आर्थिक स्रोतको कमि भन्दै आसियु सेवा सञ्चालनमा पृथ्वीचन्द्र अस्पतालले चाँसो देखाएन
नवलपरासी,२९ असारजिल्ला स्थित पृथ्वीचन्द्रमा विरामीलाई सघन हेरचाह गर्नका लागि इनसेन्टिभ केयर युनिट (आईसियु) सञ्चालन स्थानियले माग गर्दै आए पनि अस्पताल प्रशसानले सञ्चालनका लागि चाँसो देखाएको छैन् । सेवा नहुदा केही अन्य सेवालाई प्रभावकारी सञ्चालन गर्न नसक्दा अस्पतालमा आईसियु सेवा सञ्चालनमा ल्याउन स्थानियले माग गरे पछि अस्पताल ब्यवस्थापनले आर्थिक अभाव देखाउदै सञ्चालनमा चाँसो नदेखाएको हो ।कोभिड १९ कै बेला केही संघसस्थाले उपकरण लगायतका समाग्रि उपलब्ध गराएको तर त्यसबेला भवन अभाव देखाउदै अस्पतालले आईसियु सेवा सञ्चालन प्रति वेवास्ता गर्दै आएको तर अहिले नयाँ भवनबाट सेवा भई रहदा पुनःआईसियु सेवाका लागि स्थानियले आवाज उठाउन थालेका छन् । सबै सुविधा भए पछि अस्पताले आईसियु सेवा सुचारु गर्नु पर्ने उपभोतmा हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताएका थिए । तर अहिले अस्पताल प्रशासनले आर्थिक समस्...










