रामग्राम स्तुपा भारतमा भएको दुष्प्रचारको खण्डन गर्दै नागरिक समाजले बुझायो प्रधानमन्त्री तथा जिससलाई ध्यानाकर्षणपत्र
नवलपरासी ११ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप भारतमा भएको भनेर गरिएको दुष्प्रचार प्रति नागरिक समाज नवलपरासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत शुक्रवार ध्यानाकर्षण पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
नवलपरासीको रामग्राम ७ उजैनी स्थित रामग्राम स्तुप ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा अध्यात्मिक हिसाबले निकै महत्वपुर्ण सम्पदा र विश्वभरिका बुद्ध धर्मावालम्बीहरुको आस्थाको केन्द्र रहेको छ । सो स्तुप सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पत्ता लागेको सन १८९६ लगत्तै डा.डब्लु होयद्धारा दुई बर्ष पछि सन १८९८ मा पत्ता लागेको थियो । राज्यको सबै शतिm केन्द्र लुम्बिनीको विकास तर्फ लाग्दा विकास भई रहेको तर रामग्राम स्तुपको विकास र संरक्षणमा राज्यले ध्यान नदिदा अहिलेसम्म ओझेलमा परेको कुरा स्मरण गराउदै नागरिक समाजका अध्य...










