समाचार

च्याउ उद्योगको क्षमता बढाउदा रोजगारी पनि वृद्धि
कृषि, रामग्राम नगरपालिका, समाचार

च्याउ उद्योगको क्षमता बढाउदा रोजगारी पनि वृद्धि

बेचु गौडनवलपरासी, १८ चैत्रजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि उद्योग ब्यवस्थापनले क्षमता लगानी थपेर क्षमता विस्तार गरेको छ । लगानी गरि क्षमता वृद्धि गरे पश्चात १० जनाको रोजगारी थपिएको उद्योग ब्यवस्थानले जनाएको हो ।उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । विभिन्न जटिलताका बाबजुद पनि च्याउ उद्योगमा अहिले लगानी आकर्षढ बढेको भेटियो,उद्योग उपाध्यक्ष पाण्डेले भने,उद्योगमा समस्या र चुनौती छन्,तर अवसर पनि उत्तिकै रहेको देखियो । भारतिय बजारमा निर्भर रहेको च्याउ उद्योगहरु खुल्न थाले पछि नेपाली च्याउले नै बजार छाएको बाणिज्य उपाध्यक्ष गुप्ताले सुनाए । सरकारल...
कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु

नवलपरासी, १८ चैत्रकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुन :उत्खनन कार्य शुरु भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले चार देखी कोलनगरको प्रचिन स्थलमा उत्खनन कार्य गर्न थालिएको जानकारी गराएका हुन।लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको बताउदै उनले अहिले पनि उत्खनन कार्य एक महिनासम्म चल्ने बताएका थिए । पोखरी नजिकै एउटा ट्रेन्च लगाई उत्खनन गरि सकिएको र आर्को थप बगैचाको उत्तर तर्फ टे्रन्च लगाउने कार्य भई रहेको उनले देखाएका थिए । पोखरी नजिकै उत्खननबाट हट्टिहरु,धनुबाणमा प्रयोग हुने खालको हाडकै हरियार समेत फेला परेको छ । आर्को टे्रन्चमा प्...
पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा

नवलपरासी, १४ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मेसिन र जनशतिm उपलब्ध भए पनि ब्यवस्थापकिय कमजोरी कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाका उपकरण मेसिन खरिद भएर थन्किएको र बैशाख देखी नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिदै बसेको तर ब्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो ।सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तरमै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्‌नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको छ । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि विरामी नियमि...
कृषिज्ञान केन्द्रद्धारा अगुवा कृषकलाई तिन दिईने तरकारी खेती सम्बन्धित तालिम
कृषि, रामग्राम नगरपालिका, समाचार

कृषिज्ञान केन्द्रद्धारा अगुवा कृषकलाई तिन दिईने तरकारी खेती सम्बन्धित तालिम

नवलपरासी,११ चैत्रजिल्ला स्थित केषि ज्ञान केन्द्रले तरकारी खेती गर्ने अगुवा कृषकलाई तिन दिइने ब्यवसायिक तरकारी खेती तथा कृषि बिमा तालिम शुरु गरेको छ । जिल्लाका विभिन्न पालिकाबाट छनौट भई आएका अगुवा कृषकहरुलाई तरकारी खेतीसँगै बालीनालीका सरकारले गर्दै आएको सहयोग तथा विमा जस्ता अवसर बारे जानकारी गराउने गरी तालिम शुरु गरेको हो ।किसानहरुले अ आफ्‌नै तरिकाले खेती गर्ने,विक्रि वितरण गर्ने तर सरकारी सुविधाबारे बिमा लगायतका विभिन्न सुविधाहरु लिन नसकिरहेको हुदा अगुवा किसानलाई सो तालिम दिन लागिएको ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले जानकारी गराए । किसानलाई प्रत्यक्ष अनुदानसँगै अन्य सेवा सुविधाहरु रहेका छन्,उनले भने,तर प्रयाप्त सुचना,प्रकृयाबारे जानकारी नहुदा ति सेवाहरु लिन सक्ने अवस्थामा छैनन् । अगुवा कृषकहरुलाई सिपमुलक तालिमसँगै शसतिmकरण पनि उत्तिकै आवश्यक देखिएको छ,जस्ले आवश्यक प्रकृया पुरा ग...
गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी

बेचु गौड, नवलपरासी, ११ चैत्रजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी किनारलाई ब्यवस्थित गर्दै पर्यटकिय गन्तब्य बनाउने सम्भाब्यताको खोजी स्थानियले गर्न थालेका छन् । विगत बर्षमा गण्डक बाँध भत्किने खत्तरा भन्दै त्रासित भएर बस्नु पर्ने बाध्यता विस्तारै हट्दै गएको र भारतिय लगानीमा नै बाँधहरुको पुर्नंरचना निर्माण भई सकेको हुदा अब यसक्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्नु पर्ने स्थानियले सम्भावनाको खोजीमा लागेका हुन् ।गण्डक क्षेत्रका पर्यटकिय क्षेत्रको अवस्थाबारे उद्योग बाणिज्य संघका कार्यकारणी सदस्य अमरचन्द्र अग्रवाल ,लेखा समिति संयोजक अर्जुृन बहादुर क्षेत्री,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह् सैथवार र परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहितको टोली पुगे पछि स्थानियले गण्डक क्षेत्रको पर्यटकिय सम्भाब्यताको अवलोकन गराएका थिए । गण्डक क्षेत्रमा भारतले आफ्‌नो तरिकाले डुबान नियन्त्रणका ल...
महेशपुर भन्सारको लक्ष्यभन्दा बढी राजस्व संकलन, तर प्लान्ट क्वारेन्टाइनको अभाव कायम
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार

महेशपुर भन्सारको लक्ष्यभन्दा बढी राजस्व संकलन, तर प्लान्ट क्वारेन्टाइनको अभाव कायम

नवलपरासी, ०८ चैत ।जिल्लास्थित महेशपुर भन्सारले चालु आर्थिक बर्ष २०८१र०८२ को प्रगति लक्ष्य भन्दा बढी भएको जनाएको छ । साउनदेखि माघ मसान्तसम्मको निर्धाण गरिएको मासिक लक्ष्यमा औषत लक्ष्य भन्दा केही बढी राजस्व संकलन भएको जानकारी भन्सारले गराएको हो ।राजस्व संकलनको तथ्याँक अनुसार सबै भन्दा बढी माघ महिनामा संकलन भएको देखाइएको छ । माघ महिनामा महिनाको लक्ष्यको झण्डै दोब्बर राजस्व संकलन भएको छ । माघ महिनामा १ करोड २१ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा सो महिनामा २ करोड ३६ लाख ९ हजार ३ सय ७२ रुपियाँ राजस्व संकलन गरेर १९४।३६ प्रतिशत रहेको छ । भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा ब्यापक तस्करी भई रहेको विभिन्न सञ्चार माध्यममा आउन थालेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले तस्करी रोक्न सुरक्षा समितिको बैठक नै बसालेर रोक्ने अभियान चलाएकी थिईन् । जसको फल स्वरूप माघ मह...
गण्डक नहर सिल्टबेसिन ८०% सम्पन्न, सिंचाई कार्यालयले किसानलाई पानी सुनिश्चित गर्ने दाबी
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

गण्डक नहर सिल्टबेसिन ८०% सम्पन्न, सिंचाई कार्यालयले किसानलाई पानी सुनिश्चित गर्ने दाबी

बेचु गौडनवलपरासी, ६ फागुननिर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को अधिकाँस काम भई सकेको हुदा बर्षे खेतीका लागि गण्डकमा पानी प्रवाह हुने दाबी आयोजना कार्यालयले जनाएको छ । संरचना निर्माण ढिलाईले हिउँदेबाली र गर्मियामको बालीनालीलाई सिचाईका पानी प्रवाह गर्न नसकेको सिचाई प्रणालीको ब्यवस्थापन कार्यालयले दाबी गरेको हो ।हिउँदमा ५० प्रतिसत काम मात्र सम्पन्न भएको हुदा हिउँदेबालीलाई सिचाई रोकेर भए पनि आयोजनाका कार्य छिटो गराउन तर्फ लागिएको हुदा कामले तिब्रता पाएको र बर्षे खेतीका लागि पानी प्रवाहमा समस्या नहुने ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले बताए । उनका अनुसार अहिले कामको प्रगति ८० प्रतिसत भएको छ । बाकी दुई महिनामा काम सकिने लक्ष्य राखिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले ब्यहोर्ने अवस्था देखिएको थियो । तर अहिल...
गरिब विपन्न मुस्लिमलाई जर्मनी संस्थाको साथ
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

गरिब विपन्न मुस्लिमलाई जर्मनी संस्थाको साथ

नवलपरासी,५ चैत्रजिल्लाको पाल्हिन्दन गाँउपालिकाका गरिब विपन्न मुस्लिम समुदायलाई जर्मनी संस्थाको साथ रहने जनाएको छ । एक्टिभ जुगेन्ड जर्मनीले देश भरिका गरिब बिपन्न समुदायलाई आफुहरुको साथ रहने जनाएको हो ।उक्त सस्थाद्धारा मंगलवार रमजान महिनाको अवसरमा सो समुदायका गरिब घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सो संस्थाको सहयोगमा स्थानिय ताजुलऔलुम आधारभुत मदरसामा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरिएको थियो । उक्त संस्थाले २३७ जना स्थानियको लागी दाल, चामल, चिनी, नुन , तेल, चना, पिठो जस्ता दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ । सहयोग हस्तान्तरण पश्चात सहयोगी संस्थाका अध्यक्ष मोहम्मद अलि बाउजुले आपत बिपत परेका परिवार र गरिब दुखियालाई यस्तो सहयोग गर्दै आएको बताएका थिए । उनले शिक्षा र स्वास्थ्यको साथै अपाङगता भएका वेसाहारा वालवालिकालाई निरन्तर संस्थाले काम गर्दै आएको जानकारी गराउदै भने,यो समान्य सह...
विउँ उत्पादक संस्थालाई खुल्ला सिमा र सरकारी नीति चुनौती
अर्थ, रामग्राम नगरपालिका, समाचार

विउँ उत्पादक संस्थालाई खुल्ला सिमा र सरकारी नीति चुनौती

नवलपरासी,५ चैत्रजिल्लामा खुल्ला सिमा विउँ बिजन क्षेत्रमा काम गर्दै आएका नेपाली विउँ उत्पादक सस्थाहरुलाई चुनौती बनेको छ । उद्योग बाणिज्य संघ नवलपरासीले औद्योगिक क्षेत्रका उद्योगका समस्या र सुझाव संकलन गर्ने अभियानको क्रममा खुल्ला सिमासँगै सरकारी नीतिले पनि नेपाली विउँ उत्पादक कृषक समहु वा निजी कम्पनीहरुलाई चुनौती रहेको जिल्ला स्थित विउ बिजन कम्पनीले जानकारी गराएका हुन् ।भारतिय बजारमा पाईने खुल्ला रुपमा आकर्षित प्याकेट बनाई विक्रि गर्ने गरेको तर नेपाली विउँ बिजन कम्पनीले बोरामै विक्रि गर्नु पर्ने सरकारी नीति छ । किसानले गुणस्तर भन्दा बाहिरी आवरणको रंगिचग्गिमा जादा त्यसले चुनौती थपेको जिल्ला स्थित बुद्ध सिड कम्पनी प्रालिका प्रवन्धक उमाशंकर चौधरीले जानकारी गराए । यस तर्फ किसानलाई जागरण गर्ने कार्य स्थानिय तहका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रले गर्नु पर्ने उनको सुझाव थियो । नेपाली सञ्चार माध्य...
सरावल गाउपालिका ४ ललितपुरमा दोश्रो मधेश महोत्सव हुदै
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका ४ ललितपुरमा दोश्रो मधेश महोत्सव हुदै

नवलपरासी,४ चैत्रजिल्लाको सरावल गाउपालिका ४ ललितपुर स्थित मधेश पार्कमा दुई दिइने मधेश महोत्सव शुरु भएको छ । गत बर्ष देखी शुरु मधेश पार्क निर्माण गरि शुरु गरिएको मधेश महोत्सव अहिले दोश्रो मधेश महोत्सव माघ ४ र ५ गते गर्न लागिएको हो ।स्थानीय समुदायको पहलमा र सारवाल गाउँपालिकाको सहयोगमा आयोजना हुने यस महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ । कार्यक्रमहरूमा ’फरुवाही’ र ’हुरकिया’ जस्ता परम्परागत नृत्य, कुस्ती प्रतियोगिता, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति, साथै ’होरी गीता’, ’फगुवा’ र ’चैत गीता’ जस्ता लोक गीतहरूको प्रदर्शन समावेश हुनेछ । यस महोत्सवले मधेश क्षेत्रको समृद्ध सांस्कृतिक धरोहरलाई उजागर गर्ने उद्देश्य राख्दछ ।गाउपालिकाले ‘मधेश साँस्कृति पार्क’को मधेशको मुख्य सांस्कृतिक पर्व होली(फागुपुर्णिमा)को अवसर पारेर औपचारिक रुपमा पार्क सञ्चालनमा ल्याएको थियो । गा...