निर्माण समाग्रि अभाव हुन नदिन डिभिजन बन कार्यालयद्धारा बैकल्पिक ब्यवस्था
नवलपरासी,८ जेठजिल्लामा खोलाजन्य समाग्रिको आपुर्ति अभाव हुन नदिन डिभिजन बन कार्यालयले बैकल्पिक ब्यवस्था मिलाएको छ । खोलानालाबाट खोलाजन्य निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रि अभाव देखिएको निर्माण ब्यवसायीले गुनासो गरे पछि डिभिजन बन कार्यालयले बैकल्पिक ब्यवस्था गरेको हो ।डिभिजन बन कार्यालयले जिल्लाका ५ वटा सामुदायिक बन क्षेत्र भित्रका खोला ब्यवस्थापन सहितको निकासी ब्यवस्था मिलाइएको डिभिजनल बन अधिकृत जिवन पंगेनीले बताए । उनका अनुसार वर्दघाट नपा वार्ड नं.१० सिथत सँसार कोट सामुदायिक बन,दाउन्नेदेवी सामुदायिक बन,पारिजात सामुदायिक बन,चिसापानी सामुदायिक बन र सुनवल नपा ११ स्थित कोटहीदेवी सामुदायिक बनका निकासीका लागि स्वीकृति प्रदान गरिएको छ । ति सामुदायिक बनबाट दैनिक ५० घन मिटर अनलोड थप गरि निकासीको ब्यवस्था मिलाईएको डिभिजन बन अधिकृत पंगेनीले जनाए ।दैनिक ५ सय घन मिटर निर्माण समाग...










