समाचार

यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार
समाचार, सुस्ता गाउँपालिका

यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार

नवलपरासी,११ पुुसयहाँका एक युवाले बैदेशिक रोजगारको क्रममा सिकेको शिपलाई आफ्नै गाँउ उपयोगमा ल्याएका छन् । जिल्लाको सुस्ता गाउपालिका ४ गोकुल नगरका युवा शिव कुमार लोहारले बैदेशिक रोजगारको क्रममा सिकेको शिप गाउमा उपयोगमा ल्याएका हुन् ।लोहर विगत केही बर्ष भारतमा काम गर्न गएका थिए । पछि उनी साउदी अरबमा बैदेशिक रोजगारीको क्रममा पुगे । त्यहाँ उनले बेल्डिँग गर्ने शिप पनि सिके । सोही शिप अनुसार उनी चार बर्षसम्म वेल्डिगँको काम गरे । अहिले उनी आफ्नै गाँउमा फर्केका छन् । हुन त फलाम(लोहा)को काम गर्ने लोहार उनको पुर्खाैली पेशा पनि हो । तर पुखौली पेशा अनुसार उनी समान्य घरमा स साना आरन चलाएर काम गरेका थिए । तर पछिल्लो समय प्रविधिको विकास पनि हुदै जादा उनी आफुलाई आफ्नो पुर्खौली पेशालाई स्तोरन्ती पनि गरेका छन् । साउदीबाट फर्केर उनी ७ लाखको लगानी गरि आफ्नै घरमा वेल्डिँग गर्ने गरेका छन् ।वेल्डिगँ गर्ने शिपका का...
परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई
रामग्राम नगरपालिका, समाचार

परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई

नवलपरासी,१० पुसमहिलाले लगाउने गर्भ निरोधक सुई डिप्रो प्रोभेरा(डिपो) को सट्टा सायना प्रेस(डिएमपिइ—एससी) नामक सुईको परिक्षण हुने भएको छ । नेपाल परिवार नियोजन संघ नवलपरासीले आयोजना गरेको सायना प्रेस नामक सईबारे पत्रकारंसंग अभिमुखीकरण कार्यक्रममा जानकारी गराएको हो ।डिपो सुई भन्दा सायना प्रेस प्रभावकारी हुने भएको हुदा यहिँ जनवरी महिना देखी सो गर्भ निरोधक सुईको रुपमा महिलालाई लगाईने संघकी नर्स अंजली श्रेष्ठले जानकारी गराईन् । नेपाल सरकारले नै सो सुई परिवार नियोजन संघ मार्फत लगाउने जानकारी गराएको उनको भनाई थियो । बजारमा तिन महिना अगाडी प्रयोगमा आएको बताउदै बेल्जियम र चिन लगायतका देशमा यसको परिक्षण भई सकेको छ,उनले भनिन्,नेपालमा पनि यसको प्रारम्भिक परिक्षण भई सकेको छ । लुम्बिनी प्रदेशमा अहिले नवलपरासी र रोल्पा जिल्लाबाट यो सुई लगाउने कार्य जनवरी देखी शुरु हुन्छ । डिपोको तुलनामा सायना प्रेस सुई बढि ...
सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग
समाचार, सुस्ता गाउँपालिका

सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग

नवलपरासी,९पुसजिल्लाको पुर्वि क्षेत्रका किसानले सरकारबाट अनुदान भन्दा उत्पादित कृषि उपजको बजार ब्यवस्थापन गरि दिन माग गरेका छन् । सृजना कृषक समुह सुस्ता ४ नरसही गोकुल नगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषकहरुले सो माग गरेका हुन् ।कृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा सो क्षेत्रमा आलु प्रवद्र्धन कार्यक्रमको सार्वजनिक सुनुवाई गर्ने क्रममा पुगेका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरी सहितको कृषि विज्ञ टोलीसँग किसानहरुले अनुदान भन्दा बजार ब्यवस्थापनमा सहजी करण गरिदिनका लागि माग गरेका थिए । उखु,केरा जस्ता नगदेबाली खेती हुने उतm क्षेत्रमा आलुबालीको पनि प्रयाप्त सम्भावन देखिएको छ । केरा भित्र पनि आलु खेती गर्न सक्ने र बालुवामा पनि आलु खेतीको उपज राम्रै देखिएको थियो । बाली नालीमा सरकारी अनुदान लिन प्रकृयागत जटिलताका कारणले बेलामा पाउने अनुदान नपाउदा समस्या दर...
नगर न्यायिक समितिलाई सक्रिय बनाउदै वर्दघाट नगरपालिका
बर्दघाट नगरपालिका, समाचार

नगर न्यायिक समितिलाई सक्रिय बनाउदै वर्दघाट नगरपालिका

नवलपरासी, ९ पुसजिल्लाको वर्दघाट नगरपालिकाले स्थानिय तहमा रहेको न्यायिक समितिलाई सक्रिय बनाउनमा लागेको छ । न्यायिक समितिलाई सक्रिय बनाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने मध्यस्तकर्ताहरुको रहेको हुदा नगरपालिकाले मध्यस्कर्तालाई सक्रिय बनाउन थालेको हो ।विभिन्न वार्डबाट पुरानो मध्यस्कर्तालाई न्यायिक समितिमा नबिकरण गर्न र नयाँ मध्यस्तकर्ताका लागि आवेदन समेत खुलाएर न्यायिक समितिलाई सक्रिय बनाउन लागिएको न्यायिक समितिका संयोजक समेत रहेका नगरउपप्रमुख(उपमेयर) रुद्र प्रसाद उपाध्यायले जानकारी गराए । उनका अनुसार न्यायिक समितिको प्रगति विवरण मासिक प्रगति समिक्षा कार्यक्रम पुस ६ गतेमा समेत सार्वजनिक गरिएको छ । न्यायमा स्थानिय जनताको सहज पहुँचका लागि स्थानिय तहमै न्याययिक समिति गठन गरि न्याय निरुपण गर्ने गरि कानुनी ब्यवस्था उल्लेख गरिएको छ ।न्यायिक समिति भनेको स्थानिय सरकारको न्यायपालिका जस्तै हो,उनल...
बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार
प्रतापपुर गाँउपालिका, समाचार

बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार

नवलपरासी, ९ पुसजिल्लाको कठहवा—बेलाटारी सडक निर्माण कार्यमा अनियमितता देखिएको छ । ठेकेदारले बेलामा काम नगर्नु एउटा कुरा आर्को तिर सडक निर्माणमा तोकिएको मापदण्ड अनुसार काम नगरि अनियमितता गरेको कुरा खुल्न थालेको हो ।लामो समय देखी सम्पर्कमा नरहेको ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागे पनि अनियमितता कायम नै रहेको स्थानियबासीले बताएका छन् । एक बर्ष देखि सम्पर्क विहिन रहेको ठेकदार अहिले सम्पर्कमा आपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः शुरु हुने स्थानियमा आशा पलायो तर सडकमा मापदण्ड भन्दा कम समाग्रिको प्रयोग गरि भ्रष्टाचार गरिएको आरोप स्थानिय युवराज मौर्यले बताए । २०७७ सालमा शुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउदै सम्पर्क विहिन भए पछि निर्माण कार्य ठप्प बनेको थियो,उनले भने, सडक निर्माण कार्य ठप्प भए देखि त्यहाँका स्थानियहरुले घाममा धुलोको...
‘सुस्ता नमुना ताल’ बनाउन गाउपालिकाले छुट्टयो ५० लाख बजेट
समाचार, सुस्ता गाउँपालिका

‘सुस्ता नमुना ताल’ बनाउन गाउपालिकाले छुट्टयो ५० लाख बजेट

नवलपरासी,९ पुसजिल्लाको सुस्ता गाउपालिकाले ‘सुस्ता नमुना तालका’ लागि ५० लाख बजेट बिनियोजन गरि ताल संरक्षणमा लागेको छ । पालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रुपमा संरक्षण गर्नका लागि लागत सहभागिता रकम विनियोजना गरिएको जनाएको हो ।सुस्ता गाउपालिका कुडिया र नर्सही गाउको विचमा रहेको जलासयलाई तालको रुपमा ब्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । बर्षाै देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उतm जलासयमा गोही लगायतमा बिभिन्न जलचरहरु रहेका छन् । पटेरले भरिएको छ । सो जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रुपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानिय रामु अर्यालले जानकारी गराए । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । विचमा बेवारिसे जस्तै ...
पहिलो पटक गण्डक नहर मर्मतमा सुस्ता गाउपालिकाको लगानी
समाचार, सुस्ता गाउँपालिका

पहिलो पटक गण्डक नहर मर्मतमा सुस्ता गाउपालिकाको लगानी

नवलपरासी,७ पुुसजिल्लामा पहिलो पटक सुस्ता गाउपालिकाले किसानलाई सिचाई सुविधामा सहज होस भनेर गण्डक नहरमा लगानी गरेको छ । किसानलाई जेबाट सजिलो सुविधा हुन्छ,त्यसै क्षेत्रमा लगानी गर्नु पर्ने मान्यताले सुस्ता गाउपालिकाले गण्डक नहरको प्रशाखा मर्मतमा लगानी गरेको हो ।धेरै पालिकाले सिचाईको नाममा बोरिगँ,पम्पिगँसेट लगायत अन्य सिचाई पुर्वाधारमा रकम खर्चने तथा गण्डक नहरको शाखा प्रशासनको मर्मतका कुरा आउदा गण्डक परियोजनाले बनाउने भन्दै तर्कने गरेका छन् । तर सुस्ता गाउपालिका भित्र पर्ने गण्डक नहर अन्तरगतको पिपरपाती प्रसौनी नहर सिचाई प्रणालीबाट सुस्ताको कुडिया गाँउका किसानलाई सिचाई गर्ने प्रशाखा नहरको सफाई र मर्मतमा लगानी गरेको हो । करिब १० लाखको लागनीमा सो नहर प्रणालीबाट कुडिया गाँउ तर्फ जाने रुपौलिय पुल नजिकै भत्किएको अवस्थामा रहेको प्रशाखा नहर मर्मत गराउन थालेको गाउपालिकाले जनाएको छ ।गण्डक परियोजनालाई प्...
यी वार्ड अध्यक्ष जस्ले वार्डका ५ सय जनालाई तिर्थयात्रा र ५० जोडीलाई श्रीमदभागवात सुनाए ………..
रामग्राम नगरपालिका, समाचार

यी वार्ड अध्यक्ष जस्ले वार्डका ५ सय जनालाई तिर्थयात्रा र ५० जोडीलाई श्रीमदभागवात सुनाए ………..

नवलपरासी,७ पुुसजिल्लाको रामग्राम नगरपालिकाका एक यस्ता वार्ड अध्यक्ष जस्ले आफ्नो मासिक सुबिधालाई वार्डबासीको तिर्थयात्रा गराउदै धार्मिक काममा लगाउदै आएका छन् । विभिन्न वार्डका वार्ड अध्यक्षहरु अ आफ्नो पदको दुरुपयोग गर्ने,अत्याधिक सेवासुविधानको दौडमा लाग्ने गरे पनि रामग्राम नगरपालिका वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुर विगत ६ बर्ष देखी निरन्तर मासिक पाउने सुविधालाई धार्मिक कार्यमा उपयोग गर्दै आएका हुन् ।उनी पहिलो कार्यकालको पाँच बर्षको र अहिले दोश्रो कार्यकालको पहिलो बर्षको पनि सुविधान यस्तै कार्यमा खर्चने गरेको सुनाए । नगरपालिकाबाट आउने वार्ड अध्यक्षको सबै सुविधाको रकम उनी वार्डका जेष्ठनागरिक तथा महिला विपन्नलाई तिर्थ यात्रा गराउने,श्रीमदभागवन कथा सुनाउनेमा खर्च गर्दै आएका छन् । कुनै कुनै गरिब विपन्न परिवारका छोरी चेलीको विवाहमा समेच सहयोग त्यसै रकमबाट गर्ने गरेको उनले बताए । हालसम्म...
खोरेत रोग उन्मुलनका लागि अभियान सञ्चालन गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय
रामग्राम नगरपालिका, समाचार

खोरेत रोग उन्मुलनका लागि अभियान सञ्चालन गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय

नवलपरासी,५पुसराष्ट्रिय रुपमा पशुमा लाग्ने ‘खोरेत रोग उन्मुलन कार्यक्रम’लाई निरन्तरता दिदै जिल्ला भित्रका गाईभैसीमा खोरेत भ्याक्सिन लगाउने अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले सो अभियान सञ्चालन गर्न तयारीमा जुटेको हो ।खुल्ला सिमानाका कारण यो जिल्ला खोरेत रोगबाट प्रभावित हुने जिल्ला भएको हुदा कार्यालयले नेपाली किसानका गाईभैसी सबैलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाईने छ । भ्याक्सिन बाहेक किसानमा जनचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ कार्यालयका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जिल्ला भित्रका सबै किसानको घरमा भएका गाईभैसी र बाच्छाबाच्छी पाडापाडीलाई भ्याक्सिन लगाउने उनको भनाई छ । सिमावती जिल्ला भएको कारण भारतबाट पनि अनियन्त्रित रुपमा पशुहरु भित्रिने गरेका छन्,प्रमुख चौधरीले भने,त्यसका लागि सिमावर्ति किसानलाई जनचेतना पनि जगाउन आवश्यक छ ...
स्व.टंकप्रसाद अचार्य जन्मेको घरको जिर्णोद्धारका लागि पुनःबजेट बिनियोजन
रामग्राम नगरपालिका, समाचार

स्व.टंकप्रसाद अचार्य जन्मेको घरको जिर्णोद्धारका लागि पुनःबजेट बिनियोजन

नवलपरासी,६ पुसजिल्लाको रामग्राम नगरपालिका ३ मा स्थित टंक प्रसाद अचार्य जन्मेको जिर्ण भवनलाई संरक्षण तथा जिर्णोद्धारका लागि पुनः लुम्बिनी प्रदेश सरकारले पचास लाख रकम विनियोजन गरेको छ । । सय बर्ष पुरानो उतm भवनको जिर्णोद्धार गर्नका लागि रकम विनियोजन भएर आएको नगरपालिकाले जनाएको हो ।लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ चौधरीको पहलमा पुनः बजेट बिनियोजन भएको चौधरीले बताए । विगत बर्षमा जिर्णोद्धारका लागि बजेट आएको तर काम हुन सकेको थिएन् । घर अहिले जिर्ण अवस्थामा भए पनि सरोकारवालाबाट सो भवन जिर्णोद्धार हुन नसकेको स्थानियले आरोप समेत लगाउदै आएका थिए । प्राचिन स्मारकको जिर्णोद्धार गर्नका लागि लुम्बिनी प्रदेश सरकारले बजेट पठाउदा पनि काम नभएको प्रति लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश साँसद तथा अर्थ तथा योजना मन्त्रालयका पुर्व मन्त्रि समेत रहेका बैजनाथ चौधरीले नगरपालिकाको कार्...