सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय
नवलपरासी,२० जेठविभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको छ । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाएको हो ।तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उप...










