अख्यिारको अनुसंधान नटुगिँएको हुदा पोखरी सौन्दर्यकरण काम रोकिएको ः कार्यवाहक अध्यक्ष यादव

नवलपरासी,१४ कातिक
जिल्लाको प्रसिद्ध पौराणिक तथा सेनकालिन शिवपार्वती सिद्धधाम स्थित पोखरी ब्यवस्थापन गरि सौन्दर्यीकरण अहिले रोकिएको छ । पाल्ह्ीनन्दन गाउपालिकाले बनाउन लागिएको वार्ड नं.४ स्थित कार्यक्रम अख्तियार दुरुपयोग अनुसंधानले अनुसंधान गरिहेको हुदा त्यसको अधुरो कार्य अहिले गर्न नसकिएको कार्यवाहक अध्यक्ष कृष्णचन्द्र यादवले बताएका हुन ।
सो पोखरीमा काम गर्दा बनाइएको पोखरीको पर्खाल चर्किन थालेको देखिए पछि स्थानियले छानविनको माग गरेका थिए, कार्यवाहक अध्यक्ष यादवले भने,स्थानियको माग अनुसार नै अख्तियार दुरुपयोग अनुसंधानले अनुसंधान गरिरहेको छ । दुई साता पहिला पनि अख्तियारको टोली सो क्षेत्रमा पुगेको थियो, उनले थपे,अख्तियारले अनुसंधान गरि टुगोँ नलगाएसम्म काम गर्न समस्या नै छ । सो पोखरीको कार्य गर्नका लागि अहिले पनि ३० लाख बजेट मौज्दात नै रहेको गाउपालिकाका योजना शाखा प्रमुख इन्जिनियर उमेश शर्माले जानकारी गराएका थिए ।
पर्खालको डिजाईनमा कमजोरी हो ? कि काम गुणस्तर हित हो ? कि पोखरीबाट अनियन्त्रित रुपमा माटो खनेर बाहिर लैजादा के कारणले पर्खाल चर्किन थालेकोबारे स्थानियले चाँसो लिदै छानविन गरि सत्य तथ्य सार्वजनिक गरि काम अगाडी बढाउनु पर्ने माग गरेका थिए । पोखरीबाट अनियन्त्रित माटो खनेर बाहिर लैजादा समस्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका थिए । विना राजस्व करोड बढिको माटो झिकिएको दाबी समेत स्थानियको थियो । सम्बन्धित ठेकेदारले कुनै पनि राजस्व नै नबुझाई लाखौ रुपियाका माटो विक्रि गरेको हो ? कि माटो खन्न लगाएर आफै दुरपयोग गरेको हो ? त्यो अनुसंधान पछि मात्र यकिन हुने गाउपालिकाले जनाएको थियो । ठेकेदारले पनि माटो झिकेर लगेका छन्,तर त्यसको न कुनै लोखाजोखा छ । नत गाउपालिकामा राजस्व बुझाइएको कुनै आधार छ ।
किसानले आफ्ना खेतबाट माटो आफ्नै घरका लागि लैजादा समाउने प्रहरी प्रशासन लाखौको माटो पोखरीबाट झिक्दा कसरी मौन बस्यो ? गाउपालिका टाढा भए पनि सम्बन्धित वार्ड अध्यक्ष लगायतका जनप्रतिनिधि सुचना पाएनन,कि लाभाँसमा भुलेर सुचना लुकाएका हुन ? त्यो पनि अनुसंधानले नै खुल्ने स्थानियको भनाई थियो । त्यही अत्याधिक माटो झिकेर पनि पर्खाल कमजोर भई चर्किने गरेको अनुमान समेत स्थानियले गरेका थिए ।
माटो खनेर लगेकै कारण ति पर्खाल भत्किने अवस्था पनि आउन सक्छ । पर्खालको काममा केही गुणस्तर हिन कार्य भएर पनि चर्किने अवस्था आउन सक्ने अनुमान आर्को स्थानियले गरेका थिए । नत्र एक महिना मै पर्खाल तथा बिम कसरी चर्किन सक्छ ? त्यसै गरि पर्खाल निर्माण गर्दा विच विचमा सपोर्ट दिने खालका संरचना छैन्,स्टेप पनि बनाइएको छैन् । एकतर्फि पर्खाल बनाउदा जति गुणस्तरको समाग्रि प्रयोग गरे पनि बाहिरी दवावले पनि चर्किने अवस्था देखिएको हुदा प्राविधिक डिजाईन पनि फेल भएर पनि हुन सक्ने भनाई स्थानियको थियो ।
संघिय सरकारको सहयोगमा गाउपालिकाले नै ठेक्का लगाईन कुल २ करोड लागतको लोहरौली पोखरी सौन्दर्र्यीकरण तथा दुर्गा मुर्ति निर्माण पाल्हीनन्दन ४ को योजना शुरु गरेको थियो । आकर्ष निर्र्माण सेवा घोराही दाँगले सो आयोजना निर्माण गर्नका लागि १ करोड १७ लाख ४ सय १२ रुपियामा ठेक्का सकार गरेको थियो । २०८२।११।१७ मा सम्झौता गरि २०८३।३।१५ मा योजना सम्पन्न गर्नु पर्ने थियो । संघिय सरकारको स सर्त योजना हो । सम्झौता अनुसार ठेकेदारले भुतmानी समेत लगि सकेको छ । माटो विक्रि गरेको राजस्व पनि बुझाएको छैन् ।
संरचना चर्किको छ,यसलाई कसरी ब्यवस्थापन गर्नेबारेमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द केसीले ठेकेदारको धरौटी रकम अहिले पनि रोक्का नै रहेको बताएका थिए । अन्तिम भुतmानी बाकी छ । पोखरीको माटो विक्रि र राजस्व नोक्सानीबारे अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलले पनि अनुसंधान गरि रहेको छ । पोखरीको माटो झिक्नका लागि वातावरण प्रभाव मुल्याँकन पनि भएको थिएन् । त्यो भएर पनि कानुनी रुपमा पालिकाले माटो निकासी गर्ने अवस्था थिएन् । तर ठेकेदारले काम गर्दा झिक्न मिल्ने माटो एक स्थानमा थुपार्न सक्ने वा भण्डारण गरि राख्नु पर्नेमा सिधै विक्रि वितरण गरि दिएका कारणले पनि अहिले विवादित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *