राम्रो आमदनी हुने हुदा बैखी (पंगास ) माछा पालन क्षेत्र विस्तार हुदै
नवलपरासी,१२ बैशाखजिल्लाको प्रतापपुर गाउपालिका २ सेमरीका अगुवा माछा कृषक भवानीशंकर यादवले अहिले ब्यवस्थित गरि माछापालन क्षेत्रफल विस्तार गरेका छन् । उन्नत प्रजातीका माछाले राम्रो आमदनी गर्न सक्ने अघिल्लो बर्षको सिकाईले अहिले माछा क्षेत्रफल १६ विघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक ब्यवस्थित पुर्वाधार थपेको बताएका हुन् ।नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी(पँगास) माछाको माग बढि हुने हुदा सो माछा नेपालमै उत्पादन गरि नेपाली बजारमा आपुर्ति गर्ने गरि कृषक यादव परिक्षण स्वरुप बैखी माछाको पालन शुरु गरेका थिए । सो प्रजातीको माछा थोरै क्षेत्रफलमा बढि आमदनी भई रहेको र बजारमा देखिने समस्याबारे पनि अध्ययन पश्चात अहिले त्यसको क्षेत्रफल विस्तार गर्न लागिएको सुनाए । नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ,भन्ने गर्थे, उनले आफ्नो अनुभव सुनाउदै भने,तर गरे पछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिदो रहेछ...










