल्लिदावसन नगर(बुद्धमंगलताल क्षेत्र)को विकास पहिलो प्राथमिकतामा
बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाद्धारा प्राचिन हल्लिदावसन नगर(बुद्धमंगलताल क्षेत्र)को विकास पहिलो प्राथमिकतामा

नवलपरासी,२३ मंसिर,जिल्लाको वर्दघाट नगरपालिका भित्र रहेको बौद्धकालिन बुद्ध मंगल ताललाई पर्यटकिय गन्तब्य बनाउन नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । गत बर्ष बुद्धमंगल ताल क्षेत्र कोलिय गणराज्यको प्राचिन ‘हल्लिदावस नगर’ घोषणा समेत भई सके पछि अहिले नगरपालिकाले सो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराएका हुन् ।प्रदेश सरकारको विकास प्राधिकरणले माग गरेको नगरको मुख्य तिन वटा योजनामा दविला गाउस्थित प्राचिन हल्लिदावसन नगर बुद्धमंगलताल क्षेत्रलाई नै प्राथमिकतामा राखिएको छ, प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने, पहिलो प्राथमिकतामा राखेर एउटा योजना पर्दा पनि बुद्धमंगल ताल नै उल्लेख गरि योजना माग गरिएको छ । कम्तीमा पनि एउटा योजना पर्ला नै, उनले थपे, सो योजना परे पछि यसलाई वृहत्तर योजना बनाई संरक्षण,प्रवद्र्धन र पुर्वा...
निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र
समाचार, सुस्ता गाउँपालिका

निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र

नवलपरासी,२३ मंसिर,निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत डेढ बर्ष देखी अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो ।निर्माण ब्यवसायिले सम्झौता गर्ने,निर्माणका लागि पेश्कि रकम पनि बुझ्ने र निर्माण स्थलमा बोर्ड गाडेर सम्पर्क विहिन बनेका थिए । निर्माण ब्यवसायि सम्पर्क विहिन भएकोले सुस्ता गाउपालिकाले पेश्कि रकम फिर्ता लिन बैंकलाई पत्राचार गर्दा उल्टै उच्च अदालतबाट रकम रोकाउनका लागि आदेश जारी गराएर लापरवाहीको सिमा नाघेको गाउपािलकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । २४ महिना भित्र निर्माण कार्य सम्पन्न गर्न भनेर २०७८ असार ७ गते सम्झौता भएको थियो । निर्माण ठेक्का सकार गर्ने प्राकृतिक,कश्यप,समिर जेभि रामग्रामले ठेक्का सकार गरेको थियो । काम गर्ने निर्माण ब्यवसायि संघ नव...
प्रहरीद्धारा आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम
रामग्राम नगरपालिका, समाचार

प्रहरीद्धारा आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम

नवलपरासी,२० मंसिरजिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम २ स्थित पवन माविका बालबालिकालाई आत्महत्याबारे सचेतना दिइएको छ । आत्महत्या न्युनिकरण गर्ने उदेश्यले प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सो सचेतना कार्य गरेको हो ।उबासंघको सभाहलमा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ५ सय ५० जना बालबालिकालाई सहभागि गराई सचेतना गराइएको कार्यालयका प्रहरी नायब उपरिक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी गराएका थिए । आत्महत्या कसरी न्युनिकरण गर्न सकिन्छ,आत्महत्या रोक्न घरपरिवारको भुमिकाबारे जानकारी गराइएको डिएसपी पाण्डेलले बताए । यो सचेतना अभ्यासले बढदो आत्महत्या रोक्नमा मद्दत पुर्याउने उनको भनाई थियो ।...
समाजिक उत्तरदायित्व अन्तरगत लक्ष्मि स्टिलद्धारा सुनवल ७ लाई सय थान सडक बत्ति प्रदान
समाचार, सुनवल नगरपालिका

समाजिक उत्तरदायित्व अन्तरगत लक्ष्मि स्टिलद्धारा सुनवल ७ लाई सय थान सडक बत्ति प्रदान

नवलपरासी,जिल्लाको सुनवल स्थित लक्ष्मि स्टिल लिमिटेडले सुनवलबासीलाई १ सय थान सडक बत्ति उपलब्ध गराएको छ । उद्योगले आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उज्जयाले सुनवल अभियानलाई सहयोग हुने गरि सुनवल वार्ड नम्बर ७ लाई सो सडक बत्ति उपलब्ध गराएको हो ।आईतवार एक कार्यक्रमको आयोजना गरि उद्योगका महाप्रबन्धक(जिएम) दामोदर पौडेलले सय थान सडक बत्ति वार्ड अध्यक्ष नारायण प्रसाद अचार्यलाई हस्तानान्तरण गरेको थियो । सडक बत्तिको लागत ६ लाख रहेको जिएम पौडेलले बताए । उनका अनुसार उद्योगले बेला बेलामा आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत यस्तो समाजिक कार्यमा हातेमालो गर्दै आएको छ । यो कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएका थिए । उद्योगको समान्य लगानीले सुनवल उज्जयालो अभियानलाई मद्दत पुगेको वार्ड अध्यक्ष अचार्यले जानकारी गराएका थिए । उद्योग सोही वार्डमा सञ्चालन हुदै आएको छ ।...
स्थानियबासीको गुनासो ‘म्याद सकियो, पुल बनेन’
रामग्राम नगरपालिका, समाचार

स्थानियबासीको गुनासो ‘म्याद सकियो, पुल बनेन’

नवलपरासी, १९ मंसिर,जिल्लाको हुलाकी सडक पुल म्याद सकिए पनि पुल नबन्दा स्थानियले दुखेसो पोखेका छन् । प्राविधिक र सम्बन्धित ठेकेदारले पुल निर्माणको कार्य बेलामै नगरिदिदा समस्या भएको भन्दै स्थानियबासीले दुखेसो पोखेका हुन् ।पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिडेको भन्दै अब पुल बनाउने जिम्मेवारी कस्को ? भनि जिज्ञासा राख्ने गरेका छन् । पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ । पुल नबन्दा धेरै समस्या भएको छ, रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले भने,खोलामा पुल नहुदा यस क्षेत्रको कुईया,बडगो,घिनहा,पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई समस्या भएको छ । विरामी,गर्भवती महिलालाई उपचारका लागि परासी लैजान पनि कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्ने कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ ।...
आवधिक योजना बनाउदै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

आवधिक योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी, १९ मंसिर, जिल्लाको सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो ।गाउपालिका अन्तगरगत रहेका सबै शाखाका शाखा प्रमुखहरुलाई आवधिक योजना निर्माणका लागि प्रारम्भिक कार्यशाला शुरु गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आवधिक योजनाले बार्षिक विकास निर्माण योजना बनाउन मार्ग निर्देश गर्ने भएको हुदा पहिला वृहद रुपमा आवधिक योजना बनाउने र त्यसैको आधारमा बर्षेनी विकास योजना बनाई लागु गर्दै लैजाने उनको भनाई थियो । यसमा गाउपालिकाका सबै शाखाहरु क्रियाशिल भएर लाग्नु पर्छ, उनले भने, योजना बनाउने बेला अन्यौलतामा योजना तर्जुमा गर्नु भन्दा पहिला गाउपालिकाको विकास सम्बन्धि परिदृष्ट तयार गर्ने र सोही अनुसारको आवधिक योजना निर्माण गर्नु पर्छ । अवाधि...
सरोकारवालाको वेवास्ताले पुरातात्विक क्षेत्र पण्डितपुरमा धमाधम पक्कि घर बन्दै
रामग्राम नगरपालिका, समाचार

सरोकारवालाको वेवास्ताले पुरातात्विक क्षेत्र पण्डितपुरमा धमाधम पक्कि घर बन्दै

नवलपरासी,१७ मंसिरसरोकारवाला निकायको वेवास्ताले प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको पुरातात्विक रामग्राम (पण्डितपुर)मा अहिले धमाधम पक्कि संरचना निर्माण भईरहेका छन् । पुरातत्व विभागले नजिकै राखेको पुरातात्विक स्थलको सम्बन्धि बोर्डको उपेक्षा गर्दै स्थानियले धमाधम पक्कि निर्माण गर्दै गरेको भए पनि सरोकारवाला निकायले संरक्षण प्रति गैर जिम्मेवारी देखाउदै आएका हुन् ।विगत बर्ष देखी नै प्राचिन कोलिय गणराज्यको राजधानी भनेर पुरातत्व विदहरुले बताउदै ति स्थानको संरक्षण गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरेका थिए । सो स्थानमा नेपाल सरकार पुरातत्व विभागले सुचना समेतको होर्डिगँबोर्ड राखेको छ, एक स्थानियले भने,तर होर्डिगँबोर्ड नाम मात्रको छ । पुरातात्विक क्षेत्रमा धमाधम पक्कि घर बन्दै छन्,तर कसैले त्यस प्रति चाँसो देखाएका छैनन् । पुरातात्विक क्षेत्र प्राचिन कोलिय गणराज्यको राजधानी स...
नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना
रामग्राम नगरपालिका, समाचार

नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना

नवलपरासी,१५ मंसिरजिल्ला समन्वय समिति(जिसस) नवलपरासीले जिल्लामा नव निर्वाचित संघिय साँसद र प्रदेश साँसद जनप्रतिनिधिलाई बधाई तथा सुभकामना दिने कार्यक्रम गरेको छ । कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरि बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।कार्यक्रममा जिल्लाको चौतर्फि विकासमा अब सबै जनप्रतिनिधि जिल्ला केन्द्रित भएर लाग्न आग्रह समेत गरिएको छ । विगत देखी नै यो जिल्लाबाट शतिm पहुँचमा भए पनि जनप्रतिनिधिको काम भन्दा अ आफ्ना दलिय कार्यलाई प्राथमिकता दिने गर्दा जिल्लाको विकास ओझेलमा परेको तर अब देखी यस्तो उपेक्षा नहोस भनि चाहना समेत ब्यतm गरिएको थियो । जिल्लाको क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य(संघिय साँसद)मा निर्वाचित धु्रव बहादुर प्रधान विगतमा प्रहरी सेवाको उच्च ओहदा (आईजिपि) मा पुगेर सेवा निवृत भए पछि राजनीतिमा लाग्नु भएको थियो । विगत विगतमा पटक पटक पराजय भोग्दै आएका प्रधान अहिल...
कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) नै भएको भुभौतिक सर्वेले पुष्टयाई गर्दै
रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) नै भएको भुभौतिक सर्वेले पुष्टयाई गर्दै

नवलपरासी,१५ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम नगरपालिका वार्ड नं.१८ पण्डितपुर नै भएको पुष्टि अहिलेको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे) ले गर्ने भएको छ । विगत बर्षमा पुरातत्व विभागले अनुमानको आधारमा उत्खनन गरि बैज्ञानिक आधार र पुष्टिको पर्खाइमा अहिलेसम्म प्रतिवेदन समेत सार्वजनिक गर्न नसकिरहेको अवस्थामा हालै गरिएको भुभौतिक सर्वे गर्दा पुष्ट्याईको आधारहरु फेला परेको हो । पुरातत्व विभागको लगानीमा बेलायत दुराम विश्वविद्यालयको प्राविधिक टोलीले ६ दिनमा गरेको भुभौतिक सर्वेक्षणमा धेरै स्थानमा पुरातात्विक बस्तु रहेको देखिन थाले छ । विहिवार विश्व विद्यालयका प्रोफेसर डा.मार्कले आफै भुभौतिक सर्वेमा सहभागि थिए । धेरै राम्रो उपलब्धी भएको छ,उनले उत्साही हुदै पुरातात्विक क्षेत्र तर्फ सँकेत गरेका थिए । यो क्षेत्र सँसारका लागि महत्व पुर्ण बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । छिटै सर्वे...