समाचार

संघ र प्रदेश सरकारसँग चार अर्ब साढे नौ करोडको बजेट माग गर्दै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

संघ र प्रदेश सरकारसँग चार अर्ब साढे नौ करोडको बजेट माग गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,१९ पुसजिल्लाको वर्दघाट नगरपालिकाले वर्दघाटको समग्र विकास र समृद्धिमा संघ र प्रदेश सरकारसँग विभिन्न योजनाका लागि ४ अर्ब ९ करोड ५० लाख बराबरको योजना माग गर्ने प्रस्ताव गरेको छ । संसदिय अभ्यास गर्दै साता दिन देखी शुरु भएको वर्दघाट नगरसभामा प्रस्तुत गरिएको प्रस्तावहरुमा नगरसभामा छलफलका लागि नगर स्तरिय तथा १६ वटा वार्डका गरि कुल ८२ वटा योजनाका लागि सो रकम माग गर्ने प्रस्ताव गरिएको हो ।प्रस्तावमा उल्लेखित योजनामा विभिन्न १८ वटा योजना नगर स्तरिय योजनाका लागि १ अर्ब ४६ करोड ५० र बाकी १६ वटा वार्डको ६४ वटा योजनाका लागि ३ अर्ब ६३ करोड बराबरको योजना रहेका छन् । प्रदेश र संघ सरकारले ति योजनाहरुका लागि बजेट विनियोजन गरिदिए वर्दघाट नगरपालिका नेपालकै नमुना नगरपालिकाको रुपमा चिनाउन सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । अहिले विभिन्न वार्डबाट माग गरि आएको यि योजना...
प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट

नवलपरासी,१९ पुसजिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनी स्थित महेन्द्र माध्यमिक बिद्यालयमा नयाँ विद्यालय ब्यवस्थापन समितिको छनौट भएको छ । स्थानिय अनोज यादवको नेतृत्वमा विद्यालय ब्यवस्थापन समिति छनौट भएको विद्यालयले जानकारी गराएको हो ।मंगलवार बिद्यालयमा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको बैठकले सर्वसम्मतले यादवलाई अध्यक्ष छनौट गरेको थियो । विद्यालयले स्थानिय समाजसेवी युवा यादवलाई अध्यक्षमा छनौट गरेको हुदा विद्यालयमा परिवर्तन हुने विश्वास लिएको बिद्यालयका प्राधानाध्यापक अजय शर्माले बताए । यसै गरि सदस्यहरुमा रेखा कोहार ,बुधिया देवी चौधरी ,लालचन पासि ,कलावति देबी हरिजन र गौतम कहार रहेका छन् । अध्यक्ष पदमा चयन हुनभएको यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । शैक्षिक बिकास आजको आवश्यकता रहेको ले नमुना बनाउनु पर्ने योजना रहेको उनले बताएका थिए । विद्यालयको विकास,स्...
खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने

नवलपरासी,१८ पुुसकेही बर्ष देखी रोकिएको बैज्ञानिक रुपमा बनको ब्यवस्थापन गर्ने गरि बनेको ‘रेड प्लस रणनीति २०७५’ फरक ढगले सञ्चालनमा आउन लागेको जिल्ला बन कार्यालयले जनाएको छ । सरकारले खारेज गर्दा सो रणनीतिको कार्यक्रम नै प्रभावित बनको तर अहिले त्यही रणनीति कार्यान्वन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ‘सम्वद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन कार्यक्रम’नामले पुनः सञ्चालनमा आउने भएको हो ।बैज्ञानिक बन ब्यवस्थापनको नाउमा कहिँ कुनै स्थानमा कजजोरी र दुरुपयोग हुदा देश भरिकै कार्यक्रम रोक्ने सरकारको अदुर्सीता भएको कुरा उठ्न थाले पछि पुनः फरक नामले सो कार्यक्रमले निरन्तरता पाउने डिभिजन बन कार्यालयले जानकारी गराएको थियो । आईतवार रेड प्लस अन्तरगतकै कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमनको क्रममा डिभिजनल बन अधिकृत महेन्द्र बाग्लेले जानकारी गराएका थिए । बायुमण्डलको कार्बन उत्सर्जनलाई बन मार्फत कार्बन सञ्चि...
संसदिय अभ्यास गराउदै वर्दघाट नगरसभाको हिउँदे अधिवेशन शुरु
बर्दघाट नगरपालिका, समाचार

संसदिय अभ्यास गराउदै वर्दघाट नगरसभाको हिउँदे अधिवेशन शुरु

नवलपरासी, १६ पुस, जिल्लाको वर्दघाट नगरपालिकाले नगरसभालाई संसदिय कार्य अभ्यास गराउदै नगरसभा सञ्चालनमा ल्याएको छ । स्थानिय सरकारको ब्यवस्थापिकाको रुपमा रहेको नगरसभालाई नगरसंसदको स्वरुप प्रदान गर्दै संसदिय अभ्यास तर्फ लगेको जनाकारी गराएको हो ।जिल्लामा सम्भवतः पहिलो वर्दघाट नगरपालिका यस्तो अभ्यास थालनी गर्ने पहिलो नगरपालिका हो । बुधवार हिउँदे अधिवेशनको रुपमा नगरसभाको पहिलो बैठक बसेको थियो । नगरसभामा नगरप्रमुखले चालु आर्थिक बर्षको हालसम्मको कार्य सम्पादन प्रतिवेदन प्रस्तुत गरेका थिए । पुस्तककै स्वरुपमा प्रकाशित गरिएको उतm पुस्तक सबै नगरसभा सदस्यहरुको हात हातमा बाडिएको छ । ति पुस्तकबारे कम्तीमा एक सातासम्म अध्ययन गर्ने उदेश्यले नगरसभालाई स्थगित गरिएको छ,नगरप्रमुख सम्भु श्रेष्ठले भने,नगरसभा सदस्यहरुले हालसम्मको कार्य प्रगतिको अध्ययन गर्नेछन् । नगरकार्यपालिकाले केही नयाँ प्रस्तावहरु पनि सभामा प्रस...
सुस्ता गाउपालिकाले शुभारम्भ गर्यो ‘आमा अभिभावकलाई शिक्षा’
समाचार, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकाले शुभारम्भ गर्यो ‘आमा अभिभावकलाई शिक्षा’

नवलपरासी,१३ पुसजिल्लाको सुस्ता गाउपालिकाले पालिका भित्रका प्राथमिक तथा आधारभुत विद्यालयहरुमा विद्यार्थीका आमालाई आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । स साना बालबालिकालाई घर देखी विद्यालयसम्म र उनीहरु प्रति आमा अभिभावकले गर्ने ब्यवहार परिवर्तन गराउने उदेश्य लिई विद्यालयमा आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।असल विद्यार्थी बन्नका लागि घरबाटै असल बालबालिका बन्नु पर्छ,असल बालिका बन्नका लागि असल आमा हुनु पर्छ मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । स साना बालबालिकाहरु आमासँगै धेरै समय विताउछन्,उनी भन्छिन्,विद्यालयका शिक्षकले सिकाउने कुरा भन्दा बालबालिकाहरु आमाले गर्ने ब्यवहारबाट धेरै कुरा सिक्ने गरेका छुन्छन । त्यो भएर पहिला आमाले नै बालबालिकासँग कसरी ब्यवहार गर्ने कुरा सिकाउन आवश्यक छ । असल अभिभावकका लागि असल आमा बन्न जरुरी छ,उ...
बालबालिकालाई न्यानोकपडा र टोपी वितरण
रामग्राम नगरपालिका, समाचार

बालबालिकालाई न्यानोकपडा र टोपी वितरण

नवलपरासी,१३ पुसजिल्लाको विभिन्न विद्यालय तथा मदरसाका बालबालिकालाई परासी क्याम्पसका क्याम्पस प्रमुख तथा सञ्चालक समेत रहेका स्थानिय सुमन गोपाल अचार्यले कपडा र टोपी वितरण गरेका छन् । जाडोको बेला बालबालिकालाई जाडो झल्न सहज होस भनेर विभिन्न विद्यालय तथ मदरसाका बालबालिकालाई न्यानो कपडा र जाडोमा लगाउने टोपी वितरण गरेका हुन् ।उनका अनुसार रामग्राम १७ स्थित शहिद जगदिश पासवान प्राविका २ सय ३५ जना बालबालिका,पाल्हीनन्दन गाउपालिका स्थित शहिद जगदिश पासवान प्राविकका १ सय ७० जना बालबालिका तथा सिद्धार्थ मावि कुश्मा स्थित सुस्त मनस्थिती कक्षाका १० जना बालबालिका रामग्राम ३ स्थित मदरसाका ४५ जना बालबालिकालाई न्यानो कपडा तथा टोपी वितरण गरिएको अचार्यले बताए । आफ्नै पहलमा उनले बाल स्वास्थ्यका लागि साझेदारी नामक सस्था सञ्चालन गर्दै आएका अचार्यले रामग्राम १ का हरिजन बस्तिमा रहेका ७२ जना बालबालिकालाई ट्रयाकसुट वितरण ...
रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप

नवलपरासी,१२ पुसरामग्राम नगरपालिकाले नापी कार्यालयमा पठाएको जग्गा बर्गिकरण विवरण हावादारीमा भएको आरोप स्थानियले लगाएका छन् । स्थानिय तह नगरपालिका र गाउपालिकाले जग्गा बर्गिकरण नगर्दा किसान मर्कामा परेको स्थानियले आरोप लगाई रहेकै बेला अहिले नगरपालिकाले हावादारी बर्गिकरण विवरण पठाएको अरोप लगाउन थालेका हुन् ।मंसिर २४ गते भित्र सरकारले सबै स्थानिय तहलाई भु उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड बनाई पठाउन निर्देशन गरेको थियो । रामग्राम नगरपालिकाले हतार हतारमा विभिन्न १३ बुदे मापदण्ड बनाएर पाठएको तर त्यो मापदण्ड हावादरी भएको स्थानिय राधेश्याम सैथवारले बताए । नगरपालिकाले मापदण्ड पठाई सकेको जानकारी सार्वजनिक गरेको थियो,उनले भने,सोही अनुसार नापी कार्यालयमा बुझ्दा नगरपालिकाले पठाएको मापदण्ड अनुसार जग्गाको कित्ता काट हुन सक्दैन भनेर जवाफ दिएका थिए । नगरपालिकाले बनाएको मापदण्ड झारो टार्ने र हावादारी भ...
फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक
प्रतापपुर गाँउपालिका, समाचार

फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक

नवलपरासी,१२ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले फिल्डमा जाने कर्मचारीहरुको लगबुक कार्यालयको प्रवेशद्धारमा राखेको छ । कुन कर्मचारी कहाँ गएका छन ? त्यसको जानकारी त्यही लगबुकबाट अन्य कर्मचारी,सेवाग्राही र पदाधिकारीले पढन र जान्न सकुन भनेर ति लगबुक सार्वजनिक रुपमा सबैले देख्ने गरि स्थानमा राखिएको हो ।विभिन्न सेवाग्राही आउने र सम्बन्धित कर्मचारी नभेटाउदा आक्रोसित हुने हुदा सेवाग्राहीको सहजताका लागि सो लगबुक राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कतिपय कर्मचारी आफु खुशी हिडिदिने र उनीसँग सम्बन्धित सेवा लिन आउने सेवाग्राहीले जानकारी नपाउदा समस्या देखिन थाले पछि लगबुकको शुरुवात गराएको उनको भनाई छ । शुसासनको यो पनि एक पाटो हो,उनले भने,फिल्डमा गएका कर्मचारीले लगबुक भरेर बाहिर जादा उनको त्यही अनुसार फिल्ड अनुगमन पनि गर्न सकिन्छ । भ्रमण आदेश भर्ने तर लगबुक नभरी कर्मचारी जा...
भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग
समाचार, सुस्ता गाउँपालिका

भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग

नवलपरासी,१२ पुसनेपाल गण्डक बाँध अन्तरगत भारतिय मुख्य पश्चिम गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्नु पर्ने माग स्थानियले गरेका छन् । नहरको छेउमा रहेको सडकहरुको मर्मत सम्भार नहुदा र सडक फराकिलो नगर्दा दुर्घटना हुने क्रम बढेको हुदा सरोकारवालासँग स्थानियले माग गरेका हुन् ।भारतयि गण्डक नहर नेपालको गण्डकी प्रदेशको त्रिवेणीधाम देखी सुस्ता गाउपालिका हुदै प्रतापपुर गाउपालिकाको झुलनीपुरसम्म झण्डै १९ किलोमिटर दुरी नेपाली भुमि भएर भारतको उत्तर प्रदेश जान्छ । नहर निर्माण हुदा नहरको डिलमा र नहरको छेउ भएर दुई÷दुई लैनको पक्कि सडक थियो,तर अहिले नहर छेउको सडक पुर्णतः जिर्ण भई सकेको सुस्ता गाउपालिकाका स्थानिय रामु अर्यालले बताए । माथिल्लो डिलको सडक पनि मर्मत भएको दशक भयो,उनले भने,धेरै स्थानमा सो सडक पनि भत्किसेको छ । जिर्ण भई सकेको छ । यसले दुर्घटना निम्त्याएको छ । सडककै कारण दर्जनौ ब्यतिm दुर्घटनामा परेर ज्...
उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र
रामग्राम नगरपालिका, समाचार

उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र

नवलपरासी,१२ पुुसउद्योग बाणिज्य संघ नवलपरासीले उद्योगी ब्यवसायिहरुको समस्याबारे प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष केशव भण्डारी सहित संघका पुर्व अध्यक्ष,पुर्वकेन्द्रिय सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।विभिन्न ६ बुदे माग सहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष भण्डारीले बताए । बैंक तथा वित्तिय संघसस्थाका कारण उद्योग ब्यवसाय धारासायी बन्दै गरेको कुरा सहित उद्योग ब्यवसायीको समस्या तत्काल सम्बोधन गर्नका लागि संघले ज्ञापनपत्र मार्फत सरकारलाई जानकारी गराएको थियो । सरकारले ल्याएको चालु पुजिँगत सम्बन्धी कर्जाको ब्यवस्थाले अर्थतन्त्रको समग्र उद्योग तथा ब्यवसाय क्षेत्र,बैंकिँग क्षेत्र,आयात निर्यात सबै ब्यपारीक कारोबार संकुचन आएको जनाउदै उतm ब्यवस्थालाई तत्काल सच्याई वर्तमान अवस्थाको समस्या समाधान गर्न माग गरेको छ ।कर्जा नीति २०७९ अ...