मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल
नवलपरासी,१६ भदौजिल्लामा भब्यताका साथ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जयन्ती बनाउन विभिन्न इस्लामिक संघसस्थाहरु तयारीमा जुटेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बरको जन्मजयन्ती तथा इस्लाम धर्मावलम्बीलाई मोहम्मदले दिइएका सन्देशहरु सम्झाउनका लागि प्रत्येक बर्ष जन्म ज्यन्ती मनाउने कार्य गर्दै आए पनि यो बर्ष अझै भब्य बनाउने तयारीमा जुटेको ओल्मा काउन्सिल नेपालले जनाएको छ ।ओल्मा अर्थात मदरसाका शिक्षकहरुको संगठन ओल्मा काउन्सिलले नेपालका २५ वटा जिल्लामा जिल्ला शाखा गठन गरि सकेको काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनले ओल्मा काउन्सिलले गैर राजनीतिक तरिकाले इस्लामको सन्देश फैलाउने उदेश्यले गठन भएको सस्था हो । ओल्माहरुले मदरसामा इस्लामका मुल्य मान्यताहरु पठन पाठनसँगै अहिले मुस्लिम समुदाय तथा गैरमुस्लिम समुदायलाई पनि इस्लामको मुल्य मान्यता बुझाउने अवसरको रुपमा...










